"हनुमान जयन्ती" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३१:
हनुमान वायुका छोरा मानिएका छन्। उनले कुनै रूप धारण गर्न सक्थे। उनी रामका परमभक्त हुन्। शतरुद्र संहितामा हनुमानलाई एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ। रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए।­­ यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्वको आभाष भए तापनि रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो। कुस्ती खेल्ने हरेक अखडाहरू, शारीरिक स्वास्थ्य केन्द्रमा हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन्। विशेषगरी गाउँको सीमा क्षेत्रमा पनि हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन्। स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन। परब्रम्हा, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनिएको छ।<ref>चित्रलेखा सिंह र प्रेमनाथ, 'हनुमान', प्रथम संस्करण, दिल्ली : क्रिट पब्लिकेशन बुक हाउस, ई.सं.२००२ , पृष्ठ ४७</ref>
 
पवन तनय ब्ल पवन समाना
 
बुद्धि विवेक विज्ञान निधाना |
 
कवन् सो काज कठिन जग माही
 
जो नहि होय तात तुम्ह पाहीं ||
 
==हनुमान र शनि==
पङ्क्ति ४५:
हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ, सिन्दूरको सम्बन्धमा आयुर्वेदको यो मत छकि यसले हड्डी एवं मांशलाई सुसँगठित शरीर निमार्णमा अहं भूमिका खेन्दछ। रामको दरबारमा सीताले हनुमानजीलाई एउटा दिव्य हार दिनुभयो। त्यो हार पाएपछि हनुमानले हारलाई चुँडालेर फुटाएर हेर्न थाले तब दरबारका अधिकारीहरूले हनुमानलाई सोधे। हनुमान भन्नुहुन्छ कि यो हारभित्र भगवान्-राम र सीता छ कि छैन ? ती अधिकारीहरू भन्छन् तिम्रो हृदयभित्र पनि त राम र सीता छैनन् होला नि अनि हनुमानले आफ्नो हृदय च्यातेर आत्मामा रामसीता देखाइदिनुभयो। त्यस्तो दृश्य देखेर सीताले हनुमानको शरीरमा सिन्दूर र तेल लगाएर शरीरलाई जोडी पहिलेको भन्दा पनि तेजिलो शरीर बनाइदिएको कथा प्रसङ्गले पनि हनुमानको शरीरलाई सिन्दूर र तेल लेपन गर्नुको महìव अझै बढेको प्रस्ट हुन्छ।
==हनुमान र बाँदर रूप==
वास्तवमा बाँदर जाति विंध्य पर्वतमालाको दक्षिणमा निवास गर्ने एक वनचर जाति थियो भन्ने विश्वाश गरिन्छ। बाँदर, रीछ, जययु, यी सबै 'टाटेम' (चिहृन) जातिहरू थिए। जसरी उत्तर भारतमा एउटा ऋषिको सन्तान एक गोत्र हुन्छ, त्यसरी नै दक्षिण भारतमा एउटा चिहृन (टाटेम) हुन्थ्यो। यिनीहरू पशुपक्षी नभएर मनुष्य थिए। यथार्थमा हनुमान बाँदर गोत्रीय आदिवासी थिए। बानर उसको 'टाटेम' थियो। यिनीहरू बानरको भेषभूषा बनाई राख्दथे। एउटा कृत्रिम पुच्छर पनि पछाडि झुण्ड्याउँथे। आधुनिक भारतको आदिवासीहरूमा यस्तो 'टाटेम' या गोत्र वर्तमान छ। रामायणकालीन बानर मनुष्यजस्तै सम्पन्न थिए। मानवको भाषा नै बोल्दथे, वस्त्र लगाउँथे। पुरुष-स्त्री सम्बन्ध, धर्म अधर्म विचार पनि यिनीहरूकोमा थियो।
 
==हनुमानको विभिन्न स्वरूप==
पङ्क्ति ६६:
 
