"कान्तिपुरको युद्ध" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४०:
 
== नाका बन्दी ==
== कान्तिपुरमाआखिरी आक्रमण/ लडाइँ ==
वि.स. १८२५ आश्विन १४ गते (इ. १७६८ सेप्टेम्बर २६) का राति [[पृथ्वीनारायण शाह]]ले राजज्योतिष [[कुलानन्द ढकाल]]को साइत अनुसार कान्तिपुरमा आक्रमण गरे। काजी [[वंशराज पाँडे|वंशराज पाण्डे]], [[तुलाराम पाँडे|तुलाराम पाण्डे]], [[केहरसिंह बस्न्यात]]साथ पृथ्वीनारायण शाहले १००० गोर्खाली तालिमे सिपाही लिएर कान्तिपुर किल्लाको ढोका फोरी एक दल [[नरदेवी]]तिरबाट, एक दल भीमसेनस्थान तिरबाट र तेश्रो दल [[टुँडिखेल]]तिरबाट हनुमानढोका तर्फ अघि बढे। राजा जयप्रकाश मल्ल खुसीसाथ [[इन्द्रजात्रा|इन्द्रजात्र]] मनाइरहेको समयमा गोरखाली आक्रमण हुँदा हतप्रद भए। अत: ४ घण्टासम्म अव्यवस्थित युद्ध लडि ३०० अङ्गरक्षक साथ जयप्रकाश मल्ल [[तलेजु मन्दिर|तलेजु]]मा सेतो बारुद ओछ्याई पाटनतिर भागे। गोर्खाली सेना तलेजुमा प्रसन्नताका साथ विजयोन्मादमा प्रवेश गर्दा बारुद जल्दा [[तुलाराम पाँडे|तुलाराम पाण्डे]] केही सिपाही साथ पिल्सिएर मरे। उता [[पृथ्वीनारायण शाह]] कान्तिपुर राजदरबार हनुमानढोका राजगद्दीमा बसे।<ref name=":0">{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=१७८|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref> <ref>{{cite book|title=पृथ्वीनारायण शाहको जीवनी भाग ३|author=[[बाबुराम आचार्य]]|page=४९९-५०२|date=|publisher=|url=}}</ref>