"नौकुण्ड" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: thumb {{Infobox lake |lake_name = गोसाइँकुण्ड |image_lake =The Holy Gosainkunda Lake during the winter. (...
(कुनै भिन्नता छैन)

२१:३४, ३० नोभेम्बर २०२० जस्तै गरी पुनरावलोकन

नेपालको वागमती प्रदेश अन्तर्गत रसुवा जिल्लको करीब १४ हजार फिट उचाईमा पर्ने पबित्र धार्मिक तथा पर्यटकीय क्षेत्र हो नौकुण्ड । यसको वरिपरि विभिन्न कुण्डहरू रहेका छन् । लम्बे कुण्ड, नाग कुण्ड, राजारानी कुण्ड, छेडा कुण्ड, एक्ले कुण्ड, कामीकमिनी कुण्ड, र अन्य दुई कुण्डको पेरिफेरिलाई नौकुण्ड भनेर भनिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको यो कुण्ड गोसाइँकुण्डभन्दा ओझेलमा परेको छ । यही कुण्डको नामबाट नौकुण्ड गाउँपालिका नामाकरण भएको हो ।

चित्र:Naukuda Lakes.jpg
गोसाइँकुण्ड
नौकुण्ड (Nauunda)
रहेको स्थानरसुवा जिल्ला
भौगोलिक निर्देशांक२८°०३′उ॰ ८५°२३′पू॰ / २८.०५०°N ८५.३८३°E / 28.050; 85.383निर्देशाङ्कहरू: २८°०३′उ॰ ८५°२३′पू॰ / २८.०५०°N ८५.३८३°E / 28.050; 85.383
अन्तर्वाह... लिटर प्रति सेकेन्ड
बहिर्वाह... लिटर प्रति सेकेन्ड
सिंचित क्षेत्रनेपाल
सतहको क्षेत्रफल.... हेक्टर
सतहको उचाई४,२०० मिटर

== नौकुण्ड पुग्ने कसरी ? ==

रसुवा जिल्लामा अवस्थित नौकुण्ड क्षेत्रमा प्रवेश गर्नका लागि विभिन्न पदमार्गहरू रहेका छन् । पासाङल्हामु राजमार्गको कालिकास्थानबाट जिबजिबे, ज्याङलाङ, लोकिल, सिपाङ, जुरेढुङ्गा, ढोकाभञ्ज्याङ, नचोक, शेर्मा, बक्सार, परालथला हुँदै नौकुण्ड पुन सकिने मार्ग एउटा हो भने नुवाकोटको बिदुरबाट चोकदे, लच्याङ,सरमथली, पार्च्याङ, लार्च्याेङ, यार्सा, सिम्बन्दी, शेर्मा, बक्सार र परालथला हुँदै नौकुण्ड जाने अर्को पदमार्ग हो। त्यसैगरि काठमाण्डौंको बुढानीलकण्ठबाट र नुवाकोट दुप्चेश्वरबाट सागरकुण्ड हुँदै यस क्षेत्रमा प्रबेश गर्न सकिन्छ । सुन्दरीजल वा मेलाम्चीबाट ठाडेपाटी, घोप्टे, फेदि, सूर्यकुण्ड, गोसाइँकुण्ड, भैरवकुण्ड हुँदै पनि यस क्षेत्रमा पुग्न सकिन्छ । रसुवाको सदरमुकाम धुन्चेबाट पनि नौकुण्ड हुँदै गोसाइँकुण्डसम्म जान र आउन सकिन्छ ।

सन्दर्भ सामग्रीहरू