"शेख मुजिबुर रहमान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५९:
सन् १९६८ जनवरी ३ का दिन दुई वर्षे कारागार जीवन बिताएपछि पाकिस्तानी सरकार ने ३५ बङ्गाली सैन्य र सिएसपी अधिकारीहरूको विरुद्धमा एक मामला दर्जा गराएका थिए जसमा शेख मुजिब पनि सामेल थिए जुन अगरतला षड्यन्त्र मामलाको रूप मा परिचित छ। सन् १९६८ जनवरी ६ का दिन एसपी अधिकारी सहित २६ मानिसहरूलाई गिरफ्तार गरिएको थियो।<ref>{{वेब स्रोत|शीर्षक=আগরতলা ষড়যন্ত্র মামলার বিরুদ্ধে আন্দোলনের পথে গণঅভ্যুত্থান|युआरएल=https://www.channelionline.com/%E0%A6%86%E0%A6%97%E0%A6%B0%E0%A6%A4%E0%A6%B2%E0%A6%BE-%E0%A6%B7%E0%A6%A1%E0%A6%BC%E0%A6%AF%E0%A6%A8%E0%A7%8D%E0%A6%A4%E0%A7%8D%E0%A6%B0-%E0%A6%AE%E0%A6%BE%E0%A6%AE%E0%A6%B2%E0%A6%BE%E0%A6%B0/|मिति=८ डिसेम्बर २०१८|पहुँचमिति=१४ डिसेम्बर २०२०|प्रकाशक=চ্যানেল আই অনলাইন}}</ref> उनीहरूको गिरफ्तारी मा एक आधिकारिक विज्ञप्ति यस प्रकार छ;
{{cquote|গত মাসে (অর্থাৎ डिसेम्बर, १९६७) পূর্ব-পাকিস্তানে উদঘাটিত জাতীয় স্বার্থবিরোধী এক ষড়যন্ত্রে লিপ্ত থাকার অভিযোগে এঁদের গ্রেফতার করা হয়েছে।|}}
तत्कालीन पाकिस्तान सरकारले यस मामलालाई "अगरतला षडयन्त्र मामला"को सङ्ज्ञा दिएको थियो जहाँ शेख मुजिब पनि यसको अभियोगमा परी सन् १९६८ जनवरी १८ का दिन गिरफ्तारीमा परेका थिए। उक्त मुद्दाको आरोपमा पाकिस्तान दण्ड संहिताको धारा १२१ र १३१ अन्तर्गत शेख मुजिब लगायतका अधिकारीहरूले भारतको त्रिपुरा राज्यको अगरतलामा भारत सरकारसँगको बैठकमा पूर्व पाकिस्तानलाई पाकिस्तानबाट छुट्टाउने षड्यन्त्र रचेको भनिएको थियो। त्यसपछि शेख मुजिब पश्चिम पाकिस्तान ससरकध नजरमा खलनायक बनेका थिए भने उनलाई यी मामलाको योजनाकारीको सङ्ज्ञा दिइएको थियो। सबै अभियुक्तहरूलाई ढाका सैनिक किल्लामा राखिएको थियो।<ref name="REF" /> सन् १९६८ जुन १९ का दिन ढाका सैन्य निवासको एक विशेष समारोहमा यस मामलाको फैसला सुरु भएको थियो जहाँ २६ वकिलहरू उपस्थित रहेका थिए जसमध्ये शेख मुजिबको पक्षबाट वकालत आब्दुस सालाम खानले गरेका थिए। अधिवक्ता थोमस विलियम्स बेलायतबाट एक अधिवेशनको लागि आएका थिए। उनलाई आमिरुल इस्लाम र मओदुद आहमेदले सहयोग गरेका थिए। यस मामलामा कुल १०० अनुच्छेदहरू रहेका थिए। ११ जना राजसाक्षी सहित २२७ साक्षीहरूको सूची अदालतमा पेश गरिएको थियो। पूर्वपरराष्ट्र मन्त्री मन्जुर कादेर, एमआर खान र मुकसुदुल हाकिम सरकारका वकिल थिए। यसको मामला लगत्तै समग्र पूर्व पाकिस्तानमा विरोधको आँधीबेहरी छाएको थियो।<ref name="আগরতলা বাংলাপিডিয়া" /> उक्त मुद्दालाई झुठो र बनावटी भएको बताउँदै शेख मुजिब लगायत सबै अभियुक्तलाई रिहा गर्नका लागि विभिन्न क्षेत्रका मानिस सडकमा उत्रिएका थिए।
 
=== उनन्सत्तरीको जनआन्दोलन ===