"विर्तामोड नगरपालिका" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox settlement |official_name = विर्तामोड |other_name = |native_name = |nickname = |settlement...
(कुनै भिन्नता छैन)

०८:०६, १४ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

विर्तामोड नेपालको मेची अञ्चलको झापा जिल्लाको एउटा नगरपलिका हो । यो झापा जिल्लामा अवस्थित एउटा प्रसिद्ध व्यापारिक केन्द्र हो । पूर्व पश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्ने यो बजार झापा जिल्लाको सबैभन्दा महत्त्वपूर्ण वाणिज्य केन्द्र हो । पहिले अनारमनि, चारपाने तथा गारामनि गाविसमा रहेको यो व्यापारिक केन्द्र २०७१ जेष्ठ ४ गतेदेखि नगरपालिकामा परिणत भएको हो । [२] साविक गारामनी गा.वि.स. को वडा नं.– २ विर्ताबजार रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ । विर्तामोड नगरपालिकाको पुर्व पश्चिम सिमाना क्रमश: देउनिया खोला र घाग्रा नदीले छुट्याएको छ ।

विर्तामोड
विर्तामोड नगरपालिकामा अवस्थित मुक्ति चोक
विर्तामोड नगरपालिकामा अवस्थित मुक्ति चोक
देश नेपाल
विकास क्षेत्रपूर्वाञ्चल विकास क्षेत्र
अञ्चलमेची
जिल्लाझापा
सरकार
 • मेयरध्रुव कुमार शिवाकोटी
 • उप मेयरपवित्रा महतारा प्रसाई
उन्नतांश
३०० मिटर (१००० फिट)
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स. २०६८)[१]
 • जम्मा६०,१७४
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२३
वेबसाइटbirtamodmun.gov.np

सिमाना

यो नगरपालिको पूर्वतर्फ मेची नगरपालिका, भद्रपुर नगरपालिकाको देउनिया खोला, पश्चिमतर्फ कनकाई नगरपालीका र उत्तरतर्फ अर्जुनधारा नगरपालिका तथा दक्षिणतर्फ बाह्रदशी गाँउपालिका र हल्दिबारी गाँउपालिका रहेका छन् ।

जनसङ्ख्या

विर्तामोड नगरपालिकोको कुल जनसङ्ख्या ६०,१७४ रहेको छ ।[१] यहाँको क्षेत्र फल ५२८४.९६ हेक्टर रहेको छ । यसमध्ये वनजङ्गलले ढाकिएका क्षेत्रफल १७०० हेक्टर रहेको छ ।

व्यापारिक केन्द्रहरू

विर्तामोड क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरू

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ 

यो पनि हेर्नुहोस