"झलनाथ खनाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २७:
।<ref name="नागरिक न्यूज डट कम"/> त्यसपछि इलामको भानुभक्त माध्यमिक विद्यालय मङ्गलबारे पुगे पनि राजनीतिक संलग्नताको अभियोगमा पक्राउ भई खनाल जेल परेका थिए।
 
शिक्षण पेशा छोडेपछि उनले राजनीतिक शास्त्र र इतिहास लिएर [[त्रिभुवन विश्वविद्यालय]]बाट स्नातक तहसम्मको अध्ययन गरे। उनी २०३० सालमा तीन सार्वजनिक सुरक्षा ऐन अन्तर्गत चौध महिना जेल परे भनें [[शाह वंश|राजा बीरेन्द्र]]को राज्याभिषेकको समयमा पनि ६ महिना जेल परे। जेलबाट छुटेपछि पूर्णकालिन भूमिगत भएका यिनी २०३३ सालमा [[झापा जिल्ला|झापा]]मा पक्राउ परे। खनाल २०३६ सालका प्रजातान्त्रिक आन्दोलन पछिको आम माफीमा झापा जेलबाट रिहा भए। पार्टीले जनमतसंग्रह[[जनमत सङ्ग्रह, २०३७|जनमत संग्रह]] बहिस्कारको नीति लिएको हुनाले खनाल पुनः भूमिगत भए। झापा विद्रोहपछि उनी २०३१ सालमा गठित 'क्रान्तिकारीहरूको सङ्गठन' को-ओर्डिनेशन कमिटिको संस्थापक सदस्य भए। २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी मालेका सस्थापक सदस्य भएका खनाल चार वर्षपछि ६ वर्षका लागि महासचिव भए।<ref name="नागरिक न्यूज डट कम"/>।
 
झापा विद्रोहमा संलग्न युवाको अगुवाइमा २०३१/३२ मा को-अर्डिनेसन केन्द्र स्थापना हुँदा संस्थापक रहेका खनालले २०३४ सालमा नेकपा (माले) गठन गर्दा संस्थापकीय भूमिका निर्वाह गरेका थिए। तत्कालीन नेकपा (माले)को शक्ति सङ्घर्षले खनाललाई नेतृत्वमा स्थापित गरेको थियो। २०३९ सालदेखि २०४६ सालसम्म नेकपा (माले)को महासचिव भएका खनालले २०३७ सालदेखि भूमिगत जीवन बिताएका थिए। उनी २०४६ सालको आन्दोलनको सफलता सँगै खुलामञ्चबाट जे.एन. खनालको नाममा सार्वजनिक भएका थिए। २०४६ सालमा सम्पन्न नेकपा (माले)को चौथो महाधिवेशनले [[मदन भण्डारी]]लाई नेतृत्वमा स्थापित गरेको थियो।
"https://ne.wikipedia.org/wiki/झलनाथ_खनाल" बाट अनुप्रेषित