"बहादुर शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४५:
उनको जन्म १८१४ असारमा भएको हो। उनलाई पहिले फत्तेबहादुर शाह भनिन्थ्यो तर पछि बहादुर शाह मात्र भन्न थालियो। उनको शिक्षा-दीक्षा गोरखा र [[साततले दरबार (नुवाकोट)|नुवाकोट दरबार]]मा भयो। उनी सामान्य लेखपढ गर्न जान्दथे। सैद्धान्तिक शिक्षा उनले प्रशस्त पाएका थिए। आफ्ना बाबू पृथ्वीनारायण शाह संगै नुवाकोट दरबारमा कूटनीतिक वातावरणमा बस्ने मौका पाएका हुँदा नेपालका भारदारसँग उनको सम्पर्क नजिकबाट भयो। उनी योग्य र इमानदार भारदारहरूको चयन गर्दथे।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ १९२</ref>
==पृथ्वीनारायण शाहको मृत्यु पश्चात् ==
वि.सं. १८३१ माघ १ मा बडामहाराजधिराज पृथ्वीनारायण शाहको मृत्यु भएपछि युवराज प्रतापसिंह शाहले नेपाल अधिराज्यको राजमुकुट धारण गरे। उनले "बहादुर शाहले आफ्ना विरुद्ध विद्रोह गर्ने पो हुन् कि?" भन्ने अनावश्यक शङ्का लिई यिनले आफ्ना आफ्ना प्रमुख सल्लाहकार राजगुरु व्रजनाथ पण्डित तथा सरदार [[स्वरुप सिंह कार्की|स्वरुपसिंह कार्की]]हरूको परामर्श अनुसार काका काजी दलजीत शाहका साथ पिताको आशौच वारि बसीरहेका राजकुमार बहादुर शाहलाई आशौच भित्रै नुवाकोटमा सहसा कैद गरियो। राजकुमार काहीँ दलजीत शाह पछिइपछि भागेर वेपत्ता भएकाले उनको सर्वस्वहरण गरियो। राजकुमार बहादुर शाहले नजरबन्द अवस्थामा नै आफ्ना पिताको काजकिरिया विधिपूर्वक सम्पन्न गरे।<ref>चवन्न सालको घटना: ''[[अब यस्तो कहिल्यै नहोस्]]; बाबुराम आचार्य;'' </ref>
 
==नायवी==
"https://ne.wikipedia.org/wiki/बहादुर_शाह" बाट अनुप्रेषित