"चट्याङ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १८:
== असर ==
चट्याङमा परेर मर्ने मात्र होइन घाइतेको अवस्था पनि अत्यन्त पीडादायी देखिन्छ। प्रसिद्व चट्याङ् विशेषज्ञ<ref>अमेरिकास्थित इलिनोय विश्वविद्यालयको लाईटनिङ इन्जुरी रिसर्च प्रोग्रामकी प्रोफेसर डा. मेरी एन कुपर</ref> का अनुसार चट्याङबाट घाइते हुने धेरैमा विभिन्न मानसिक र शारीरिक दीर्घरोग देखा पर्छन्। कोही बेहोस हुन्छन्, कसैको बोली, कान र आँखा बन्द हुने, स्मरणशक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेसी बाउँडिने, डिप्रेसन हुने हुन्छ । तर, नेपालमा चट्याङका घाइतेलाई सामान्य उपचार गरेर छाडिने हुनाले दीर्घकालीन असरको निदान र उपचार हुँदैन । चट्याङ्बाट आगलागीको पनि ठूलो खतरा हुन्छ । यस्तो बेलामा घरबाहिर जानु खतरनाक मानिन्छ, तर केही समय पानी परिसकेपछि कालो बादलमा भएका चार्जहरू पानीसँगै पृथ्वीतिर झर्ने भएकाले चट्याङको मात्रामा केही कमी हुन जान्छ । बादलमा भएका चार्जका कणहरू बादलबाट पृथ्वीतिर झर्दा हुने विद्युतीय धारलाई चट्याङ भन्न सकिन्छ । वैज्ञानिक अध्ययन–अनुसन्धानअनुसार यस्तो एकपटकको चट्याङ पर्ने बेलामा पाँच हजार एम्पियरदेखि दुई लाख एम्पियरसम्मको विद्युतीय करेन्ट प्रवाह भएको पाइएको छ । यस्तो अत्यधिक करेन्टको प्रवाह नै चट्याङको प्रमुख खतराको कारक हो । यस्तो अत्यधिक विद्युतीय प्रवाह मानिस, जन्तु–जनावर, वन, जंगल, रुखबिरुवामा हुनेबित्तिकै सबै भष्म हुन्छन् । यसकै कारणले नेपालमा वर्षेनि ठूलो धनजनको क्षति भइरहेको हुन्छ । यो चट्याङका लागि बादलमा भएका चार्जहरूलाई जमिनमा भएको अग्लो सतहबाट केही विपरीत धु्रवका चार्जहरूले सङ्केत गरेमा वा अग्ला सतहमा विपरीत धु्रवका चार्जहरू उत्पन्न गराएमा यो अझ खतरा हुन्छ ।
चट्याङबाट घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जनावर मर्ने आदि हुन्छ । त्यसैले आकाशमा कालो बादल देख्नेबित्तिकै चट्याङको सम्भावना भएकाले सुरक्षित उपाय अपनाउनुपर्छ । त्यसैले नेपालको पहाडी, हिमाली उच्च भागमा, अग्ला रूखहरूमा, अग्ला टावरहरूमा, तिखा गगनचुम्बी भवनहरूमा चट्याङ पर्ने खतराको डर बढी मात्रामा रहन्छ । घरमा विद्युतीय सामानहरूमा धेरै करेन्ट बगेर सो सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, फोन आदि बिग्रने, घरमा आगलागी हुने, वन–जंगलमा आगलागी हुने आदि घटना चट्याङबाट हुने गर्छ । चट्याङका लागि वातावरणले पनि धेरै असर पारेको हुन्छ । जलवायु परिवर्तनले गर्दा तातोमा बढी तातो र चिसोमा बढी चिसो हुने भएकाले चट्याङमा पनि यसको असर रहेको हुन्छ । त्यस्तै ‘ग्लोबल वार्मिङ’ ले भूसतह तात्नुका साथै वायुमण्डलका कणहरूको परिवर्तनको कारणले चट्याङमा पनि परिवर्तन गराउँछ । जमिनमाथि भएको वायुमण्डलमा भएका सबै परिवर्तनले चट्याङमा असर गरे पनि जमिनभित्र भएका घटनाहरूले चट्याङमा कुनै असर नगर्ने वैज्ञानिक अनुसन्धानद्वारा पुष्टि भएको छ । अतः [[भुईंचालो|भूकम्प]] र [[ज्वालामुखी]] विस्फोट आदिले चट्याङमा कुनै असर गर्दैन । चट्याङबाट धेरै धनजनको हानि–नोक्सानी हुने, मानिसका आँखामा असर गर्ने, ठूलो आवाजको कारणले कानको जाली फुट्ने, घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जन्तु–जनावरहरू मर्ने आदि हुन्छ । त्यसैले आकाशमा कालो बादल देख्नेबित्तिकै चट्याङको सम्भावना भएकाले सुरक्षित उपाय अपनाउनुपर्छ । चट्याङ प्रायजसो मनसुन सुरु हुनुपूर्व एक÷डेढ महिना अघिदेखि सुरु हुन्छ र त्यस समयमा प्रायः दिउँसो २–३ बजेदेखि बेलुकी ७–८ बजेसम्म बढी हुन्छ ।<ref name= "अन्नपूर्ण पोस्ट"/>
 
== सावधानी ==
पङ्क्ति ३६:
<references />
 
==बाह्य लिङ्कहरूकडीहरू==
{{Commonscat|Lightning}}
 
"https://ne.wikipedia.org/wiki/चट्याङ" बाट अनुप्रेषित