"शेख मुजिबुर रहमान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४१:
सन् १९४७ मा मा भारतको विभाजन पछि पूर्वी पाकिस्तानी राजनीतिको सुरुवाती चरणमा शेख मुजिब एक युवा विद्यार्थी नेता थिए।<ref>{{वेब स्रोत|अन्तिम१=Kaushik|प्रथम१=S. L.|अन्तिम२=Patnayak|प्रथम२=Rama|मिति=1995|शीर्षक=Modern Governments and Political Systems: governments and politics in South Asia|युआरएल=https://books.google.com/books?id=XzZAIcOc52gC&pg=PA210|प्रकाशक=Mittal Publications|पृष्ठ=२१०–|आइएसबिएन=978-81-7099-592-0|भाषा=en}}</ref> उनी पछि माओलाना आब्दुल हामिद खान भसानीले स्थापना गरेको आवामी लिगका सभापति बनेका थिए। समाजवादको पक्षधर भएर उनले पूर्वी पाकिस्तानका जनता माथि गरिएका सबै प्रकारका विभेदहरूका विरुद्ध आन्दोलन सुरु गरेका भने उनले उनले एकपटक जनताको अधिकार स्थापित गर्न स्वायत्तताको ६ बुँदे योजना पश्चिम पाकिस्तान समक्ष प्रस्ताव गरेका थिए जुन पश्चिमी पाकिस्तानबाट पूर्वी पाकिस्तानको स्वतन्त्रताको योजना रूपमा हेरिएको थियो। ६ बुँदे मागहरूमध्ये प्रमुख प्रान्तीय स्वायत्तता बढेकोले उनी अयुब खानको सैन्य शासनको विरोधी भएर प्रकट हुन सुरु गरेका थिए। भारत सरकारसँग मिलेर षड्यन्त्र रचेको भन्दै उनलाई पक्राउ गरिएको थियो तर पछि उनी आरोप मुक्त हुँदै कारागारबाट रिहा भइका थिए। उनको नेतृत्वमा आवामी लिगले सन् १९७० को चुनावमा ठूलो जीत हासिल गरेको थियो तर पश्चिम पाकिस्तान सरकारले उनलाई पूर्वी पाकिस्तानमा सरकार गठन गर्नबाट बञ्चित बनाएको थियो।
 
[[पाकिस्तान]]को तत्कालीन राष्ट्रपति याह्या खान र पश्चिमी पाकिस्तानी राजनीतिज्ञ जुल्फिकार अली भट्टुसँग पाकिस्तानको नयाँ सरकार गठनबारे वार्ता असफल भएपछि पाकिस्तान सेनाले सन् १९७१ मार्च २५ को मध्यरातमा [[ढाका]]मा नरसंहार गरेको थियो भने सोही रात उनलाई पक्राउ गरी पश्चिम पाकिस्तान लगिएको थियो जहाँ उनलाई रहीमुद्दीन खानले सैन्य अदालतमा मृत्युदण्ड सुनाएका थिए तर त्यो कार्यान्वयन हुन सकेन। पाकिस्तानले उत्तर भारतमा उपप्रथम समुद्री आक्रमण सुरु गरेपछि भारत पनि युद्धमा सामेल भएको थियो र त्यस घटना पछि पाकिस्तानी सेनाहरू दुई पक्षमा विभाजित भएका थिए। पाकिस्तानले ढाकामा २६ डिसेम्बर १९७९ मा आत्मसमर्पण गरेको थियो। युद्धले [[दक्षिण एसिया]]को भौगोलिक परिदृश्य परिवर्तन गर्योि भने बङ्गलादेश उद्भवसँग विश्वको सातौँ सबैभन्दा धेरै [[जनसङ्ख्या]] भएको [[देश]] बनेको थियो। १० जनवरी १९७२ मा शेख मुजिब कारागार मुक्त हुँदै पाकिस्तानबाट घर फर्किँदै बङ्गलादेशका प्रथम राष्ट्रपति बनेका थिए। १२ जनवरी १९७२ मा उनले सरकारको संसदीय प्रणाली सुरु गर्दै देशका प्रधानमन्त्री पनि बनेका थिए।थिए।।<ref name="६ দফা বিচ্ছিন্নতাবাদী">{{वेब स्रोत |युआरएल=https://www.jagonews24.com/opinion/article/588157 |शीर्षक=৬ দফা ও বঙ্গবন্ধুর দূরদর্শী ঐতিহাসিক সিদ্ধান্ত |मिति=७ जुन २०१९ |कार्य=জাগোনিউজ২৪ |पहुँचमिति=१५ सेप्टेम्बर २०२०}}</ref> वैचारिक हिसाबले उनी बङ्गाली राष्ट्रवाद, समाजवाद, प्रजातन्त्र र धर्मनिरपेक्षतामा विश्वास गर्ने व्यक्ति थिए जसलाई सामूहिक रूपमा मुजिबवाद भनिन्छ। राष्ट्रियता, समाजवाद, प्रजातन्त्र र धर्मनिरपेक्षतामा आधारित संविधानको मस्यौदा तयार गर्दै र त्यस अनुरुप राज्य चलाउने प्रयास गरिरहेको अवस्थामा उनी चरम गरीबी, बेरोजगारी, व्यापक अराजकता र व्यापक भ्रष्टाचारको सामना गर्न गाह्रो अवस्थामा थिए। उनले बढ्दो राजनीतिक अस्थिरता रोक्नका लागि सन् १९७५ मा एक दलीय राजनीतिको घोषणा गरेका थिए। उक्त घोषणाको ७ महिना पश्चात् सन् १९७५ अगस्ट १५ का दिन सैन्य कार्यकर्ताको एक समूहले उनी लगायत उनका परिवारका सबै सदस्यको सामूहिसक हत्या गरेको थियो। सन् २००४ मा गरिएको [[बीबीसी]] सर्वेक्षणमा, शेख मुजिबुर रहमानलाई "सबै समयका सर्वश्रेष्ठ बङ्गाली" को रूपमा मतदान गरिएको थियो।<ref>{{वेब स्रोत|युआरएल=http://news.bbc.co.uk/2/hi/south_asia/3623345.stm|शीर्षक=Listeners name 'greatest Bengali'|मिति=१४ अप्रिल २००४|पहुँचमिति=९ नोभेम्बर २०१८|भाषा=en}}</ref><ref>{{वेब स्रोत|युआरएल=https://www.thehindu.com/2004/04/17/stories/2004041703001700.htm|शीर्षक=The Hindu : International : Mujib, Tagore, Bose among 'greatest Bengalis of all time'|वेबसाइट=www.thehindu.com|पहुँचमिति=९ नोभेम्बर २०१८}}</ref><ref>{{वेब स्रोत|युआरएल=http://archive.thedailystar.net/2004/04/16/d4041601066.htm|शीर्षक=The Daily Star Web Edition Vol. 4 Num 313|वेबसाइट=archive.thedailystar.net|पहुँचमिति=९ नोभेम्बर २०१८}}</ref>
 
== बाल्यकाल ==