"संस्कृत" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २६:

== इतिहास: ==
एसिया को प्राचिनतम् ग्रन्‍थ '[[ऋग्वेद]]' (ठीक काल निर्णय गर्न नसकिने र कसैले ईशापूर्व ३५०० भन्दा अघिको भनेको छ) संस्‍कृत भाषामा नै रचिएको हो। ऋग वेद को सबै भन्दा पुरानो लिपि १४६४ ई.पू. को भेटीएको छ। त्यस्तै अन्‍य वेदहरू - [[यजुर्वेद]], [[सामवेद]] र [[अथर्ववेद]] - पनि संस्‍कृत भाषामै लेखिएका छन् । सबैभन्दा पुरानो जीवित संस्कृत व्याकरण [[पाणिनि]]को हो, जुन करिव ई.पू. ५०० मा रचिएको थियो । अधिकांश मानिस [[पाणिनि]]को [[अष्टाध्यायी]]बाट '''काव्य संस्कृत'''को आरम्भ मान्दछन्। अहिले मुख्यतया धार्मिक प्रयोजनको लागि मात्र प्रयोग गरिएपनि भारतवर्षमा संस्कृत हजारौँ वर्षदेखि बोलचालको भाषा रहँदै आएको थियो । यस भाषामा रचना गरिएको [[अमरकोश|अमरकोष]] प्राचीनतम शब्दकोश हो ।<ref>कुलचन्द्र गौतम, अमरकोष, बालकृष्णाचार्य, बनारस ।</ref><ref>कुलचन्द्र गौतम, नेपाली संस्कृत शब्दकोश, नेपाल संस्कृत विश्वविद्यालय ।</ref> [[हिन्दू धर्म|हिन्दू]] तथा [[बुद्ध]] धर्मका प्रायजसो सबै ग्रन्थहरू संस्कृतमै लेखिएका छन् ।
संस्कृतको प्राचीनतम रूप वैदिक संस्कृत हो जो [[हिन्दू धर्म]]को प्रमुख ग्रन्थ [[वेद]]को भाषा हो। [[वाल्मीकीय रामायण|रामायण]], [[महाभारत]] र [[पुराण]], [[कविता|काव्य]] संस्कृतमा लेखिएका छन्।
[[File:Devimahatmya Sanskrit MS Nepal 11c.jpg|thumb|300px|right|देवी माहत्म्य]]

== व्याकरण ==
संस्कृत भाषाको [[संस्कृत व्याकरण]] अत्यन्त परिमार्जित एवं वैज्ञानिक छ। धेरै प्राचीन कालबाट नैं अनेक व्याकरणाचार्यहरूले संस्कृत व्याकरणमा धेरै नैं लेखेका छन्। तर पनि [[पाणिनि]]को संस्कृत व्याकरणमा गरिएको कार्य सबैभन्दा प्रसिद्ध छ। पाणिनि संस्कृत भाषाका प्रसिद्ध व्याकरण शास्त्री हुन्। उनको जन्म लगभग ५००० वर्ष पहिले नेपालको हाल अर्घाखाँची जिल्लाको पणेना गाउपालिकामा भएको हो। उनको यही गाउँमा जन्म भएकोले नै यस गाउँपालिकाको नामाकरण पाणिनिको नाममा राखियको हो। उनले व्याकरण शास्त्रको रचना गरेका थिए जसलाई चार भागमा लेखिएको छ । पाणिनिद्वारा पहिलो माहेश्वर १४ सूत्रहरूको रचना भएको थियो । जसलाई महेश्वर (शिव)ले वरदान स्वरुप प्रदान गरेका थिए भनिन्छ । त्यसैले पहिलो रचनालाई माहेश्वरसूत्र भनिन्छ । दोस्रो अष्टाध्यायी जसमा आठ अध्याय र लगभग चार हजार सूत्र छन्। उनका [[अष्टाध्यायी]] कुनै पनि भाषाका व्याकरणको सबैभन्दा प्राचीन ग्रन्थ छ। संस्कृतमा [[नाम|संज्ञा]], [[सर्वनाम नाट्य समूह|सर्वनाम]], [[विशेषण]] र [[क्रिया]]का धेरै प्रकारबाट शब्द-रूप बबनाइन्छन्, जो व्याकरणिक अर्थ प्रदान गर्दछन्। अधिकांश शब्द-रूप मूलशब्दका अन्तमा प्रत्यय लगाएर बनाइन्छन्। यस प्रकार यो भन्न सकिन्छ कि संस्कृत एक बहिर्मुखी-अन्त-श्लिष्टयोगात्मक भाषा हो। संस्कृतका व्याकरणलाई वागीश शास्त्रीले वैज्ञानिक स्वरूप प्रदान गरेकोछ।

