"कौडा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट थप्दै: ar, be-x-old, bg, chr, cs, da, de, eo, es, et, fa, fr, io, it, ja, lt, nl, pl, pt, ro, ru, scn, simple, tr, uk, vec, zh; अंगराग परिवर्तन
पङ्क्ति १:
[[imageचित्र:Cypraea nebrites.jpg|thumb|right|समुन्द्री कौडा]]कौडा समुन्द्री कीराको सिपी ([[:en:seashell|shell]]) हो। मानिसले यसलाई घर सजाउनदेखि लिएर जुवा खेल्न सम्म विभिन्न प्रयोगमा ल्याउने गरेका छन्।
संसारमा कौडीको अस्तित्व कहिले प्रकाशमा आयो ? यो भन्न मुस्किल छ । प्राचीन कालदेखि नै मानिसको साथ यसको घनिष्ट सम्बन्ध रहँदै आएको छ । कौडी हाम्रो धार्मिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक जीवनको अनेक पक्षहरूसँग जोडिएको छ । मानिस यसलाई पूजा गर्ने गर्दछ भने यसबाट मनोरञ्जन पनि लिने गर्दछ यसबाट जुवा खेल्ने गरिन्छ भने औषधि पनि बन्दछ । यसले सजावट गर्ने गरिन्छ भने शृङ्गार पनि गर्ने गरिन्छ तर यसको सर्वाधिक उपयोग विनियम प्रणाली (लेनदेन) लाई सजिलो बनाउनका लागि गर्ने गरियो । यही कारण हो कि संसारभरिमा जहाँ जहाँ ऐतिहासिक उत्खनन भएको छ, त्यहाँ कौडीहरू अवश्य पाइएको छ ।
 
प्राचीनकालदेखि नै कौडी सिक्काको रूपमा चलिरहृयो । एक समय यस्तो थियो, जब विनिमयका लागि मुद्राको रूपमा कौडी नै प्रचलित थियो । प्राचीनकालमा जब धातुका सिक्का प्रचलनमा थिएन, तब व्यापार, विनिमयमा कौडीहरूको ठूलो महत्त्व थियो । त्यस समयमा पूरै संसारका व्यवसायमा कौडीहरूको प्रयोग मुद्राको रूपमा गर्ने गरिन्थ्यो । यसको सबैभन्दा ठूलो प्रमाण छ कि कौडीको स्थानमा धातुको सिक्का चलेर पनि मुद्राको रूपमा कौडीको अस्तित्व केही समयसम्म रहिरहृयो । अफ्रि[http://%20%20%20http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=43217&cat_id=22 http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=43217&cat_id=22]काको धेरै जस्तो भागहरूमा १९ औँ शताब्दीको मध्यसम्म कौडी प्रमुख मुद्रा थियो । त्यहाँका राजा 'क्युरियामा' को वाषिर्क आय ३ करोड कौडी थियो । नास्सावामाका राजाले आˆनो जमीन एक अपि|mकी कम्पनीलाई ३ लाख कौडीमा दिएका थिए । सन् १८६० मा त्यहाँ ५ कौडीले एउटा अण्डा र ३० कोसा केरा पाइन्थ्यो । त्यहाँका 'इभ' जनजातिका मानिसहरू लासलाई माटोमा गाड्दा साथसाथ कौडीहरूले ढाकिदिन्थे, ताकि मृतक कसैको भएमा त्यसले उक्त कौडीहरूबाट असुल गर्ने गरिन्छ भन्ने धारणा छ । यस्तै मिश्रमा मृतकको आँखाको ठाउँमा कौडी लगाइदिने गरिन्छ, किनभने कौडी खुल्ला आँखा जस्तै देखिने भएको हुनाले मिश्रबासीहरूको विश्वास छ कि मृतकको आँखामा कौडी राख्नाले दुष्ट आत्माहरू भाग्दछ ।
 
मिश्र, ग्रीस आदि देशहरूमा पूजा, प्रसाधन र शृङ्खलाका कायहरूमा कौडीको प्रयोग बढी मात्रामा हुने गर्दछ । यहाँ विशेषगरी धार्मिक अनुष्ठानहरू एवं जादू टुनामुना आदिमा प्रयोग हुनेगर्दछ । साइप्रसमा कामदेवता 'एप|mोडाइट' को मन्दिरमा कौडीलाई नै पूजा गर्ने गरिँदै आइरहेका छन् । सुडानका आइमाईहरू धेरै सन्तान पाउने इच्छाले कम्मरमा कौडीको जोडी बाँध्ने चलन रहिआएको छ ।
पङ्क्ति २६:
आज कौडीको आर्थिक महत्त्व त त्यति धेरै छैन, तर समृद्धि र लक्ष्मीको प्रतीकको रूपमा आज पनि यसलाई पूजा गर्ने गरिन्छ ।
 
[[Categoryश्रेणी:सजावट]]
[[en:seashell]]
[[Categoryश्रेणी:जीव विज्ञान]]
 
[[ar:صدفة]]
[[Category:सजावट]]
[[be-x-old:Ракавіна]]
[[Category:जीव विज्ञान]]
[[bg:Раковина]]
[[chr:ᎤᏯᏍᎦ]]
[[cs:Schránka]]
[[da:Konkylie]]
[[de:Muschelschale]]
[[en:seashellSeashell]]
[[eo:Konko]]
[[es:Concha]]
[[et:Merikarp]]
[[fa:صدف]]
[[fr:Coquille (mollusque)]]
[[io:Konko]]
[[it:Conchiglia]]
[[ja:貝殻]]
[[lt:Kriauklė]]
[[nl:Schelp]]
[[pl:Muszla]]
[[pt:Concha]]
[[ro:Scoică]]
[[ru:Раковина]]
[[scn:Cunchigghia]]
[[simple:Animal shell]]
[[tr:Denizkabuğu]]
[[uk:Черепашка]]
[[vec:Capa]]
[[zh:貝殼]]
"https://ne.wikipedia.org/wiki/कौडा" बाट अनुप्रेषित