"ट्याम्को" का संशोधनहरू बिचको अन्तर

→‎यो पनि हेर्नुहोस्: मर्ज लेख, ट्यामको
मर्ज लेख, ट्यामको
पङ्क्ति ८:
}}
'''ट्याम्को''' स-साना दुई [[गजा]]को सहयोगले बजाइने हाते [[बाजा]] हो । ट्याम्को [[दमाहा]] जस्तै तर सानो खालको हुन्छ । यो छाला मोहोरेर बनाइएको तालबाजा हो । यो [[पञ्चैबाजा]] र [[नौमती बाजा]] अन्तर्गतका सबैभन्दा सानो बाजा हो । यो कम्मरमा भिरेर बजाइन्छ । यो बाजालाई दुई वटा स-साना गजोले हिर्काएर टुनपुल्टुन........टुनपुल्टुन.......को तालमा बजाइन्छ । ट्याम्को अर्धव्यासमा लगभग एक बित्ता हुन्छ । यो [[माटो]] वा [[काठ]]को पात्रमा छालाले मोरेर बनाइएको हुन्छ ।
 
== ट्यामको ==
[[File:पन्चैबाजा.JPG|thumb|पन्चैबाजा]]
[[File:Playing Damaha(1).jpg|thumb|दमाहा र ट्यामको बजाउदै गरेको]]
यो ट्याम्को पन्चैबाजा अन्तर्गतको [[नगरा]]कै आकारको सानो बाजा हो । यसलाई दुर्इवटा काठका ससाना आकारका लठ्ठीले हानेर बजाइन्छ । यो काठले बनेको हुन्छ । यसको आकार एकापट्टी साँघुरिंदै गएको र अर्कातिर ठुलो मुखमा छालाले मोरी खरी लगाएको हुन्छ । यसमा फलामे ताप्के आकारमा बाख्राको छालाले मोहोरेर [[तान]] कसेको हुन्छ । यो [[बाजा]] विशेष गरी दमाई जातका मानिसले बजाउने गरेको पाइन्छ । प्रस्तुत चित्रमा उभिएर बजाउने व्यक्तिका ठिक बायाँतिर बसेर बजाइँदै गरेको बाजा ट्याम्को हो । दोस्रो चित्रमा ट्याम्को प्रस्ट रूपमा चिन्न सकिन्छ । <ref>तिवारी (लोहनी), शोभा (२०६०), ''लोकसङ्गीतार्पण'', ललितपुर : साझा प्रकाशन</ref>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
 
==बाह्य लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/ट्याम्को" बाट अनुप्रेषित