"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २५:
* विश्वव्यापी तथा समुदायिक कार्यक्रम भएकोले मेरो विचारमा यो '''विकिपिडिया २०''' कार्यक्रमलाई व्यक्तिगत तवरले एकजनाद्वारा मात्र हुने नगरि हामीले निर्मल ज्यूले दिनुभएको सुझाव अनुसार नेपालको विभिन्न स्थानमा सञ्चालन गर्न सक्छौँ। मेरो बुझाइमा एक मात्र अनुदान प्रस्ताव गरेर पूर्व झापामा [[User:Saroj Uprety|सरोज उप्रेती]] जी, सप्तरीको राजविराजमा म स्वयं, धनुषाको जनकपुरमा [[User:Tulsi Bhagat|तुल्सी भगत]] जी, चितवनको भरतपुरमा [[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] र [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] जी र देशको राजधानी [[काठमाडौँ]]मा [[User:Nirmal Dulal|निर्मल दुलाल]] लगायत रहनु भएका अन्य विकिपिडिया साथीहरूले कार्यक्रमको खाका तयार पारि यो कार्यक्रम गर्दा उपयुक्त हुने मेरो व्यक्तिगत धारणा रहेको छ। कृपया यस विचारमा मैले अङ्कित गरेको प्रयोगकर्ताहरूले अनिवार्य रूपमा आ-आफ्नो विचार राख्नुहोला साथै कुनै सल्लाह सुझाव भए वा नेपालको अन्य ठाउँमा समेत यो कार्यक्रम गर्न चाहने विकिपिडियन साथी समेत आगाडि आइ विचार राख्नहुन अनुरोध गर्दछु। धनयवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०८:५८, १० डिसेम्बर २०२० (नेपाली समय)
** सर्वप्रथम [[User:Biplab Anand|बिप्लब]] जी धन्यवाद! मलाई हजुरको विचार अत्यन्त राम्रो लाग्यो र साथै, विकिपिडियाको २०औँ वार्षिकोत्सव कार्यक्रममा नेपाली समुदायको उपस्थितिलाई मेरो पूर्ण {{समर्थन}} छ। म हजुरको विचारको कदर गर्दछु तर यो कार्यक्रम लगत्तै म हाल पढिरहेका शिक्षणसंस्थाद्वारा दोस्रो वार्षिक परीक्षा आयोजित गर्ने भएको हुनाले म स्वयम् उपस्थित हुन् सक्दिनँ जस्तो छ। अफ-विकि नभए पनि अन-विकि मेरो उपस्थिति रहनेछ। सबैमा नमस्ते तथा विकिपिडियाको २०औँ वार्षिकोत्सवको अग्रिम शुभकामना दिन चाहन्छु। धन्यवाद! — [[User:Tulsi Bhagat|<span style="color:black">'''तुलसी भगत'''</span>]] <sup>[&nbsp;[[Special:Contribs/Tulsi Bhagat|<span style="color:black">योगदान</span>]] &#124; [[User talk:Tulsi Bhagat|<span style="color:black">वार्ता</span>]]&nbsp;]</sup> ०९:४९, १० डिसेम्बर २०२० (नेपाली समय)
* यस कार्यक्रम सञ्चालनको विषयमा विभिन्न चरणमा अन्य माध्यम द्वारा विचार आधन प्रदान भएता पनि कार्यव्यस्तताका कारण यहाँ आफ्नो मत जाहेर गर्न ढिलो भएको कुरा अवगत गराउन चाहन्छु । प्रस्तावित कार्यक्रम र कार्य योजना प्रति आफ्नो पूर्ण समर्थन जनाउन चाहान्छु ।
 
तथापि, समुदायमा चलिरहेको यस विचार विमर्शको अवमूल्यन गर्दै हिजो [https://meta.wikimedia.org/wiki/Grants:Project/Rapid/Nawaraj_Ghimire/Wikipedia_20_Celebration_with_Digital_Awareness यहाँ] देखाएको यो प्रस्ताव प्रति सम्पूर्ण विकपीडियन साथीहरुको ध्यानाकर्षण गराउन चाहन्छु । कृपया आफ्नो विचार तथा मत राखी यस र भविष्यमा आउने यस्ता असान्दर्भिक क्रियाकलापलाई रोकि समुदायको प्रक्रियागत मतलाई अवमूल्यन हुनबाट बचाउँछ समुदायको सम्पूर्ण सदस्यमा हार्दिक अनुरोध गर्दछु । -[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) १३:४३, १० डिसेम्बर २०२० (नेपाली समय)
 
== विकिमिडिया रणनीति अभियान २०३०: अनलाइन सामुदायिक भेट सम्बन्धमा ==