"धैबुङकोट" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: धैबुङकोट रसुवा जिल्ला, कालिका गाउँपालिका, वडा नं २ मा रहेको...
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
धैबुङकोट [[रसुवा जिल्ला]], [[कालिका गाउँपालिका]], वडा नं २ मा रहेको एउटा गाउँ हो । यो गाउँको नामाकरणसँग ऐतिहाँसिक महत्व जोडिएको छ ।
साबिक [[धैबुङ]] गाबिसको नामाकरण पनि यही ठाउँको नामबाट हुन गएको हो । [[धैबुङ]] को नामाकरणका सम्बन्धमा विभिन्न भनाईहरू रहेका छन् । [[पृथ्वीनारायण शाह]]को राज्य एकीकरणका क्रममा युद्द व्यवस्थापनका लागि कोतघर बनाईएको र त्यही समयदेखि [[गोरखा]]बाट [[गोरखनाथ]]को मूर्ति टाउकोमा बोकेर [[गोसाइँकुण्ड]] स्नान गरी सो मूर्तिलाई [[गोरखा]] नै पुर्याउने प्रचलन थियो भन्ने भनाईऐतिहाँसिक रहेकोश्रुतिहरू पाइन्छन् । त्यसक्रममा मूर्ति बोक्ने सिद्दबाबालाई यहाँस्थित कोतघरमा राखी सत्कारसहित खानामा दही र पानी पर्दा ओढ्नका लागि घुम दिइने चलन थियो । त्यतिबेलादेखि नै यो स्थान दही, घुमको रूपमा प्रख्यात हुँदै गयो । अर्काथरि मानिसको भनाई अनुसार गोसाईकुण्ड[[गोसाइँकुण्ड]] जाने तीर्थालुलाई माथि जाँदा ओड्नका लागि घुम पठाउने र खानामा दही दिने प्रचलनबाट पनि यस ठाउँको नामाकरण 'दहीघुम' रहँदै आएको र दही घुमको अपभ्रंश भएको रूप नै '[[धैबुङ]]' हो भन्ने भनाई रहेको पाइन्छ ।
 
कालिकास्थान, चिउरीबोट नजिकै बनेको भनिएको उक्त कोतघरमा गाउँबाट कोदो उठाउने र रोटी खाएर पुर्खाले तिब्बतसँग लडाई लडेका थिए भन्ने किंबदन्ती पनि रहेको छ । ऐतिहाँसिक पक्षलाई नियाल्दा २०३२ सालभन्दा अघि धैबुङलगायतका ठाउँहरू नुवाकोटमा[[नुवाकोट]]मा थियो । [[बेलकोट]], [[मालाकोट]], [[धुँवाकोट]], [[भैरमकोट]], [[कालिकाकोट]], [[सल्यानकोट]], [[सिमलकोट]], [[प्यासकोट]][[धैबुङकोट]] मिलेर नुवाकोटको[[नुवाकोट]]को नामाकरण भएको हो । [[नुवाकोट]] नामाकरण हुँदा [[धैबुङकोट]] नुवाकोटमा[[नुवाकोट]]मा रहेको र २०३२ सालमा बेत्रावती सिमाना राखी [[रसुवा जिल्ला]] सिमाङ्कन गरिएको ऐतिहाँसिक पक्ष विभिन्न दस्ताबेजहरूमा पाईन्छ ।

[[नुवाकोट]] हुँदा यस ठाउँलाई 'रामकाली गाउँपञ्चायत'को नामले चिनिन्थ्यो । बेत्रावतीमा रहेको राम मन्दिर धैबुङमा[[धैबुङ]]मा रकेको कालिका मन्दिरको संयुक्त नामलाई समाबेश गरी 'रामकाली' नामाकरण गरिएको भन्ने तथ्य/भनाई पाईन्छ । 'रामकाली' हुँदा हाल नुवाकोटमा[[नुवाकोट]]मा रहेका केराघारी, मभीर, कुवापानीलगायतका स्थान पनि रसुवामा नै पर्दथ्यो भन्ने भनाई पाईन्छ । पछि रसुवा नै भएपछि पुन संरचना हुँदा रसुवाको बेत्रावतीको भाग 'रामकाली' गाउँ पञ्चायतमा र धैबुङ, जिबजिबेलगायतका भुभाग 'जिबजिबे नीलकण्ठ गाउँ पञ्चायत'मा रहेको थियो । आज पनि विभिन्न कागजात र दस्ताबेजहरूमा साविकको धैबुङ गाविसलाई 'जिबजिबे नीलकण्ठ' भनेर उल्लेख गरेको पाइन्छ ।
 
राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणको समयमा यस भूभागमा आउँदा आफूसँग आएका भाई भारदारलाई बाली (कुत) उठाएर खाने गरी केही भूभागहरू उनीहरूको नाममा दर्ता गराएका थिए भन्ने भनाई रहेको छ र हालसम्म पनि त्यही जमिनहरू बिर्तावालाहरूको नाममा रहेको पाईन्छ ।
"https://ne.wikipedia.org/wiki/धैबुङकोट" बाट अनुप्रेषित