"नेपाली युनिकोड" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नेपाली युनिकोडले नेपाली (देवनागरी) लिपीका प्रत्येक अक्षरलाई अलग्गै कोड दिएको छ। त्यसैले यसको
(कुनै भिन्नता छैन)

१५:११, १८ फेब्रुअरी २००७ जस्तै गरी पुनरावलोकन

कार्यालयका दैनिक कामकाजहरु गर्दा कम्प्युटरमा हामीलाइ धेरै समस्या पर्ने गरेका छन्। कम्प्युटरले हाम्रो भाषा नचिन्नु नै त्यसको मुख्य कारण हो। किनभने कम्प्युटर बनाउनेहरूले कम्प्युटरका सबै कुरा अंग्रेजीमा बनाए र फ्रेन्च, जर्मन, जापानिज आदिले आ-आफ्नो भाषामा ति कुराहरू चल्नेगरी सफ्टवेयरहरू बनाए। हामीकहाँ भने अझसम्म अंग्रेजी नजान्नेले कम्प्युटर सिक्न सक्दैन। त्यसो हुनाको कारण हामीले हाम्रो भाषामा कम्प्युटर प्रोग्राम बनाउन नसक्नु र अंग्रेजी नै कम्प्युटरको मातृभाषा हो भन्ठान्नु हो। तर अब त्यस्तो अवस्था छैन। किनभने कम्प्युटरले नेपाली भाषा बुझ्न थालेको छ। यसका लागि आफ्नो कम्प्युटरमा नेपाली युनिकोड राख्‍नु पर्दछ। नेपाली युनिकोडको प्रयोगले नेपाली भाषा शुद्धसँग लेख्‍न सकिन्छ। यसमा नेपालीमा प्रयोग हुने स्वर वा व्यन्जन वर्णका जुनसुकै अक्षर अलग्ग एउटै की मा हुन्छ। अब न त ‘ङ’ निकाल्न अल्ट र ०१७० ठोक्नुपर्छ न त फ झ क्ष ष ण जस्ता अक्षर निकाल्न दुई तीन टुक्रा जोड्नु पर्छ। त्यसैगरी अ आ इ ई लगायतका बाह्रखरी र मात्राहरू पनि अलग अलग एउटै कीमा हुन्छ। अब औकार दिन ा+ै गर्नुपर्दैन एकैचोटी ौ गरे पुग्छ। अप्ठ्यारा अक्षरहरू बनाउन पनि छुट्टाछुटटै की संझनु पर्दैन ङ+्+ग गरे आफैं ङ्ग बन्छ, त्यस्तै ङ्+्+घ= ङ्घ, द+्+व= द्व, र+ु= रु, र+ू =रू आदि। अब द्वन्द्व लाइ ‘द्धन्द’, ब्रह्मा लाइ ‘ब्रम्हा’ चिह्न लाइ ‘चिन्ह’ लेखेर निर्वाह गर्नु पर्दैन। त्यसैगरी अङ्‌रेजी मात्र टाइप गर्न जान्ने तर कहिल्यै नेपाली टाइप नगरेकाहरूका लागि नेपाली रोमानाइज्ड किबोर्ड (अर्थात् gopal टाइप गर्दा आफैं ‘गोपाल’ बन्ने सुविधा) पनि उपलब्ध छ। एकठाउँमा बनाएको नेपाली डकुमेन्ट अर्को कम्प्युटरमा लैजाँदा कहिले फन्ट नमिल्ने र कहिले एउटा फन्टमा गरेको कुरा त्यो फन्ट नभएको कम्प्युटरमा खोल्न नसकिने, खुलिहालेमा पनि रुपरङ विग्रने जस्ता यावत समस्या हामीले पनि भोग्दै आएका छौं। यी समस्या समाधान गर्नकै लागि नेपाली युनिकोडको विकास गरिएको हो। युनिकोडले नेपाली (देवनागरी) लिपीका प्रत्येक अक्षरलाई अलग्गै कोड दिएको छ। त्यसैले यसको प्रयोगपछि नेपाली र अंग्रेजीमा टाइप गरिएका कुरा फन्ट मिसिएर नबुझिने समस्या साँच्चै समाधान भएको छ।

नेपाली युनिकोडका फाइदाहरू  अ आ ..... क ख ग घ गरी क्रम मिलाउन सकिने।  अङ्‌रेजी अक्षरसंगै राखेर फन्ट फेर्दा पनि अक्षर नमिसिने।  फाइलको नाम पनि नेपालीमै दिन सकिने।  नेपाली फन्ट नभएको कम्प्युटरमा पनि युनिकोडमा टाइप गरेको फाइल खोल्न/पढ्न सकिने।  नोटप्याड एक्सेल फ्रन्टपेज जुनसुकै प्रोग्राममा पनि चल्ने।  नेपालीमा नै इमेल पठाउन सकिने।  नेपाली इन्टरनेट पेजका आर्टिकल कपी गर्न सकिने। नेपालीमा नै किवर्ड दिएर इन्टरनेटमा गुगल लगायतका इन्जिनमा खोज्न सकिने। आदि नेपाली युनिकोडमा चलाउन मिल्ने विभिन्न फन्टहरू पनि बनेका छन् जसको प्रयोगले हामी आकर्षक अक्षरहरू छाप्न सक्छौं। कालीमाटी, मङ्गल, थाक्या राविसन,समानता, जनसंस्कृत, कोकिला, रघुहिन्दी, यूनि नेपाली, कान्जिरोवा, गार्गी आदि देवनागरी फन्टका केही उदाहरणहरू हुन्।

परम्परागत रूपमा भन्दा युनिकोडमा टाइप गर्न अझ सजिलो

नेपाली युनिकोड किबोर्डको नेपाली गियर हो। युनिकोड राखेको कम्प्युटरमा Alt+Shift गरेमा अङ्‌रेजीबाट नेपाली गियर लाग्छ। र फेरी Alt+Shift गरे नेपाली गियरबाट अङ्‌रेजी गियर लाग्छ। माउस क्लिक गरेर फन्ट फेर्नुपनि पर्दैन। नेपालीमा भएकोबेला तल टास्क बारमा SA र अङ्‌रेजीमा भएको बेला EN Display हुन्छ। नेपाली युनिकोड विश्व यूनिकोड कन्सोर्सियमको स्ट्यान्डर्डमा मदन पुरस्कार पुस्तकालयका नेपाली डेभलपरहरूले हालसालै तयार गरेको सफ्टवेयर हो। त्यसैले यो Windows 98 मा चल्दैन। यसका लागि Windows 2000 अथवा Windows XP भन्दा माथिका अपरेटिङ् सिस्टम राख्‍नु पर्दछ। यो इन्टरनेटबाट निशुल्क डाउनलोड गर्न पनि सकिन्छ।