"रामवरण यादव" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३०:
|party = [[नेपाली काँग्रेस]]
|spouse = जुलेखा यादव <ref name=rby1/>
|children = डा. चन्द्रमोहन यादव<br/> चन्द्रशेखर यादव (छोरा)<br/> [[अनिता_यादवअनिता यादव|अनीता यादव (छोरी)]]
|residence =
|alma_mater =
पङ्क्ति ४०:
}}
 
'''डा. रामवरण यादव''' (जन्म २००४ साल माघ २२ गते)<ref name=rby1>{{cite web| title=DR. RAM BARAN YADAV PRESIDENT OF THE REPUBLIC OF NEPAL|url=http://presidentofnepal.gov.np/Contents/biography.html&flag=F | publisher=Office of The President, [[नेपाल|Nepal]]|date= |accessdate=}}</ref> नेपालको प्रथम तथा भूतपूर्व राष्ट्रपति हुन। उनी २०६५ साउनमा निर्वाचित भएका नेपालका प्रथम राष्ट्रपति हुन । उनले यस अघि स्वास्थ्य मन्त्रीको रूपमा र [[नेपाली काँग्रेस]] पार्टीको महासचिवको रूपमा सेवा गरे ।
 
यादव बिसं २०४७ देखि २०५० सम्म नेपाली कांग्रेसको सरकारमा स्वास्थ्य राज्यमन्त्री थिए । उनी बिसं २०५६मा निर्वाचनमा नेपाली कांग्रेसको उम्मेद्वारको रूपमा [[प्रतिनिधि सभा]]को लागि निर्वाचित भएका थिए। उक्त निर्वाचन पछि उनी स्वास्थ्यमन्त्री भए । वि.सं. २०६४ बैशाखमा, यादवको जनकपुर स्थित निवासमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका लडाकुहरूले आक्रमण गरे। उनीहरूले घरमा कब्जा गरेको एउटा सूचना दिए, यसमा आफ्नो झन्डा फहराए र एउटा बम राखे । बिसं २०६४ चैत्रको संविधान सभा निर्वाचनमा यादवले धनुषा ५ संसदीय क्षेत्रमा प्रतिस्प्रधा गरे । १०,३९२ मत प्राप्त गरेर त्यो स्थान जिते । पहिलो चरणमा भएको निर्वाचन स्तगित भएपछि, २०६५ साउन ६मा पुन दोस्रो चरणको निर्वाचन गराईयो । यस दोस्रो चरणको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उमेद्वार राम राजा प्रसाद सिंहलाई २८२ हराउदै उनी नेपालका प्रथम राष्ट्रपतिको रूपमा निर्वाचित भए । उनले [[संविधान सभा]] खसेको ५९० मत मध्ये ३०८ मत पाएका थिए । उनले बिसं २०६५ साउन ८ गते नेपालको प्रथम राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे । प्रधान न्यायाधीश केदारप्रसाद गिरीले उनलाई राष्ट्रपति भवन शितल निवासमा पद र गोपनीयताको शपथ दिलाए । शपथ ग्रहण समारोहमा तत्कालिन प्रधानमन्त्री [[गिरिजा प्रसाद कोइराला]] लगायत अन्य महानुभवहरू उपस्थित थिए। उनले पनि उपराष्ट्रपति [[परमानन्द झा]]लाई शपथ गराए ।
 