== ध्वनि-तन्त्र र लिपि ==
पङ्क्ति ६३:
==विश्वका बहुप्रचलित भाषाहरूमा प्रभाव==
विश्वका बहुप्रचलित भाषाहरूमा यसको केकस्तो प्रभाव छ । हेरौं केही उदाहरण–

'''[[अङ्ग्रेजी भाषा|अंग्रेजी भाषा]]'''
संस्कृतको पितृ शब्दबाट पश्चिममा पीटर र फादर, मातृबाट मदर र मादर, भ्रातृबाट ब्रदर जस्ता शब्द प्रभावित देखिन्छन् । त्यसै गरी संस्कृतको नस् शब्दबाट नोज, दन्तबाट डेन्ट र टूथ, स्थानबाट स्टेशन, मनबाट माइण्ड, कुप्यबाट कप, द्वारबाट डोर, कोटरबाट क्वाटर, हस्तबाट ह्याण्ड, हृद्.बाट हार्ट, मत्तबाट म्याड, दिव्यबाट डिवाइन, जननबाट जेनेटक्स, शरणबाट सरेन्डर आदिसंग तुलना गर्दा यी शब्दहरूको सम्बन्ध न्यूनाधिक रूपमा कहिं न कहीं संस्कृत भाषाबाट अवश्य रहेको छ भन्ने कुरा यो कुरा घाम झैं छर्लंग हुन्छ ।

'''[[रूसी भाषा|रुसी भाषा]]'''
संस्कृतको प्रभाव रुसी भाषामाथि पनि स्पष्ट परिलक्षित भएको छ । उदाहरणका लागि संस्कृतको अग्नि रुसीमा अगोन््, द्वारबाट द्वेर, नभबाट नेका, अस्तिबाट एस्त, कुत्रबाट कुदा, तत्रबाट तुदा, ज्ञानबाट जिनानिय, नवोढाबाट निवेस्ता, प्लावनबाट प्लावनिये आदि रूपमा देख्न सकिन्छ ।

'''[[चिनियाँ भाषा]]'''
पङ्क्ति ७१:
'''[[मङ्गोल भाषा]]'''
मध्य एसियाको मंगोल भाषामा वारहरूको नाम संस्कृतमा आधारित छन्, जस्तै, संस्कृतको सोम मंगोलमा सोमिया, आदित्य मंगोलमा आदिया, बुद्ध बधिया, शुक्र सूकर, र शनिको संचीव बनेको छ ।

'''[[इन्डोनेसिया|इन्डोनेशिया]] र काम्बोज देशमा'''
रामायण रं महाभारतका कथाहरू इन्डोनेशियामा राष्ट्रिय कथाका रूपमा स्वीकृत छन् । इन्डोनेशिया शब्द दुइ शब्दको योगबाट बनेको छ इन्डस् र नेसस् । त्यसै गरी इन्डोनेशियाका द्वीपका नामहरु संस्कृतमा आधारित देखिन्छन् । जस्तै, सुमात्रा त्यहांको एक स्थान छ जुन शुद्ध संस्कृत शब्द हो । यसै गरी एक स्थानको नाम जोगजकार्ता हो । जुन संस्कृतको योग्यकर्ताको तद्भवस्वरुप छ । जोगजकार्ताको सुलतानको उपाधि हो, भुवनो सेनापति, जुन संस्कृतको शब्द हो । यहांको एक प्रसिद्ध बन्दरगाहको नाम प्रोबोलिंगो हो । जुन पूर्व र कलिंग शब्दबाट बनेको छ ।
यसै गरी कम्बोडिया (हाल काम्पूचि) शब्द काम्बोजको तद्भव रुप हो । यहां पनि संस्कृत भाषा एवं साहित्यको प्रभाव छ ।

"https://ne.wikipedia.org/wiki/संस्कृत" बाट अनुप्रेषित