लिच्छविमा कुनै पनि अभिलेख हनुमानको उल्लेख भएको पाइँदैन। राम अवतारको त्यति प्रचार नभएकोले उनका भक्त हनुमानको उल्लेख नहुनु स्वाभाविक नै हो तर नेपालको प्रख्यात कलाविद् लैनसिंह बाङ्गदेलले फर्पिङको शिखरनारायणमा प्राप्त हनुमानको मूर्तिलाई अघि सारेर लिच्छविकालदेखि नै नेपालमा हनुमानका मूर्तिहरू बन्दथे भन्ने कुरा प्रमाणित गर्न खोजिएको छ। शिखरनारायणमा भएको मूर्ति नराम्रोसँग खिइसकेको छ। आठवटा हात भएका हनुमानलाई उड्न लागेको मुद्रामा देखाइएको छ। उनको दायाँ गोडाका औँलाहरूले एउटा चट्टानमा बलियोसँग टेकेका छन्। बायाँ खुट्टाचाहिँ खुम्च्याएर सीताजीको खोजीमा जानलाई तयार भए जस्तो देखिएको छ। उनका पछाडिका दुईवटा हातले एउटा लामो वनमाला लिएको देखिन्छ। यो माला शिरको टुप्पाबाट झरेर घुडाँसम्म आएको छ। अरू चारवटा हातहरूमा भएका कुराहरू स्पष्ट देखिँदैनन्। हनुमानको दायाँ गोडाको अगाडि घुँडा टेकेर बसेकी स्त्री मूर्ति छ। हेर्दा हनुमानलाई केही केही चढाउन लागेकाले वा पद्मासनको तल्लो भाग समातिराखेको भन्न गाह्रो छ। दायाँ खुट्टाको मुनि आकार प्रकारले वानरजस्ता देखिएका दुईवटा स-साना मूर्ति घुडाँ टेकेर हात जोडी बसिरहेका छन्। बायाँ खुट्टानेरचाहिँ घुँडा टेकिरहेको एउटा बानरले पूजा गर्न लागेको देखिन्छ।
यस शिलामूर्तिको आधा भाग शैलबुट्टाद्वारा भरिएको छ। यी बुट्टाहरू अलि खस्रो किसिमले कुँदिएका छन्। त्यसबाट यो शैलबुट्टा प्रारम्भिक अवस्थाको भन्ने थाहा पाइन्छ। इसाको पाँचौँ-छैटौँ शताब्दीको निर्धारण गर्न सकिने मृगस्थलीको उमामहेश्वरको मूर्तिमा धेरै नै साधारण किसिमका शैलबुट्टा देखिन्छ। फेरि इसाको आठौँ, नवौँ शताब्दीको अमर कान्तेश्वर उमामहेश्वरको मूर्तिमा यसमा विपरीत भएको शैलबुट्टा धेरै परिपक्व तथा विकसित अवस्थामा पुगिसकेको देखिन्छं। शैलबुट्टाको आधारमा कुदाइको ढुङ्गा र शैलीको आधारमा यसमा प्राचीन मूर्ति हुने लक्षण भएकोले यसलाई लिच्छविकालीन मूर्ति भन्न सकिन्छ भन्ने तर्क लैनसिंह बाङ्गदेलको रहेको छ।
 
हनुमानका मूर्तिहरूमा देखिएको लामो वनमाला मध्यकालमा र आधुनिककालमा बनेका मूर्तिहरूमा समेत पाइन्छन्। भारतमा विशेष गरी आधुनिक कालमा बनेका स्थान्तक मूर्तिहरूमा घँुडासम्म नै वनमाला देखाइएको हुन्छ। मूर्ति धेरै मात्रामा खिइनुले प्रस्तरको स्तर र भक्तहरूको निरन्तर छुवाइको औसत अध्ययन गरी मात्र थाहा पाउन सकिन्छ। मूर्ति खिइएको आधारमा पुरानो हो भन्न पनि त्यति सान्दर्भिक देखिँदैन साथै फर्पिङको मूर्तिमा कुँदिएको शैलुबुट्टामा मात्र देखाउन कलाकारले खोजेको हुँदा पहाड खुट्टा पछिल्लो समयमा बनेका मूर्तिहरूमा पनि दिन खोजिएको छ। त्यसैले कुनै पनि मूर्तिको तिथि निर्धारण गर्दा केवल शैलीलाई मात्र आधार मान्न सान्दर्भिक देखिँदैन। त्यसका लागि तत्कालीन समाजको धार्मिक र सांस्कृतिक गतिविधि पनि गहिरिएर अध्ययन गर्नुपर्ने हुन्छ। लिच्छविकालमा विष्णुको राम अवतार परिचित भएको अनुमान गरिए तापनि उनको पूजा प्रचलित भएको देखिँदैन। तसर्थ हनुमानको मात्र यति राम्रो मूर्ति लिच्छविकालमा नबनेको। यदि लिच्छविकालमा हनुमानको मूर्तिहरू बनेका भए कुनै अभिलेखमा हनुमानको नाम आउँथ्यो। तान्त्रिक प्रभाव देखिएको यो मूर्ति ११-१२ औँ शताब्दीपछि मात्र बनेका हुनसक्छ भन्ने अनुमान गर्न सकिन्छ र यस मूर्तिको बारेमा अझै अध्ययन हुन सान्दर्भिक देखिन्छ। <ref>नयराज पन्त, 'हनुमानको स्थापन्ना गर्नुमा हेतु' पूर्णिमा, वि.सं. २०२१ वैशाख, १ वर्ष, १ अङ्क पृष्ठ ३०</ref>
 
