"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३२:
=== सुरुवात ===
२४ अक्टोबर (O.S.; 6 November N.S.) को बिहान सबेरै, करेन्स्की सरकार प्रती बफादार एक सैनिक समुहले बोल्सेभिक पत्रिका रबोचिय पत (''नेपाली अनुवाद: मजदुरको बाटो'')को छापाखानामा पसेर प्रेस तथा छपाइ उपकरण र पत्रिका जफत र नष्ट गर्यो। लगत्तै सरकारले ''रबोचिय पत'' लगायत बामपन्थी पत्रिका ''सोलडत'', र उग्र दक्षिणपन्थी पत्रिकाहरु "झिभो स्लोवो" र "नोभैया रस" तुरुन्तै बन्द गर्ने घोषणा गर्यो। यी पत्रिकाका सम्पादक तथा समाचार संकलकलाई अपराधिक मुद्दा लगाइयो र विद्रोहको आरोप लगाइयो।<ref name=rabinowitch />
 
त्यसको प्रतिक्रिया स्वरुप, बिहान ९{{nbsp}} बजे बोल्सेभिक सैन्य क्रान्तिकारी कमिटीले सरकारको कदमको निन्दा गर्दै बक्तव्य जारी गर्यो। बिहान १०{{nbsp}} बजे बोल्सेभिक पक्षीय सेनाले "रबोचिय पत" छापाखाना आफ्नो कब्जामा ल्यायो। करेन्स्कीले करिब ३ {{nbsp}} बजे पेत्रोग्रादको सबै पुल कब्जामा लिन आदेश दिए प्रतिकृया व्यक्त गरे। त्यसपछि पुलहरु नियन्त्रण लिनको लागि सैन्य क्रान्तिकारी कमिटी सम्बद्ध लाल सेना र सरकार प्रति बफादार सेना बीच शृङ्खलाबद्ध झडप भए। करिब ५ {{nbsp}}बजे सम्ममा सैन्य क्रान्तिकारी कमिटीले केन्द्रिय टेलिग्राफ कब्जा गरी सहरको सम्पुर्ण सञ्चार प्रणाली बोल्सेभिकको नियन्त्रणमा गयो। <ref name="rabinowitch" /><ref name="bard">{{Cite web|url=https://projects.eh.bard.edu/1917/oct-maps.html|title=From Empire To Republic: October 24 – November 1, 1917|access-date=24 February 2018|author=Bard College: Experimental Humanities and Eurasian Studies}}</ref>
 
==सन्दर्भ==