"अब यस्तो कहिल्यै नहोस्" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
}}
 
‘'''अब यस्तो कहिल्यै नहोस्'''’ इतिहास सिरोमणी [[बाबुराम आचार्य]]का ऐतिहासिक लेखहरूको सँगालो हो । राजा [[पृथ्वीनारायण शाह|पृथ्वीनारायण शाहको]] मृत्यु पश्चात विसं १८३१ देखि १९५८ सम्म नेपालमा सत्ता संघर्षका अनेकन् पर्व भए । ती पर्वमा भएका हत्या, हिंसा र षड्यन्त्रका तानाबानाबारे इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तकमा सविस्तार व्याख्या गरेका छन् । २०१५ सालको आसपासमा लेखिएका यी लेखहरूमा [[बहादुर शाह]] देखि [[देव शमशेर जङ्गबहादुर राणा|देव शम्सेर]]का पालासम्मका विभिन्न षड्यन्त्रका घटनाहरूको बारेमा जानकारी पाइन्छपाइन्छ। विशेषगरी [[बहादुर शाह]]को हत्या, [[भीमसेन थापा|भिमसेन थापा]]को उदय र अवसान, जंगबहादुर कुँवर राणाको उदय र राणा शासनको प्रारम्भिक विकासक्रमका बारेमा एकदमै महत्त्वपूर्ण जानकारीहरु यसमा समेटिएका छन् ।
 
पुस्तकमा बहादुर शाहको हत्याकाण्ड, रणबहादुर शाहको हत्याकाण्ड, भिमसेन थापाको उदय र अस्त, इतिहासका कुख्यात [[कोत पर्व|कोतपर्व]], [[भण्डारखाल पर्व]] र [[अलौ पर्व|अलौपर्व]], लगायत अन्य केहि कम सुनिएका राणाशाही विरुद्धको अठतीस सालको असफल षडयन्त्र जस्ता घटनाको बारेमा पनि चर्चा गरिएको छ । भिमसेन थापाको बारेमा इतिहासले धेरै राम्राकुराहरु गाएको भएपनि उनले शक्ति हातपार्नका लागि गरेका हत्याहरूको विवरण इतिहासहरूमा पाइँदैन । त्यस्तै उनको मृत्युको हकमा पनि अनेक भनाइहरु पाइन्छ । यसमा पुरानो विष मुद्दालाई बल्झाएर पाँडेहरूले षडयन्त्रगरी आत्महत्या गर्न बाध्य तुल्याएको तर उनी ९ दिनसम्म तड्पिएर विष्णुमतिको किनारमा अन्तिम स्वास फेरेको भन्ने उल्लेख छ ।
 
इतिहासकार बाबुराम आचार्यद्वारा लिखित पुस्तक ‘अब यस्तो कहिल्यै नहोस्’ विसं २०५५ सालमा प्रकाशित भएको थियो । धेरैले बडो चाखपूर्वक पढेको सो पुस्तकको चर्चा सेलाउन पनि पाएको थिएन, विसं ०५८ सालमा [[राजदरबार हत्याकाण्ड]]मा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भयो । इतिहास दोहोरियो ।
 
== विषयसूची ==