नेपालमा मध्यकालदेखि समाजमा रामायण र महाभारतका कथाहरू बढी मात्रामा प्रसिद्ध भए। साथै विष्णु विधित अवतारहरूमध्ये रामअवतारको लोकपि्रयताको साथै हनुमानको पनि लोकपि्रयता बढ्न थाल्यो। मध्यकालमा जयस्थिति मल्लदेखि नै राम सम्प्रदायका विभिन्न मूर्तिहरू निर्माण हुन थालेको देखिन्छ। जयस्थिति मल्लले पशुपतिमा लवकुशका मूर्तिहरू स्थापना गरेको उल्लेख पाइन्छ। हनुमानका मध्यकालका सबैभन्दा पुरानो मूर्तिहरूमध्ये पाटनको कृष्ण मन्दिरमा कुँदिएका रामायणसँग सम्बन्धित विभिन्न घटनाहरू चित्रण गर्ने क्रममा मन्दिरको तल्लो तलामा हनुमानका मूर्तिहरू कुँदिएका छन्। करिब १५ जति ठाउँमा हनुमानलाई प्रस्तुत गरिएको र तल्लो भागमा हनुमान भन्ने शब्द पनि नेवारी लिपिमा लेखिएको छ।
यसरी सिद्धिनरसिंह मल्लको पालामा रामका भक्त हनुमानको पूजा समाजमा व्यापकरूपमा प्रचलित थियो भन्ने थाहा पाइन्छ। साथै सिद्धिनरसिंह मल्लका समकालीन भक्तपुरका राजा जगतज्योतिको समयमा लेखिएको 'नरपतिजयचर्यास्वरोदयटीका' नामक ग्रन्थमा हनुमान मूर्तिहरूको स्थापनाको महìव र हनुमानको मूर्ति कस्तो कस्तो निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको छ।
 
कृष्ण मन्दिरको भित्तामा कुँदिएको हनुमानका मूर्तिहरू पछाडि वि. सं. १७२९मा हनुमानढोका दरबार पस्ने सुवर्ण निर्मित्त मूलढोकाको दायाँपट्ट िप्रताप मल्लद्वारा निर्माण गर्न लगाइएको हनुमानको ठूलो मूर्ति महत्त्वपूर्ण मानिन्छ। यिनै हनुमानको नामले यस दरबारको नाम हनुमानढोका दरबार रहन पुग्यो। हनुमानका मूर्तिहरू स्थापना गर्नुपूर्व यस दरबारलाई गुनपो दरबार भनिन्थ्यो। राजा प्रताप मल्लले लडाइँमा विजयी प्राप्त होस् घरमा सुरक्षा होस् भन्ने कामनाले हनुमानको मूर्ति ढोकामा राखेको कुरो हनुमानको पादपीठमा कुँदिएको अभिलेखबाट बुझिन्छ।
पङ्क्ति ७७:
 
