"झलनाथ खनाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३०:
 
झापा विद्रोहमा संलग्न युवाको अगुवाइमा २०३१/३२ मा को-अर्डिनेसन केन्द्र स्थापना हुँदा संस्थापक रहेका खनालले २०३४ सालमा नेकपा (माले) गठन गर्दा संस्थापकीय भूमिका निर्वाह गरेका थिए। तत्कालीन नेकपा (माले)को शक्ति सङ्घर्षले खनाललाई नेतृत्वमा स्थापित गरेको थियो। २०३९ सालदेखि २०४६ सालसम्म नेकपा (माले)को महासचिव भएका खनालले २०३७ सालदेखि भूमिगत जीवन बिताएका थिए। उनी २०४६ सालको आन्दोलनको सफलता सँगै खुलामञ्चबाट जे.एन. खनालको नाममा सार्वजनिक भएका थिए। २०४६ सालमा सम्पन्न नेकपा (माले)को चौथो महाधिवेशनले [[मदन भण्डारी]]लाई नेतृत्वमा स्थापित गरेको थियो।
२०४६ सालको जनआन्दोलनमा उनी केन्द्रीय हाइ कमाण्डमा मालेका प्रतिनिधिको रूपमा रहे। जनआन्दोलन पछि गठित अन्तरिम सरकारमा खनाल कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरण मन्त्री थिए। २०४७ सालको संसदीय निर्वाचनमा खनाल इलामबाट निर्वार्चित भए। २०४९ सालको एमालेमा [[मदन भण्डारी]]को बहुदलीय जनवादको नीति पारित गर्‍योा। त्यस समयमा [[चन्द्रप्रकाश मैनाली|सि.पी. मैनालीसँगमैनाली]]सँग मिलेर ल्याएको कार्यानीति 'परिमार्जित नौलो जनवाद' अल्पमतमा पर्‍यो, जसलाई उनले सहयोग गरे। अधिवेशनले [[मदन भण्डारी]]को बहुदलीय जनवादको कार्यनीति पारित गर्‍योक। उनी केन्द्रीय कमिटीमा त चुनिए तर उनलाई [[मदन भण्डारी]]ले पोलिटब्युरो सदस्य समेत बनाएनन्। भण्डारीको दासढुंगा दुर्घटना निधनपछि मात्रै खनाल पोलिटब्युरो सदस्य बने। भण्डारीको 'जबज'लाई खनालले '[[दक्ष प्रजापति]]को टाउको' जस्तो भनेर टिप्पणी गरेका थिए।
२०५१ सालको मध्यवाधि निर्वाचनमा संसद सदस्यमा इलामबाट निर्वार्चित भए। ०५३ सालको गठवन्धन सरकारमा खनाल सूचना तथा सञ्चार मन्त्री थिए। २०५४ को छौटौ महाधिवेशनबाट खनाल स्थायी समिति र केन्द्रीय सदस्य निर्वार्चित भए। २०५९ मा तत्कालिन [[ज्ञानेन्द्र शाह|राजा ज्ञानेन्द्र]]ले सत्ता हातमा लिएपछि उहा केही समय भूमिगत थिए। सोही समय उनी कार्यवाहक महासचिव भएर भूमिगत रूपमा पार्टी सञ्चालन गरेका थिए। उनीले दोस्रो जनआन्दोलनको बेला महत्त्वपूर्ण भूमिका खेलेका थिए।
 
"https://ne.wikipedia.org/wiki/झलनाथ_खनाल" बाट अनुप्रेषित