"प्रेमेजुङ" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
[[ब्राह्मण|बाहुन]]मा [[पौडेल]] थरका बाहुनहरूको बाहुल्य रहेको छ। त्यसपछि [[ढुंगेल]], [[भट्टराई]], [[नेउपाने]], [[दाहाल]], [[खतिवडा]], [[तिम्सिना]], [[कोइराला]], , आदि जातका बाहुनहरू आउँछन्।
[[क्षेत्री]]मा [[पौडेल]], [[थापा]], [[राय]], [[खँड्का]], [[पाण्डे]], [[भण्डारी]] थरका मानिसहरू यहाँ बसोबास गर्दछन्।
क्षत्री बाहुन पछि ठूलो संख्यामा गनिने जाति हो [[राई जाति|राई]]। यहाँ [[साङपाङ]], [[चाम्लिङ]], [[हाङ्‌खिम]], [[यामदाङ]], [[पुमाली]], [[इसारा]], [[ओक्छाली]], [[बुखिम]], [[सिवाङ]], [[राई जाति|निवाङ]], [[आठपहरिया]] आदि जातका राईहरूको बसोबास रहेको छ।
 
त्यसका अतिरिक्त [[भुजेल]], [[थामी जाति|थामी]], [[पहरी]], [[तामाङ जाति|तामाङ]], [[दियाली]], [[सुनार]], [[दर्जी]], [[शिवा]], [[अछामे]], [[मगराँती]], [[बिसुङ्खे|बिसुंखे]], [[कामी जाति|कामी]] आदि जातीका मानिस पनि प्रेमेजुङका बासिन्दा हुन्।
त्यसका अतिरिक्त विशेष शिक्षा कार्यक्रम अन्तरगत सञ्चालित अनौपचारिक शिक्षाका कक्षाहरू द्वारा हाल गाउँको साक्षरता निकै बढेको छ। विद्यालय जाने उमेरका ९७ प्रतिशत विद्यार्थीहरू विद्यालय गएका छन्। माध्यमिक तथा उच्चशिक्षाका लागि गाउँ छोड्नु वा टाढाका विद्यालयहरूमा अध्ययन गर्नु यहाँको पुरानै नियति हो। नजीकमा [[नाम्सालिङ उच्च मा.वि.]] २ घण्टा, [[अमर कल्याण उच्च माध्यमिक विद्यालय|अमर कल्याण उच्च मा.वि.]] १.५ घण्टा, [[गोर्खे मा.वि.]] १.५ घण्टा, [[फिक्कल उच्च मा.वि.]] २ घण्टा, [[करफोक उच्च मा.वि.]] २.२५ घण्टाको पैदल दूरीमा रहेका छन्।
 
