"सांस्कृतिक लैङ्गिक पहिचान" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५५:
 
==उपनिवेश र लैङ्गिक पहिचान==
विश्वभरी उपनिवेशका क्रममा श्वेत युरोपेली ख्रिष्टियान उपनिवेशी शक्तिले आफ्नो लैङ्गिक पहिचानको अवधारणा पनि लादेका थिए। यसरी उपनिवेश हटेपछी पाश्चात्य शब्दावलीमा पहिचान गराउन नचाहेका [[सिमान्कृतसिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति | सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका]] आदिवासी जनजातीहरूले आफ्नै समाजको आफ्नै सांस्कृतिक परिवेशका लैङ्गिक विविधतालाई पुनःउत्थान गराएका छन्। उपनिवेश अगाडि विभिन्न आदिवासी जनजाती समुदाय [[लैङ्गिकता]]को मामिलामा उदार थिए भने उपनिवेश पछि श्वेत युरोपेली ख्रिष्टियान मान्यता अनुसार दुई वटा मात्र लिङ्ग हुने जस्तो संकीर्ण धारणा लादियो। लैङ्गिकताको सवालमा मात्र नभएर समान लिङ्ग बीचको यौनाकर्षलाई स्वीकार गर्ने समाजहरूमा पनि विपरीत लिङ्ग बीचको सम्बन्ध मात्र जायज हो अरु सबै पाप हो भन्ने अवधारणा लादिएको थियो। कतिपय आदिवासी जनजाती समुदायहरूको परम्परागत लैङ्गिक पहिचानका अवधारणा नामेट भैसकेतापनि पाश्चात्य शब्दवाली प्रयोग नगरी आफ्नै भाषामा आफ्नै सांस्कृतिक परिवेशको लैङ्गिकता जनाउने शब्दहरू निर्माण गरेर प्रचार गर्दै आएका छन्। <ref> [https://prezi.com/48h9imv-1tl1/gender-colonialism-and-sexuality-the-impact-of-colonialism-on-african-women/ | Gender and colonialism] </ref> <ref> [https://www.academia.edu/2259929/Colonialism_Two-Spirit_Identity_and_the_Logics_of_White_Supremacy| Colonialism and Two-spirit identity] </ref> <ref> [http://www.publicseminar.org/2018/07/gender-as-colonial-object/ | Gender as a colonial object] </ref>
 
==सन्दर्भ==