"ज्ञानेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ५०:
उनले देशमा भइरहेको माओवादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै वि.सं. २०६१ माघ १७ गते प्रत्यक्ष शासन गर्ने उद्देश्यले कदम चाले। तर अन्य राजनीतिक दलले आफ्नै नेतृत्वमा सरकार निर्माण र सञ्चालनको अभ्यास गर्न प्रजातान्त्रिक शासन व्यवस्था माथि हमला गरेको आरोप लगाउँदै आन्दोलनमा उत्रे। प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै एक भएका राजनीतिक दलले वि.सं. २०६२/०६३ मा लोकतान्त्रिक आन्दोलन मार्फत प्रजातान्त्रिक शासन व्यवस्था पुनर्स्थापना गर्दै राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका हुन्। [[गणतन्त्र]]को घोषणापछि उनी बालाजु माथि नागार्जुन जंगल भित्र रहेको दरवारमा बस्दै आएका छन् भने उनका पुस्ताले निवासका रूपमा प्रयोग गरेको नारायणहिटीलाई नेपाल सरकारले सङ्ग्रहालय घोषणा गरेको छ।
 
उनी राजा भएको बेला नेपालमा [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|ने.क.पा. माओवादी]]ले साम्यवाद अधिनायकवाद स्थापना गर्ने उद्देश्यले जन-युद्धको नाममा गुरिल्ला युद्ध चलाइरहेको थियो। त्यसबेला जनताको जनादेश पाएको भनी दावी गर्ने सबै सरकारले त्यसको उचित समाधान पत्ता लगाउन सकिरहेका थिएनन्। राजनीतिक दलहरू आफ्नो भूमिका निभाउन असफल हुँदै गएका थिए। संसदीय प्रजातन्त्रमा आस्था राख्ने दलहरूमा पदको लुछाचुडी चलिरहेको थियो। प्रधानमन्त्रीको पद जोगाउने नियतले ताजा जनादेश लिन्छु भन्दै त्यसबेलाका प्रधानमन्त्री [[शेरबहादुर देउवा|शेरबहादुर देउवा]]ले प्रतिनिधि सभाको विघटन गरे। तर उनले समयमा नै उक्त प्रतिनिधि सभाको निर्वाचन गर्न सकेनन्। यसले संवैधानिक जटिलता छायो। [[नेपाली कांग्रेस|नेपाली काङ्ग्रेस]] र [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]] जस्ता ठूला दलहरूले पनि उचित समाधान दिन सकेका थिएनन्। त्यसबेला [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|ने.क.पा माओवादी]] लाई दबाएर नियन्त्रणमा राख्ने सुझबुझका साथ उनीहरू प्रत्यक्ष शासन गर्न अग्रसर भए। यस क्रममा उनले स्थापित जननिर्वाचित सरकार भङ्ग गरी सम्पूर्ण राजनीतिक अधिकार आफूले ग्रहण गरे र मनोनित सरकारको गठन गरेर आफ्नो सक्रिय भूमिकाको खोजी गर्न थाले। राजाको यस कदमलाई संसदवादी दलहरूले स्वीकार गरेनन्। उनीहरूले राजाले आफ्नो भूमिका खोसेको अर्थमा लिए। फलतः संवैधानिक राजतन्त्र पक्षधर भई हिँडेका पार्टीहरू समेत राजा ज्ञानेन्द्रको त्यस्तो कदमपछि राजतन्त्रको समाप्तिकै पक्षमा पुगे। सक्रिय राजतन्त्र भएको [[पञ्चायती व्यवस्था]]मा हुर्किएका राजनीतिज्ञहरू समेत उनको बिरोधमा उभिए। यसै बीच आन्दोलनरत ७ दलीय गठबन्धन र [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|ने.क.पा माओवादी]] बीच [[नयाँ दिल्ली|दिल्ली]]मा वार्ता भयो र १२ बुँदे सहमति पनि भयो। त्यो सहमति पश्चात् माओवादी हिंसात्मक आन्दोलन छोडेर शान्तिपूर्ण आन्दोलनमा उत्रियो। आन्दोलनले देशव्यापी रूपमा व्यापकता लियो र सारा मानिस सडकमा उत्रिए। त्यसपछि राजाले प्रत्यक्ष शासन शुरु गरेको करीब १५ महिनापछि संयुक्त जनआन्दोलन भयो र त्यसले राजालाई आफ्नो कदम फिर्ता गर्न बाध्य गर्‍यो।
 
आन्दोलनको दबाबमा राजाले "जनताको नासो जनतालाई नै सुम्पेको" भनी वि.सं. २०६३ बैशाख ८ गते घोषणा गरे। तर त्यसले पनि आन्दोलन साम्य हुन सकेन। त्यसपछि वि.सं. २०६३ बैशाख ११ गते उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा गरे। पुनर्स्थापित प्रतिनिधिसभाले मा‌‌ओवादीलाई समेत मूलधारको राजनीतिमा ल्याउने उद्देश्यले अन्तरिम संविधान घोषणा गर्‍यो जस अनुसार माओवादी समेत सम्मिलित अन्तरिम संसद गठन भयो।