बीस वर्ष अघिसम्म भारतका विभिन्न विद्यालयको भर पर्नुपर्ने यस गाउँमा हालको अवस्था प्रति गाउँलेहरूले सन्तोष मानेका छन्। त्यस अघि भारतको [[दार्जीलिङ|दार्जिलिङ]], [[खर्साङ]], [[कालिम्पोङ]], [[सिक्किम]], [[वाराणसी|बनारस]], [[वृन्दावन|बृन्दावन]], [[हरिद्वार]] लगायतका ठाउँमा गई शिक्षा हासिल गर्ने गर्दथे। गाउँमा हिन्दू धर्मावलम्बी हरूको अत्याधिक बाहुल्य रहेको हुनाले संस्कृत शिक्षा प्रति आकर्षण धेरै नै रहेको थियो। तर अहिले विश्वव्यापीकरणको प्रभाव प्रेमेजुङमा पनि परेको देख्न सकिन्छ। अङ्ग्रेजी विषयप्रतिको बढ्दो आकर्षण यसैको प्रमाणको रूपमा लिन सकिन्छ।
[[File:ca election.JPG|thumb|left|मतदान गर्न लामबद्ध भएका स्थानीयबासीहरूः राजनीति र सामाजिक काममा नारी पुरूष दुवैको समान सहभागिता रहने गरेको छ।|602x602px]]
राजनीतिमा भनें यहाँका मानिस खासै माथि पुगेका छैनन्। यद्यपि राजनीतिक तथा सामाजिक गतिविधिमा महिला पुरुष समान रूपले सहभागी हुने गरेका छन्।
परम्परागत खेतीको रूपमा [[धान]], [[मकै]], [[कोदो]], [[फापर]], [[गहुँ|गहूँ]], [[आलु]] र केही [[सागसब्जी]], उत्पादन हुने भएतापनि नगदेबाली तर्फको आकर्षणका कारण अहिले [[मटरकोसा]], [[अदुवा]] र मुख्यतया [[चियाखेती]] तर्फ मानिसहरू आकर्षित हुँदै गएका छन्। [[चियाखेती]] सँगसँगै [[कफी]] पनि उत्पादन हुन सुरू भएको छ। यद्यपि उत्पादित [[कफी]]को दानाले बजार नपाएपछि यहाँका जनता हुर्केका [[कफी]]का बोट पनि उखेल्ने स्थितिमा पुगेका छन्।
परम्परागत रूपमा गाइपालन गर्ने किसानहरूले वि.सं. २०४१मा [[दुग्ध विकास संस्थान]]ले सङ्कलन केन्द्र खोलेपछि भने व्यापारिक रूपमैं दुध उत्पादनमा लागेका हुन्। यो सङ्कलन केन्द्रको स्थापनाले प्रेमेजुङको आर्थिक गतिविधिमा युगान्तकारी भूमिका खेलेको थियो।
त्यसबेलादेखि नै कृषि विकास ब्याङ्कले गाइपालनमा ऋणको व्यवस्था गर्ने, [[कृषक]]हरूले पनि [[भारत]]को पोख्रेबुङ लगायतका ठाउँबाट [[जर्सी]], [[होलस्टाइन गाई|होलेस्टेन]] आदि जातका दुधालु [[गाई]] ल्याएर पाल्ने क्रमको विकास भयो।
गाइपालन सँगसँगै त्यसलाई आवश्यक पर्ने घाँस उत्पादनमा पनि मानिसहरूको ध्यान आकर्षित हुन थालेको पाइन्छ। यसका लागि बारीमा [[धूस]], [[अम्रिसो|अम्लिसो]] जस्ता घाँसहरू लगाउने प्रचलन पनि तीब्र रूपमा बढेको देखिन्छ। [[अम्रिसो|अम्लिसो]]बाट घाँस मात्र नभै [[कुचो]] समेत उत्पादन हुने भएकाले यसबाट [[कृषक]]हरूले दोहोरो फाइदा लिन पाएका छन्।
[[गोर्खे बजार]]को चहल पहल हुँदा प्रेमेजुङको मुख्य बजार [[गोर्खे बजार]] नै थियो। मानेभञ्ज्याङ् मार्फत [[दार्जीलिङ|दार्जिलिङ]] सँग सीधा सम्पर्क गराउने [[गोर्खे बजार]] एक ताका इलाम मात्र नभै धनकुटा, भोजपुर, तेह्रथुम, पाँचथर आदि क्षेत्रकै प्रमुख नाकाको रूपमा रहेको थियो।
झापाबाट [[सूर्योदय नगरपालिका|फिक्कल]] हुँदै इलाम जाने [[मेची राजमार्ग]]को सञ्चालन पश्चात् [[सूर्योदय नगरपालिका|फिक्कल]]बजार प्रमुख व्यापारिक केन्द्रको रूपमा उदायो जसले गर्दा [[गोर्खे बजार]] सुक्न थाल्यो।
हाल फिक्कल बजार प्रेमेजुङ्कोा नजीकैको बजारको रूपमा रहेको छ। अन्य बजारमा नयाँबजार तथा भारतका [[मानेभञ्ज्याङ]], [[सुखियापोखरी]], [[दार्जीलिङ|दार्जिलिङ]] सम्मका बजारमा यहाँका मानिसहरू हाट भर्न जाने र आफ्ना उत्पादन हरू बिक्री गर्न पुग्छन्।
गाउँमा बुधबार [[हाट]] लाग्ने गर्दछ त्यसका अतिरिक्त तरकारी तथा दुग्ध एवं कृषिजन्य उत्पादनहरू खरीद गर्न घरघरमा नेपाली तथा भारतीय व्यापारीहरू पुग्ने गर्छन्।
 
त्यसैगरी मर्दा देखि पर्दासम्म प्रयोग गरिने बाँस यहाँको निकै उपयोगी वनस्पति हो। मानिसहरूले घर बनाउन, बार बार्न, छाना छाउन बाँसको प्रयोग हुन्छ। त्यसका अतिरिक्त डोको, डालो, थुन्से, मान्द्रा, भकारी लगायतका घरायसी भाँडाकुँडा बनाउन पनि बाँसको चोया प्रयोग गर्दछन्। बाँस नहुने हो भनें मानिसको दैनिक काम काज नै नचल्ने अवस्था रहने स्थानीयबासिन्दा बताउँछन्। यहाँ [[मालबाँस]], [[भालुबाँस]], [[चोयाबाँस]], [[लिचीबाँस]], [[चावाबाँस]], [[लिचीबाँस]] आदि प्रजातिका बाँसहरू पाइन्छन्। यद्यपि [[मालबाँस]] नै यहाँको प्रमुख बाँस हो।
 
यहाँ [[कल्कले]], [[काग]], [[काठ फोरुवा]], [[कालिज]], [[कोइली]], [[कोकले]], [[गिद्ध]], [[गौँथली|गौंथली]], [[चमेरो]], [[चिबे]], [[चिल|चील]], [[च्याखुरा]], [[जुरेली]], [[ढुकुर]], [[फिस्टो]], [[बकुल्लो]], [[बट्टाई|बट्टाइ]], [[बाज]], [[भँगेरा]], [[सारौं|रूपी]] ([[सारौं]]), [[लाटोकोसेरो]], [[लामपुछ्रे चरा]], [[सुगा]], [[हलेसो]], आदि प्रजातिका चराहरू पाइन्छन्।
 
== घरपालुवा जनावर ==
 
== वन्यजन्तु ==
वन्यजन्तुमा [[अजिङ्गर|अजिंगर]], [[खोलाओत]], [[गँगटो]], [[गोहोरो]], [[चितुवा]], [[छुचुन्द्रो]], [[छेपारो]], [[दुम्सी]], [[न्याउरीमुसो]], [[पाहा]], [[बन बिरालो]], [[भानेमुङ्ग्रो]], [[भ्यागुतो]], [[मलसाँप्रो]], [[मुसा]], [[हरिण|मृग]], [[लोखर्के]], [[सर्प]], [[सालक]], [[स्याल (प्रजाति)|स्याल]] आदि पाइन्छ।
 
== कीरा फट्याङ्ग्रा ==
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/966891" बाट अनुप्रेषित