"भण्डारखाल पर्व" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २४:
 
== घटना ==
योजना अनुसार वि.सं. १९०३ कात्तिक १२ गतेक दिन भण्डारखालमा भोज आयोजना गरी नजिकै ४०-५० जना सशस्त्र व्यक्तिहरु लुकेर राख्ने व्यवस्था गरियो । जंगबहादुरलाई तुरुन्त आउन निम्तो गर्न बिरध्वज बस्नेत स्वयम् गए | जंगबहादुर आबस्यक शक्तिका साथ भण्डारखाल तर्फ आउदै गर्दा बाटामा भेट भयो । बिरध्वजले रानीबाट तुरुन्त भेट मागेको जानकारी गराए | जंगबहादुरको इसारामा तुरुन्तै उनको हत्या गरियो । प्रमुख षड्यन्त्रकारी मध्येका अर्का वजीरसिंह भने जंगबहादुर भण्डारखाल पुग्नुअगाबै भाग्न सफल भए । बद्री सिंह भण्डारी भने समातिए।
 
[[राज्यलक्ष्मी देवी|रानी लक्ष्मीदेवी]]द्वारा जंगबहादुरको हत्या गर्न रचिएको भण्डारखाल योजना सफल भएन । जंगबहादुर दलबलसहित भण्डारखालमा पुगेर त्यहाँ रहेका सबैलाई आत्मसमर्पण गर्न आदेश दिए । आत्मसमर्पण गर्नेलाई कैद र नगर्नेको हत्या गरियो । त्यस घटनामा २३ जनाको हत्या गरियो , १७ जनाले भागेर ज्यान बचाए |
पङ्क्ति ६९:
 
== त्यसपछि ==
त्यसपछि जंगबहादुरले राजा राजेन्द्र तथा युबराज सुरेन्द्रको उपस्थितिमा भाइ-भारदारहरु भेला गराई रानीबाट रचिएका सबै षड्यन्त्रपूर्ण कार्यहरूको जानकारी गरे । त्यसैदिन रानीका सम्पूर्ण अधिकार खोसी उनलाई देश निष्कासन गरियो। उनी आफ्ना दुई छोरा रणेन्द्र र बीरेन्द्रलाई साथमा लिई २१ लाख रूपैयाँ र गरगहना लिई काशी गइन् ।
 
वि.सं. १९०३ मङ्सिर ४ गते राजपरिवारहरू बनारसतिर लागे।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ २३८</ref> युवराज [[सुरेन्द्र विक्रम शाह|सुरेन्द्र]] एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन् सकेन । यस अघि [[थापा वंश|थापा खलक]] र [[पाँडे वंश|पाँडे खलक]] आपसी मतभेदले कमजोर भइसकेका थिए । यस काण्डले अन्तिम शक्तिशाली [[क्षत्रिय]] परिवार [[बस्न्यात परिवार|बस्न्यात खलक]]लाई शक्तिहीन बनायो जसले कुँवर वंशजको उदय अविस्मरणीय रूपले शक्तिपूर्ण रह्यो ।<ref name=":0">https://books.google.com.np/books?id=MX22o4PJ3Q0C&pg=PA32&lpg=PA32&dq=birdhoj+basnyat&source=bl&ots=079mP7NvJ_&sig=lKp-KVqfCPsGnJNe6A8DNQOZIN8&hl=en&sa=X&ved=0ahUKEwiG3O2wgfTSAhUDO48KHS1uAAUQ6AEIGDAA#v=onepage&q=birdhoj%20basnyat&f=false</ref>
 
सो षड्यन्त्रको पोल खोलि दिने [[पण्डित विजयराज]]लाई जंगबहादुरले बडागुरुज्यू नियुक्त गरेर सदियौ देखिको अर्याल बाहुनको हक खोसे । उनी [[कश्यप गोत्र|कश्यप गोत्रीय]] पाण्डे थिए । पोखल्डयाङस्थित [[दामोदर पाँडे|दामोदर पाण्डे]]को घर उनले पाए भन्ने सरदार भीमबहादुर पाण्डेको भनाइ थियो ।[http://gorkhapatraonline.com/news/35598]<ref>[http://himalaya.socanth.cam.ac.uk/collections/journals/ancientnepal/pdf/ancient_nepal_145_06.pdf प्नचिन नेपाल:नेपालका मूल पुरोहित ]</ref>
पङ्क्ति ८३:
==सन्दर्भ सामग्रीहरू==
<references/>
==बाह्य लिङ्कहरूकडीहरू==
 
[[श्रेणी:इतिहास]]