हनुमानको मूर्ति बनाउँदा काठ, धातु, ढुङ्गा आदि पदार्थको प्रयोग गर्नुपर्ने भनिएको छ। यसो गरियो भने अनिकाल पर्दैन, रोगको डर हुँदैन, शत्रु आउन सक्दैन, बज्र पर्दैन, बोक्सी, भूत, पिचास आदिको डर हुँदैन भनी ग्रन्थमा लेखिएको छ। यसरी मध्यकालमा हनुमानका केही महìवपूर्ण मूर्तिहरू बने जसले मध्यकालमा हनुमान सम्प्रदायको लोकपि्रयतालाई झल्काउँछ। मध्यकालमा हनुमानका मूर्तिहरूमा समेत तन्त्रको प्रभाव परेको थियो। भक्तपुरको भूपतिन्द्र मल्लद्वारा बनाउन लगाएको र प्रताप मल्लले बनाउन लगाएको पञ्चमुखी हनुमान मन्दिरबाट थाहा पाउन सकिन्छ। मध्यकालपछिको शाहकालमा राम र हनुमान सम्प्रदायको झन् विकास भयो। मध्यकालको तुलनामा शाहकालमा हनुमानका मूर्ति सङ्ख्यात्मक हिसाबमा बढी मात्रामा बनेको देखिन्छ भने शाहकालमा आएर हनुमानका मूर्तिहरू, मन्दिरहरू, घाटहरू, चोकहरू, राज्यका सीमाहरूमा बनेको देखिन्छन्।
राजा प्रताप मल्लले पनि लडाइँमा विजय प्राप्त होस्, घरमा सुरक्षा होस् भन्ने कामनाले हनुमानको मूर्ति ढोकामा राखेका थिए। यो कुरा हनुमानको पादपीठमा कुँदिएको अभिलेखबाट थाहा पाइन्छ। मल्ल राजदरबार किल्लाको रूपमा बनाइने हुँदा किल्ला रूपको आफ्नो दरबारमा शत्रुहरू पस्न नसकून् भन्ने भावनाले प्रताप मल्लले ढोकामा हनुमान स्थापना गरेका थिए। पाटनको दरबार बाहिर पनि हनुमानको मूर्ति स्थापना गरेको छ। "सिद्धिनरसिंहले अघिका भन्दा सुन्दर गरी दरबार बढाइ सुनका ढोका बनाई राखिदिए। दरबारको दाहिनेबाट नरसिंह गणेश हनुमान स्थापना गरिदिया।" त्यसैगरी भक्तपुरमा भूपतिन्द्र मल्लले आफ्नो दरबार अगाडि हनुमानको मूर्ति स्थापना गरेको कुरा उक्त मूर्तिको तल्लो भागमा भएको अभिलेखबाट थाहा पाइन्छ। उक्त अभिलेखमा 'समुद्र नाघ्ने रावणको सुखलाई नाश पार्ने, लङ्का पोल्ने, रामचन्द्रले भनेको सधैँ मान्ने, सीतालाई खुसी पार्ने, बगैँचामा राक्षसलाई तर्साउने यी हनुमानले रघुवंशी भूपतिन्द्र मल्ललाई रक्षा गरुन्' भनिएको छ।
 
मल्लकालमा हनुमानको ठूलो महìव थियो भन्ने कुरा प्रताप मल्ल, सिद्धिनरसिंह मल्ल र श्रीनिवास मल्लले 'हनुमदध्वज' उपाधि लिएबाट थाहा पाइन्छ।<ref>तुलसीराम वैद्य, भक्तपुर राजदरबार, काठमाडौँ, नेपाल एसियाली अध्ययन संस्थान, पृष्ठ ५४</ref>
यसरी मल्लकालमा विशेषगरी जगज्योति मल्लको पालादेखि हनुमान सम्प्रदायको व्यापकरूपमा विकास भएको थियो। उपत्यकामा मात्र हनुमानको महìव नभई बाहिरका राज्यमा समेत हनुमान सम्प्रदायको लोकपि्रयता थियो भन्ने कुरा गोरखाका राजा पृथ्वीपति शाहले आफ्नो दरबार नजिकहनुमानको मूर्ति बनाउन लगाएबाट थाहा पाइन्छ।
 
मल्लकालपछि शाहकालमा पनि हनुमान सम्प्रदायको झन् व्यापकरूपमा विकास भएको कुरा काठमाडौँ उपत्यका विभिन्न ठाउमा बनेका राम मन्दिर र हनुमानका मूर्तिले पुष्टि गरेका छन्। मल्लकालमा जस्तै यस कालमा पनि हनुमानका मूर्तिहरूको पूजा गर्ने हेतु उही थियो र यस कालमा हनुमानलाई शुक्रबाट रक्षा गर्न स्थापना गर्नको साथै सङ्कटमोचकको रूपमा समेत लिएको देखिन्छ। साथै यिनैलाई कष्टमोचक सिद्धिदाताका रूपमा पनि पूजा गर्न थालियो।
 