==व्यक्तिगत जीवन==
 
रामबरण यादवकाको जन्म २००३ माघ २२ गते थानी यादव र राम रति यादवको सन्तानको रूपमा भएको थियो । उनको विवाह जुलेखा यादव सँग भएको थियो। यादवको श्रीमती १९८३ मा मृत्यु भएको थियो । उनका सन्तानहरूमा दुई छोरा (डा. चन्द्रमोहन यादव र ई.चन्द्रशेखर यादव) र एउटी छोरी (अनीता यादव) हुन ।<ref name=rby2>{{cite web| title=DR. RAM BARAN YADAV PRESIDENT OF THE REPUBLIC OF NEPAL|url=http://presidentofnepal.gov.np/Contents/president.html | publisher=Office of The President, [[नेपाल|Nepal]]|date= |accessdate=}}</ref> यादव अहिले [[शीतलनिवास]]मा छोरा (चन्द्रमोहन यादव) र छोरी (अनीता यादव)को साथ बस्छन्। उनका कान्छा छोरा (चन्द्रशेखर यादव) संयुक्त राज्य अमेरिकामा छन ।
पङ्क्ति ५१:
रामवरण यादव बिद्यार्थी हुँदा देखि नै उनको राजनीतिक जीवनको शुरुवात भयो । उनी भारतको कलकत्तामा चिकित्साशास्त्रको बिद्यार्थी हुँदा त्यस समयमा भारतमा स्व-निर्वासनमा रहेका [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]], [[गणेशमान सिंह]], सुवर्ण शम्सेर राणा, [[पुष्पलाल श्रेष्ठ]] र सरोज कोइराला जस्ता नेपाली राजनीतिज्ञहरूसँग उनको भेट भयो । यिनै नेताहरूबाट प्रभावित भएर यादव राजनीतिक क्षेत्रमा प्रवेश गरे । उनी वि.सं. २०३७ मा नेपालमा बहुदलीय प्रजातन्त्रको लागि भएको आन्दोलनमा सक्रिय रूपमा लागि परे। चिकित्सकको रूपमा अभ्यासरत रहँदा उनीले आफुलाई [[नेपाली काँग्रेस]]को सक्रिय कार्यकर्ताको रूपमा राजनीतिमा स्थापित गराए । बिसं २०३७ देखि २०३९ सम्म उनले तत्कालीन प्रधानमन्त्री [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]]को निजी चिकित्सकको रूपमा काम गरे ।
 
[[चित्र:With_father.jpg|thumb|right|राष्ट्रपति राम बरण यादव ]]
 
रामवरण यादव बिसं २०४७ साल अघि भएका प्रजातान्त्रिक [[आन्दोलन]]मा सक्रिय रूपमा लागि परिरहे । त्यस आन्दोलन क्रममा उनले नौ महिना सम्म जेलमा बिताए। बिसं २०४७ सालमा बहुदलीय प्रजातन्त्र घोषणा भएपछि भएको [[प्रतिनिधि सभा]]को चुनावमा उनी [[धनुषा जिल्ला]]को क्षेत्र नं. ५बाट प्रतिनिधि सभा सदस्यमा उठे र विजयि पनि भए । उनी बिसं २०४८ देखि २०५१ सम्म नेपालका स्वास्थ्य राज्यमन्त्री भए । उनले पुन: बिसं २०५६ देखि २०५८ सम्म नेपालका स्वास्थ्य मन्त्रीको कार्यभार सम्हाले । [[रामवरण यादव|रामवरण]] यादवले [[नेपाली काँग्रेस]] पार्टीमा धेरै जिम्बेवारीपूर्ण पदहरू निर्बाह गरिसकेका छन । उनी १५ वर्ष केन्द्रीय कार्यसमितिको सदस्यको रूपमा साथै संसदीय बोर्डका सदस्य र पार्टीको अनुशासन समितिका सदस्य थिए । राष्ट्रपति हुनु पूर्व उनी [[नेपाली काँग्रेस]] पार्टीका महासचिव थिए ।
[[चित्र:Saarc 2014.jpg|thumb|right|अनिता यादवसँग राष्ट्रपति राम बरण यादव ]]
[[चित्र:Rambaranyadavandanitayadav.jpg|thumb|right| राष्ट्रपति राम बरण यादव र वहा कि छोरी अनिता यादवसँग भारत कि राष्ट्रपति प्रतिभा देवि सिंह पाटिल र भारत का प्रधानमन्त्री मनमोहन सिंह]]
 
==सन्दर्भ सूची==
{{reflist}}
==बाह्य लिङ्कहरूकडीहरू==
{{Commonscat|Ram Baran Yadav}}
{{नेपालका राजा तथा राष्ट्रपतिहरू}}
 
[[श्रेणी:नेपाली राजनीतिज्ञहरू]]
"https://ne.wikipedia.org/wiki/रामवरण_यादव" बाट अनुप्रेषित