"प्रताप मल्ल" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २:
'''प्रताप मल्ल''' मल्ल वंशको सबैभन्दा शक्तिशाली राजा हुन् । यिनको शासनकाल वि.स.१६९८ देखि १७३१ सम्म (३३ वर्ष) रह्यो । आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा प्रताप मल्ल हुन् । यिनका बाबु [[लक्ष्मीनरसिंह मल्ल|लक्ष्मी नरसिंह मल्ल]] हुन् ।
==सत्ता प्राप्ती==
राजा प्रताप मल्ल ले आफ्ना बाबु लक्ष्मीनरसिंहलाई बन्दी बनाई आफू राजा भए। १६ वर्षपछि लक्ष्मीनरसिंहको बन्दीअवस्थामा मृत्यु भयो। प्रताप मल्लले काजी भीम मल्लको सहयोगबाट गद्दी हत्याएका भए पनि ती काजीलाई मार्न लगाएका थिए । प्रताप मल्लले नरदेव मयासिंह भन्ने व्यक्तिको चुक्ली सुनेर काजी [[भीम मल्ल]]लाई काट्न लगाए । <ref>धनवज्र वज्राचार्य , ईतिहास संशोधनको प्रमाण प्रमेय (काठमाडौंं: इ.सं.मं.) पृ. ८०।</ref> भीम मल्लकी पत्नी सती जाँदा श्राप दिएकी हुँदा "सतीको श्राप पाएको नेपाल" भन्ने लोककथन बनेको छ ।<ref>[[राजाराम सुवेदी]] नेपालको तथ्य इतिहास पृष्ठ १५१</ref>
==कुटनीती==
राजा प्रताप मल्लले पाटनमा गृहयुद्ध गराई त्यहाँका राजा श्रीनिवास मल्लको सहयोगमा भक्तपुर माथि आक्रमण गराए। त्यसबाट उपत्यका भित्रका राजाहरूले एकाआपसमा शङ्का गरी षड्यन्त्रपूर्ण कर्यहरूको आरम्भ गरे। १७२८ मा भक्तपुरको नाला भन्ने ठाउँ [[विजय]] गरे । भक्तपुरले पाटनको सहयोग लिई पुनः त्यहाँ कब्जा गर्यो। त्यसबाट उपत्यकाका राजाहरूमा एकता भएन।
पङ्क्ति ११:
१५ भाषाका ज्ञाता प्रताप मल्ल कुचविहारबाट डोला झिकाई विवाह गर्ने राजा हुन् । हनुमान ढोकाको मुर्ति, काल भैरवको स्थापना, [[रानी पोखरी]]बीचको जलेश्वर महादेवको मन्दिर, पशुपति कोटिलिगं, दक्षिणकालीको मन्दिर निर्माता तथा [[हनुमान ढोका दरबार]] भित्र सुन्दरीचोक, नासलचोक, नरसिंहचोक, कालीचोक बनाउने र बुढानिलकण्ठ देखि हनुमान ढोकासम्म पानी ल्याउने कुलो बनाउने राजा प्रताप मल्ल हुन् । प्रताप मल्लको पालाको १५ भाषामा लिखित शिलालेख हनुमान ढोकामा रहेको छ । यिनै मल्ल राजाको पालादेखि राज परिवारका सदश्यले बुढानिलकण्ठको दर्शन गर्ने छोडेका हुन् ।
==रानीपोखरी निर्माण ==
प्रताप मल्लले छोरा चक्रपालेन्द्र मल्लको मृत्युमा शोक पिडित भएकी रानीलाई सान्तवना दिनको लागि वि.स. १७२७ मा [[रानी पोखरी]]को निर्माण गरेका थिए ।
 
तान्त्रिक शक्तिद्धारा काल भैरवलाई हसाउने र मुद्रामा रानीको नाम उल्लेख गर्ने पहिलो मल्ल राजा प्रताप मल्ल हुन् । <ref> youtube ''नेपालको इतिहास सम्बन्धि सामान्य ज्ञान भाग-2'' ।</ref>
==कामुक र विलासी राजा==
==यो पनि हेर्नुहोस्==
पङ्क्ति २५:
{{reflist}}
 
==बाह्य लिङ्कहरू कडीहरू==
 
{{ठुटो}}
{{मल्ल राजाहरू}}
{{ढाँचा:कान्तिपुरका मल्ल राजाहरू}}
 
{{मल्ल वंश}}
"https://ne.wikipedia.org/wiki/प्रताप_मल्ल" बाट अनुप्रेषित