"आगन्तुक च‍रा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
जैविक विविधताको संरक्षण एवं पर्यटन उद्योगको विकाससित पनि जोडेर हेर्नुपर्ने चराको संरक्षण कार्यमा स्थानीय जनसहभागिताको पनि उत्तिकै आवश्यक हुन्छ । पर्यटकीय क्षेत्र कास्कीको सिक्लेसबाट प्रारम्भ गरिएको देशव्यापी 'चरालाई चार' अभियान अन्तर्गत चराबारे जनचेतना, अभिलेखीकरण, प्रजनन केन्द्र स्थापना, आहारा र बासस्थानको खोजी कार्य प्रारम्भलाई चरापे्रमीहरूले पछिल्लो नमुनाका रूपमा लिएका छन् । साथै, चरा अवलोकनका क्रियाकलापलाई वृद्धि गरेर, देशका विभिन्न ठाउँमा गिद्ध रेष्टुरेन्ट चलाएर तथा चरा प्रजनन केन्द्र खोलेर, अनि बेलाबखतमा गुलेली जफत अभियान चलाएर पनि चरा बचाउका प्रयासहरू हुँदै आएका छन् । यस्ा प्रकारका कार्यक्रमको विकास हुने र तिनले निरन्तरता पाइरहने हो भने चरा अवलोकनका लागि नेपाललाई उत्कृष्ट आकर्षक गन्तव्यको नयाँ पहिचान बनाउन समय धेरै लाग्दैन पनि ।
 
पर्या-प्रणाली -इको-सिस्टम) को अभिन्न अङ्ग मानिन्ो चरा कहाँ, कस्तो प्रजातिको छ ? तिनको चरन र बासस्थान कस्तो छ ? तथा तिनको आनिबानीलगायतका दैनिकी बुझ्न चरा अवलोकन गरिन्छ । नेपालमा चरा हेर्नकै लागि भनेर पनि बाहृय 'बर्ड वाचर' पर्यटक आउने गर्छन् । आन्तरिक पर्यटकमा पनि चरा अवलोकनप्रतिको रूची प्रतिदिन बढ्दो छ । सफारी पर्यटनको आधारभूत कार्यक्रममा चरा अवलोकन राखिएकै हुन्छ भने सो चरा अवलोकनलाई बाहृय तथा आन्तरिक पर्यटकले रमाइलो तथा आनन्ददायक मान्ने गरेका छन् । चरा अवलोकनबाट प्राप्त अनुभव उनीहरूसँगै देश-विदेशमा समेत छरिने प्रचारप्रसारको अप्रत्यक्ष फाइदाले पनि चरा अवलोकन पर्यटनको प्रवर्द्धन भइरहेको छ ।<ref>पर्यटन उद्योगमा आगन्तुक चरा :आत्माराम खरेल गोरखापत्र दैनिक</ref>
 
 
==सन्दर्भ सामग्री==
*[[http://www.gorkhapatra.org.np/detail.php?article_id=46235&cat_id=22]]पर्यटन उद्योगमा आगन्तुक चरा :आत्माराम खरेल
<references/>
 
[[category: जीवविज्ञान]]
"https://ne.wikipedia.org/wiki/आगन्तुक_च‍रा" बाट अनुप्रेषित