"चीन-नेपाल मितेरी राजमार्ग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १२:
ल्हासा देखि यो राजमार्ग '''क्यी चू''' नदीलाई अनुगमन गर्दै ६० किमी टाढा [[यार्लूंग त्सांगपो नदी]] सम्म आई पुग्छ जहाँ क्यी चू नदी यार्लूंग त्सांगपो नदीमा मिल्छ। '''चूशूल''' भन्ने ठाउँ देखि यो नदी [[ब्रह्मपुत्र नदी]] भनिन थाल्छ। मुख्य मार्ग लगातार [[यार्लूंग उपत्यका]] हुँदै [[शिगात्से]] सम्म आई पुग्छ, शिगात्से तिब्बतको दोश्रो ठुलो शहर तथा [[पंचेन लामा]]को घर हो। एक सहायक शाखा चुशूलमा यार्लूंग त्सांगपो नदीलाई पार गर्दै ४,८०० मी को ऊंचाईमा रहेको [[गम्पा ला]] पार गर्छ र ५,०४५ मी ऊंचाईको [[करो ला]] पार गर्नु भन्दा पहिला तुर्कोइस [[यमद्रोक झील]] पार गर्दै '''नोइजिन कांगसांग'''को फेदामा आइ पुग्छ। त्यस पछि '''न्यांग चू उपत्यका'''मा झर्छ र '''ज्ञानत्से''' हुँदै शिगात्से पुग्छ।
 
शिगात्से देखि लगातार पश्चिम समानान्तर हुँदै यो मार्ग यार्लूंग त्सांगपो घाटी हुँदै, [[लहात्से]] पार गर्छ र '''छापू''' आउँदा-आउँदै दोबाटोमा परिणत हुन्छ, जहाँ [[चीनको राष्ट्रिय राजमार्ग २१९]] ले ठाउँ लिन्छ जो लगातार पश्चिम हुँदै ब्रह्मपुत्र/[[सिंधु नदी]] पार गर्छ र पवित्र [[कैलाश पर्वत]] तथा [[मानसरोवर झील]] नेरी विभाजित हुन्छ त्यसपछि '''गार काउंटीकाउन्टी''' अन्तगर्त '''अली (शहर)''' पुग्छ।
 
लहात्से नजिक छापुबाट शुरू भए पछि मितेरी राजमार्ग '''राजमार्ग नम्बर ३१८''' हुँदै अगाडि बढ्छ र अगाडि गएर दक्षिण-पश्चिम तिर घुम्छ र मुख्य ब्रह्मपुत्र-गङ्गालाई पार गर्दै [[ग्यात्सो ला]] (५,२६० मी) नजिक आएर विभाजित हुन्छ। ग्यात्सो ला त्यो मार्गमा सबभन्दा अग्लो झरना हो। १००० मी तल झरे पछि बम-चूको समतल भू-भाग (alluvial plains) आउँछ। जून नदीले यो समतल भू-भाग तयार गरेको हो नेपालमा छिरे पछि [[अरुण नदी]] नामले चिनिन्छ। यो राजमार्ग '''शेलकर''' (नयाँ टिंगरि) नजिकैबाट अगाडि बढ्छ त्यसपछि [[टिंगरि (शहर)|पुरानो टिंगरि]] हुँदै [[रोंगबुक मठ]] तथा त्यसपछि [[सगरमाथा]]को ठिक उत्तरमा आइ पुग्छ।