जगतनारायणमन्दिर प्राङ्गणमा भएका हनुमानका मूर्तिहरू इस्वीको १८ औँ शताब्दीको मध्यतिर नेपालमा एउटा गजबको मन्दिर बनेको थियो। जुन समयकालीन अरू मन्दिरहरूभन्दा विशिष्ट खालको थियो। पाटनको शंखमुल स्थित जगतनारायणको मन्दिरको अभिलेखबाट इस्वी सम्वत् १८५५ सम्ममा यो मन्दिर बनिसकेको देखिन्छ। यो मन्दिरको निर्माण जङ्गबहादुरका भाइ जगतशमशेरले गर्न लगाएका थिए। विशाल प्रस्तर मूर्तिकलाको लागि यो मन्दिर प्रख्यात छ। यस मन्दिर प्राङ्गणमा दुईवटा हनुमान मूर्ति छन्। तीमध्ये मन्दिरको पूर्वतिर गरुडको साथसाथै भएको हनुमानको मूर्ति एक हो। शिवलिङ्गको जलहरी आकृति जस्तो ढुङ्गाको माथि बायाँ घुँडा जमीनमा राखी बसेको हनुमानका दुईवटा हात छन् तीमध्ये बायाँ हात वरद मु्द्रामा छ भने दायाँ हात अभय मुद्रामा छ। खुट्टामा ठूलाठूला कल्लीहरू, हातमा बाला, पाखुरामा केयुर, कानमा ठूलाठूला कुण्डलहरू लगाएको र घाँटीमा भक्तपुरको हनुमानको मूर्तिमा जस्तै गहना लगाएको यस मूर्तिको शरीरभरि सिन्दूर पोतिएको छ। तल्लो भागमा लङ्गौटी लगाएको अहिलेसम्म बनेका हनुमानका मूर्तिहरूमध्ये सबैभन्दा ठूलो मूर्ति हो। गोला आँखा र सिंह जस्तो मुखको दायाँबायाँ दाँत भएको हनुमानको मूर्ति शाहकालीन मूर्तिकलाको महत्त्वपूर्ण नमुना मान्न सकिन्छ। यो मूर्तिको निर्माण पनि मन्दिरको साथसाथै भएको हो। मूर्तिको आसनको वरिपरि बत्ती बाल्ने दियाहरू छन् भने दायाँबायाँतिर नेपाली झण्डा आकृति, धातुको पाताको अग्लो झण्डा छन् र मूर्तिको शिरमाथि तामाको छत्रावली छ।
 
यसै मन्दिरको पश्चिम उत्तर कुनामा अर्को हनुमानको मूर्ति छ। यो मूर्ति आफ्नै शैलीमा छ। स्थानक मुद्रामा भएको यो मूर्ति पहाड बोकी हिँड्न लागेको अवस्थामा छ। बायाँ खुट्टाले पुरुषको शिरमाथि टेकेको यो मूर्तिका दुईवटा हात छन्। जसमध्ये दायाँ हातले गदा समातेको छ भने बायाँ हातले पहाड समातेको छ। लङ्गौटी, कानमा कुण्डल, हातमा बाला घाँटीमा हार र कम्मरवन्ध लगाएको यस मूर्ति दायाँतिर पुच्छर उठिराखेको छ भन्ने लङ्गौटीको एक टुक्राले भुइँ छोएको छ। राम र लक्ष्मणलाई काँधमा राखेको मूर्तिको मुकुट अलंकृत छ। मूर्तिको पछाडि शिरमाथि सातवटा फणा भएको सर्प आकृति छ मूर्तिको पिठ्यूँमा दायाँबायाँ उड्न लागेका सिंह आकृतिहरू कुँदिएका छन्। शिरको माथि तामाको छत्रावली राखिएको भन्ने दायाँबायाँ नेपाली झण्डा आकृतिहरू राखिएका छन्। यस किसिमको मूर्ति नेपालमा अन्त पाइएको छैन। त्यसकारणले पनि यस मूर्तिको विशेष महìव रहेको छ। यो मूर्तिको निर्माण माथिको मूर्तिको भन्दा केही पछि बनेको कुरा मूर्तिमा भएको शैलीको आधारमा अनुमान गर्न सकिन्छ।
पङ्क्ति १०७:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू कडीहरू==
*[http://www.gorkhapatra.org.np/mag/madhuparka.detail.php?article_id=725&cat_id=25 नेपाल मण्डलमा हनुमान :राजेन्द्रलाल श्रेष्ठ]
*[https://www.bhaktisansar.in/chalisa/shri-hanuman-chalisa हिंदीमा हनुमान चालिसा]
 
{{Commonscat|Hanuman}}
 
 
[[श्रेणी:पर्व]]