"सुवर्ण शमशेर राणा" का संशोधनहरू बिचको अन्तर

सा
clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा (clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
'''सुवर्ण सम्शेर राणा''' नेपालका 20th प्रधानमन्त्री [ मन्त्रिपरिषद्को अध्यक्ष ] बरिष्ठ राजनीतिज्ञ हुन्। यिनी २०१५ सालमा १ वर्ष नेपालको प्रधानमन्त्री बनेका थिए। राणा परिवारमा जन्मेका यिनी राणा शासन विरूद्धको आन्दोलनमा व्यापक रूपमा लागेका थिए। यिनी [[नेपाली कांग्रेस]]को कोषाध्यक्ष र पछि पञ्चायतकालमा बी. पी. जेलमा हुँदा कार्यवाहक सभापति बनेका थिए। यिनी नेपालका विद्वान राजनीतिज्ञ कहलाउँछन्।
 
२३ वर्षको उमेरमा स्नातकोत्तर गरेका सुवर्ण शमशेर राणा परिवारका प्रथम स्नातकोत्तर थिए । केही समय राजा महेन्द्रलाई राजदरबारभित्र गई पढाउने काम गरेका सुवर्णको स्वभाव अन्य राणाको भन्दा नितान्त फरक थियो ।
 
== नेपाली कांग्रेस ==
२००४ चैत ३१ गते श्री ३ [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]]ले नेपाली राष्ट्रिय कांग्रेसलाई अवैध घोषणा गरेपछि नेपालजस्तो मुलुकमा राणा शासन फाल्ने सशस्त्र संघर्षमात्रै उपयुक्त औजार हो भन्ने तर्कमा २००६ सालसम्म वीपी पनि सहमत भए । २००६ चैत २७ गतेदेखि कलकतामा दुवै दलको संयुक्त अधिवेशन बोलाइयो । दुवै पार्टीले 'राष्ट्रिय' र 'प्रजातन्त्र' शब्द झिक्ने सहमतिपश्चात पार्टी एकीकरण भयो । र एकीकृत पार्टीको नाम [[नेपाली कांग्रेस]] बनेपछि सुवर्ण कोषाध्यक्ष बने ।
 
राजा महेन्द्रले २०१७ पुस १ गते प्रजातन्त्रको घाँटी निमोठेपछि बीपीसहित थुप्रै नेताहरूलाई सुन्दरीजलमा नयाँ जेल बनाएर थुनियो । उपप्रधानमन्त्री सुवर्णशमशेर भने अघिल्लो दिन कलकत्ता गएकाले जोगिएका थिए । महेन्द्रले उनलाई आफ्नो कदममा साथ दिन भन्दा प्रजातन्त्र विरुद्धका काममा सहयोग गर्न असमर्थता देखाएपछि उसो भए देश बाहिर जान सङ्केत गरेका थिए !<ref>http://himalkhabar.com/news/8036</ref>
 
== २००७ सालको क्रान्ति ==
एकीकरण पश्चात सुवर्णका भान्जा [[थिरबम मल्ल]]को नेतृत्वमा [[पूर्णसिंह खवास]], डीबी राई, [[दिलमान सिंह]] लगायतका सेनाको अनुभव बोकेका व्यक्तिहरूको लडाकु दस्ता गठन गरियो । उनीहरूलाई भारतका विभिन्न स्थानमा फौजी तालिम दिन थालियो र हतियार सङ्कलन द्रुतगतिमा सुरु भयो । सशस्त्र क्रान्तिको सम्पूर्ण जिम्मा सुवर्ण शमशेरलाई दिइयो । अनि कांग्रेस पूर्णरूपले सशस्त्र क्रान्तिको तयारीमा जुट्यो । सशस्त्र क्रान्तिलाई विधिवत रूपमा अनुमोदन गर्न २००७ असोज १० र ११ भारतको बैरगनियाँमा कांग्रेसले विशेष सम्मेलन बोलायो । सम्मेलन पश्चात एकदिन सशस्त्र क्रान्तिकै प्रसंगमा कुरा गर्न [[विश्वेश्वरप्रसाद कोइराला|वीपी]] र [[गणेशमान सिंह|गणेशमान]] भएको स्थानमा उनी पुगे । कुराकानीकै क्रममा सुवर्णले 'क्रान्तिका निम्ति हतियार किन्न कति रकम चाहिन्छ' भन्ने प्रश्न राख्दा वीपीले 'त्यही २५/३० लाख' भने । जवाफमा सुवर्णले 'त्यतिले कहाँ क्रान्ति हुन्छ, म १ करोड दिन्छु' भने ।
 
२००७ कात्तिक २५ र २६ को राति शून्य समयमा मुक्ति सेनाले वीरगन्ज आक्रमण गरेर सशस्त्र संघर्षको सुरुवात गर्‍यो र तेजबहादुर अमात्यलाई त्यहाँको प्रमुख बनायो । सशस्त्र संघर्षको पहिलो आक्रमणमा नै [[थिरबम मल्ल]] मारिए । छोटो समयमा आधाभन्दा बढी राज्य कांग्रेसको कब्जा र नियन्त्रणमा आयो ।
 
== [[२०१७ पुष १ गतेको शाही घोषणा]] ==
२०१७ पुस १ गते [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]ले जननिर्वाचित सरकार र प्रतिनिधिसभा भंग गरी सम्पूर्ण शासन हत्याउँदा सुवर्ण शमशेर भारतमा थिए । महेन्द्रको तानाशाही कदमबाट अत्यन्त क्रुद्ध हुँदै २०१७ साल माघमा भारतको [[पटना]]मा उनले पार्टीको सम्मेलन बोलाए । सम्मेलनले प्रजातन्त्र पुनःस्थापनाका लागि पुनः सशस्त्र संघर्ष गर्ने निर्णय गर्‍यो । संघर्षको सम्पूर्ण जिम्मेवारी सुवर्णलाई सुम्पियो । सोही कारण निरंकुश पञ्चायती सरकारले उनको बालुवाटारको दरबार, [[ललिता निवास]] (हालको राष्ट्र बैङ्क भवन) जफ्त गर्‍यो ।
 
दलमाथि प्रतिबन्ध लागेपछि विदेशिन बाध्य पार्टीका नेता तथा कार्यकर्ताको विदेशी भूमिमा विचल्ली हुनथालेपछि सुवर्णको काँधमा फेरि तिनको भरणपोषणको थप जिम्मेवारी थपियो ।
 
=== सशस्त्र संघर्ष ===
[[नेपालको पहिलो प्रतिनिधिसभा (२०१५) का सदस्यहरू]]
 
==बाह्य लिङ्कहरूकडीहरू==
 
[[श्रेणी:जीवनी]]
१६,४९०

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/971396" बाट अनुप्रेषित