यहाँको मौसम जहाँ दक्षिणमा शीतोष्ण कटिबंधीकटिबन्ध छ त्यहीं [[टुंड्रा]] प्रदेशको मौसमको जस्तो छ । यद्यपि सिक्किमको अधिकांश बसोबास क्षेत्रहरूमा, मौसम सम शीतोष्ण (टैंपरेट) रहन्छ र तापमान कममा २८ °[[Celsius|से]] (८२ °[[Fahrenheit|फ]]) देखि माथि अथवा ० °से (३२ °फ) देखि तल रहन्छ । सिक्किममा पाँच ऋतुहरू हुन्छ: [[सर्दी]], [[गर्मी]], [[spring (season)|वसन्त]], र [[पतझड]], र [[वर्षा]], जो जून र सेप्टेम्बरको बीच आउदँछ । धेरैजसो सिक्किममा औषत तापमान लगभग १८ °से (६४ °फ)हुन्छ । सिक्किम भारतको निरन्तर वर्षा हुने राज्य मध्ये एक हो । [[हिम रेखा]] लगभग ६००० मीटर (१९६०० फीट) छ । मनसूनको महिनामा राज्यमा ठूलो वर्षा हुने गर्दछ, जसबाट ठूलो मात्रामा [[पहिरो]] जान्छ । राज्यमा लगातार पानी परेको किर्तिमान ११ दिनको छ । राज्यको उत्तरी क्षेत्रमा शीत ऋतुमा तापमान -४०°C भन्दा कम हुन जान्छ । शीत ऋतु र वर्षा ऋतुमा [[कुहिरो]]ले पनि जन जीवनलाई प्रभावित गर्दछ जसले यातायात धेरै नै कठिन हुन जान्छ । <ref name="Physical Feature"/>