"प्रकाश संश्लेषण" का संशोधनहरू बिचको अन्तर

असाअ हटाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५८:
* बोटबिरुवाहरूमा स्वासप्रस्वास प्रक्रिया दिन-रात हर समय भइ नै रहन्छ। स्वासप्रस्वास को प्रक्रियामा बिरुवाहरू पनि अन्य सजीवहरू जस्तै अक्सिजनको प्रयोग गरेर कार्बनडाइअक्साइड उत्पन्न गर्दछन् तर दिनको समयमा स्वासप्रस्वासको साथ-साथै प्रकाश-संश्लेषणको प्रक्रिया पनि हुन्छ। बिरुवाहरू दिउसोको समय अक्सीजन फ्याक्ने गर्दछन् किनभने प्रकाश-संश्लेषणमा उत्पन्न अक्सीजन ग्यासको परिमाण स्वासप्रस्वासमा खर्च हुने अक्सीजनको परिमाण भन्दा अधिक हुन्छ।
* प्रकाश-संश्लेषणमा फ्याकिएको अक्सीजन ग्यास प्रकाशीय प्रतिक्रियामा उत्पन्न हुन्छ। यो कार्वनको स्वांगीकरणमा उत्पन्न हुँदैन अतः अक्सीजनको स्रोत पानी हो कार्बनडाइअक्साइड होइन।
 
== अधेरी प्रतिक्रिया, ब्लेकमैन प्रतिक्रिया वा प्रकाशहीन प्रतिक्रिया ==
[[चित्र:calvin-cycle3.png|thumb|right|350px|केल्भिन चक्र वा अधेरी प्रतिक्रियालाई दर्शाउँदो चित्र]]
यस प्रतिक्रियाको लागि प्रकाशको आवश्यकता पर्दैन। यस प्रक्रियामा प्रायः कार्बनडाइअक्साइडको अवकरण हुन्छ। यस प्रक्रियामा पातका स्टोमेटा द्वारा ग्रहण गरिएको कार्बनडाइअक्साइड, पानीदेखि निस्केको हाइड्रोजन (प्रकाश प्रतिक्रिया अन्तर्गत) प्रकाशको ऊर्जा (जो क्लोरोफिलद्वारा प्रकाश प्रतिक्रियामा प्राप्त गरिएको हुन्छ)को कारण मिलेर एउटा स्थायी द्रव्य बनाउँछ।<br />
::CO<sub>२</sub> + २AH<sub>२</sub> → CH<sub>२</sub>O + २A + H<sub>२</sub>O
CH<sub>२</sub>O, यो एउटा कार्बोहाइड्रेट्सको एकाइ अणु हो। केल्भिन अनि बैनसनले रेडियो आइसोटोपीक प्रविधीको प्रयोग गरी भनेका छन्, प्रकाश-संश्लेषणको प्रक्रियामा पहिलो स्थाई यौगिक एउटा ३ कार्बन वाला ३-फोस्फोग्लिसेरिक अम्ल (पीजीए) बन्दछ।
क्लोरोल्ला एवं सिनडेसमस नामक एल्गीहरूमा रेडियो एक्टिभ C<sup>१४</sup>O<sub>२</sub>को उपस्थितिमा केही समयका लागि प्रकाश-संश्लेषण गराइयो तथा यिनमा पनि पहिलो स्थाई द्रव्य फोस्फोग्लिसेरिक अम्ल बन्यो। यो फोस्फोग्लिसेरिक अम्ल पछि ग्लूकोज बन्छ। यस प्रकार केल्भिन तथा उनका सहकर्मिहरूका कार्यहरू द्वारा यो सिद्ध भयो कि प्रकाश-संश्लेषण प्रक्रियामा CO<sub>२</sub> ग्लूकोजमा परिवर्तित हुन्छ। उनले यस प्रयोगमा [[कार्बन]]का [[समस्थानिक]] (C<sup>१४</sup>)को प्रयोग गरे।
क्लोरोफिलमा राइबुलोज-१,५ विसफस्फेट उपस्थित रहन्छ। अब वायुमण्डलीय CO<sub>२</sub> पातका स्टोमेटा द्वारा प्रवेश गर्दै भित्र पुग्दछ तथा तुरन्तै (४/१००००००० सेकेण्डमा) राइबुलोज-१,५ विसफस्फेटका साथ मिलेर एउटा अस्थाई यौगिकको निर्माण गर्छ। यस प्रकार बनेको अस्थाई यौगिक ५-कार्बन सुगर हो, शीघ्र नै फस्फोग्लिसेरिक एसिड (PGA)का २ अणुहरूमा टुक्रन्छ। अब यहाँ NADPH<sub>२</sub> द्वारा हाइड्रोजन मुक्त भएपछि पीजीएलाई पीजीएएल (phosphoglyceric aldehyde)मा परिवर्तित गरिदिन्छ। यस प्रक्रियामा ऊर्जा एटीपीदेखि प्राप्त हुन्छ। यसरी CO<sub>२</sub>देखि कार्बोहाइड्रेट्सको निर्माण हुन्छ।<br />
=== C<sub>३</sub> अनि C<sub>४</sub> बिरुवाहरू ===
[[चित्र:HatchSlackpathway.png|thumb|right|250px|C4 बिरुवाहरूमा कार्बनको स्थिरीकरण]]
प्रकाश-संश्लेषणको अधेरी प्रतिक्रियामा, जुन बिरुवाहरूमा पहिलो स्थाई यौगिक फास्फोग्लिसरिक अम्ल बन्दछ तिनलाई C<sub>३</sub> बिरुवा भन्दछन्। फास्फोग्लिसरिक अम्ल एउटा ३ कार्बन वाला योगिक हो त्यसैले यी बिरुवाहरूको यस्तो नामकरण गरिएको हो। जुन बिरुवाहरूमा पहिलो स्थाई यौगिक ४ कार्बन वाला यौगिक बन्दछ तिनिहरूलाई C<sub>४</sub> बिरुवा भन्दछन्।
 
साधारणतया ४ कार्बन वाला यौगिक अक्सालोएसिटिक अम्ल (ओएए) बन्दछ। पहिले पहिले यस्तो विश्वास गरिन्थ्यो कि प्रकाश-संश्लेषण प्रक्रियामा कार्बनडाइअक्साइडको स्थिरीकरण वा यौगिकीकरणका समयमा केवल C<sub>३</sub> वा केल्भिन चक्र नै हुन्छ अर्थात पहिलो स्थाई यौगिक फास्फोग्लिसेरिक अम्ल नै बन्दछ। तर १९६६ मा हैच र स्लैकले भनेका छन्, कार्बनडाइअक्साइड स्थिरीकरणको अर्को एउटा तरिका पनि छ। उनले [[उखु]], [[मकै]],अमेरेन्थस(Amaranthus)([[काँडे लुँडे]]) आदि बिरुवाहरूमा अध्ययन गरी भनेका छन्, फोस्फोइनलपाइरूभिक (Phosphoenolpyruvic) अम्ल जुन ३ कार्बन विशिष्ठ यौगिक हो, कार्बनडाइअक्साइडसंग संयुक्त भएर ४ कार्बन विशिष्ठ यौगिक अक्सालोएसिटिक (Oxaloacetic) अम्ल बनाउँछ। यस प्रक्रियामा
फोस्फोइनलपाइरूभेट कार्बोक्सिलेज (Phosphoenolpyruvate carboxylase) इन्जाइम उत्प्रेरकको कार्य गर्दछ।
 
== अवयव, तिनको स्रोत र कार्य ==