"फोर्ब्स" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य कडीहरू: clean up, replaced: बाह्य सूत्रहरू → बाह्य कडीहरू स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति २३:
| issn = ००१५-६९१४
}}
'''फोर्ब्स''' एउटा अमेरिकी [[व्यापार|व्यापारिक]] पत्रिका हो। पाक्षिक रूपमा प्रकाशित हुने यो पत्रिकाले [[अर्थ]], [[उद्योग]], लगानी र बजारमुखी विषयलाई मुख्य रूपमा स्थान दिने गरेको छ। यस बाहेक यो पत्रिकाले [[प्रविधि]], [[सञ्चार]], [[विज्ञान]], [[राजनीति]] र व्यवस्थासँग सम्बन्धित विषयहरूमा समेत आफ्नो प्रतिवेदन जारी गर्दछ। यसको प्रधान कार्यालय [[संयुक्त राज्य अमेरिका|अमेरिका]]को [[जर्सी सिटी, न्यू जर्सी|जर्सी सिटी]], न्यू जर्सीमा रहेको छ। यो पत्रिकाद्वारा जारी गरिने [[संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको फोर्ब्स सूची|संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरू]], [[फोर्ब्स ४००|अमेरिकी धनीहरू]], [[फोर्ब्स ग्लोबल २०००|विश्वका उत्कृष्ट कम्पनीहरू]], [[विश्वका १०० शक्तिशाली महिलाहरू]] र [[विश्वका अर्बपतिहरू‎]]को सूची तथा क्रमाङ्कको लागि संसारमा प्रसिद्ध रहेको छ। यो पत्रिकाको अन्तर्राष्ट्रिय संस्करण [[एसिया]] र [[युरोप]]बाट समेत प्रकाशित हुन्छ। यो पत्रिकाको प्रधान सम्पादक [[स्टिभ फोर्ब्स]] हुन् भने [[प्रमुख कार्यकारी अधिकृत|कार्यकारी अधिकृत]] [[माइक फेडर्ले]] रहेका छन्।
 
कम्पनीको अन्य प्रकाशनहरूमा फोर्ब्स एसिया, फोर्ब्स लाइफ र फोर्ब्स विमिन पत्रिकाहरू रहेका छन्। यस बाहेक फोर्ब्सको [[चीन]], [[क्रोएसिया]], [[भारत]], [[इन्डोनेसिया]], [[इजरायल]], [[कोरिया]], [[पोल्यान्ड]], [[रोमानिया]], [[रुस|रूस]] र [[टर्की|तुर्की]]मा १० स्थानीय भाषाको स्वामित्ववाहक संस्करण रहेको छ। फोर्ब्स लगायत फोर्ब्स एसिया र कम्पनीको अन्य दश अन्तर्राष्ट्रिय स्वामित्ववाहक संस्करण एकै साथ ६ लाखभन्दा बढी पाठकहरू समक्ष पुग्दछ।
 
==कम्पनीको इतिहास==
"https://ne.wikipedia.org/wiki/फोर्ब्स" बाट अनुप्रेषित