"नुवाकोट जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १९:
 
{{DistrictsOfNepal}}
'''नुवाकोट जिल्ला''' [[नेपाल]]को मानचित्रमा [[मध्य क्षेत्र]]को [[वाग्मतीबागमती प्रदेश|प्रदेश नं. ३]] अर्न्तगत राजधानी काठमाडौँको उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो । नुवाकोट जिल्लाको जनसंख्या २८८,४७८ रहेको छ।{{cn}} नुवाकोट जिल्लाको सदरमुकाम बिदुर हो।
==भूगोल==
नेपालको कुनै पनि अञ्चलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने र भौगालिक विभाजन अनुसार पहाडी प्रदेशमा अवस्थित यो जिल्ला झण्डै अर्ध चन्द्राकार रूपमा पुर्ब-पश्चिम फैलिएर रहेको छ। यस जिल्लामा उच्च पहाडी क्षेत्रको यठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरू लगाएतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ। भौगालिक बनावट पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू-भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू-भागको अंश ११ प्रतिशत रहेको छ। नेपालको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७४५' देखि २८२०' उत्तरी अक्षांशसम्म र ८५०' देखि ८५४५' पूर्वी देशान्तरसम्मको फैलावटमा रहेको छ। समुद्रसतहबाट न्युनतम ४५७' मिटरदेखि अधिकतम ५१४४' मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ। जिल्लाको समग्र भू-धरातलिय हिसाबमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ।
पङ्क्ति ३०:
नुवाकोट विजयपछि यसलाई दास्रो राजधानीका रूपमा लिई कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो। जसको परिणामस्वरूप वि.सं.१८२५ मा इन्द्रजात्राको दिन कान्तिपुर सहर गोरखाली सेनाको हातमा पर्‍यो। यस प्रकार क्रमिक रूपमा एकीकरण अभियान अघि बढ्यो। साथै वि.सं.१८३१ मा बडा महाराजको स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी राजाका अतिरिक्त बलभद्र, [[अमरसिंह थापा|अमरसिंह]] जस्ता वीर योद्घाहरूले यस अभियानलाई अझै व्यापक बनाए। यद्यपि भारतमा साम्राज्य फैलाईरहेका अङ्ग्रेज शासकहरू यसबाट सशङ्कित बने जसबाट वि.सं.१८३७ मा सम्पन्न सुगौली सन्धिका कारण नेपालले पुर्बमा मेची र पश्चिममा राप्ती र कर्णाली पारिका भू-भागहरू गुमाउनु पर्‍यो।
 
यी विभिन्न कारणहरूले नेपालको सिमाना विस्तार हुने क्रम [[सुगौली सन्धि]]पछि अवरुद्घ हुन गयो। यद्यपी इ.सं.१८५७ मा भारतका सिपाही बिद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री [[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]ले अङ्ग्रेजलाई महत्त्वपूर्ण सैनिक सहयोग उपलब्ध गराए बापत हालका चार किल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता भएको थियो। तसर्थ नेपालको वर्तमान स्वरूप निर्माणमा थुप्रै साहसिला वीर शासकका साथै बहादुर सैनिकहरूको महत्त्वपूर्ण भूमिका रहेको स्वत स्पष्ट छ। यस एकीकरण अभियानमा गोरखापछि नुवाकोट विजयले सफलताको द्वार खोलिदिएको तथ्य छिप्न सक्तैन। राजा [[पृथ्वीनारायण शाह]]को वि.सं. १८०१ देखि १८२५ सम्मको महत्त्वपूर्ण समय नुवाकोट मै व्यतित भएको थियो।
 
गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने महत्त्वपूर्ण मार्गका रूपमा हात्तिगौंडा, र्राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाई मानिन्छ। जुन मार्ग भएर गोरखाली सेनाहरू महिनौ अघि आक्रमणको तयारीका लागि [[त्रिशुली बजार]]माथिको खिञ्चेत बगैंचामा आई बसेका थिए। खिञ्चेत बगैंचा त्यही पबित्र स्थान हो जहाँ बिश्व प्रसिद्ध पुकार भण्डारीको जन्म भएको थियो । हाल यश स्थानलाई खिबोजको नामले चिनिन्छ । यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोली गठ्ठा खरीद जस्ता व्यापक तयारीले लडाईंलाई सफल तुल्याएको देखिन्छ। नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिक क्रियाकलापलाई बढावा दिए।