"इलाम" का संशोधनहरू बिचको अन्तर

New page: {{stub}} == यो पनि हेर्नुहोस् == नेपालको क्षेत्रिय बर्गिकरण Category:जिल्ला [[Category:...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
इलाम जिल्ला नेपालका पचहत्तर जिल्लामध्ये सबैभन्दा पूर्वमा अवस्थित एक रमणीय जिल्ला हो। यसको सिमाना दक्षिणमा झापा, मोरङ, पश्चिममा धनकुटा, तेह्रथुम, उत्तरमा पाँचथर जिल्ला तथा पूर्वमा भारतको दार्जिलिङ तथा सिक्किमसित जोडिएको छ। करिब १७०३ वर्ग कि.मी. क्षेत्रफल रहेको यस जिल्लाको जनसंख्या करिब ३ लाख रहेको छ।
लाप्चे, लिम्बू, राई, तामाङ, गुरुङ, शेर्पा, क्षत्री, ब्राह्मण, नेवार आदि सम्प्रदायका मानिसहरू यस जिल्लामा बसोबास गर्दछन्।
सन्तपुर (सन्दक्पुर) ३०००मी., छिन्तापु, श्रीअन्तु, सिद्धिथुम्का जस्ता रमणीय पहाडहरू यस जिल्लामा रहेका छन् जहाँ सयौं प्रजातिका चारहरू तथा विश्वकै दुर्लभ मानिएका रेड पाण्डा, दुम्सी, सालक लगायतका जनावरहरू पाइन्छन्।
सेती देवी, पञ्चकन्या, सिंहवाहिनी, पाथीभरा, गजुरमुखी आदि धार्मिक तथा कन्याम, करफोक, मंगलबारे आदि पर्यटकीय स्थान इलामले समेटेको छ। सबै भाग पहाडी भेकमा पर्ने यस जिल्लाको प्राकृतिक सौन्दर्यका कारण विस्तारै पर्यटकीय गन्तव्यको रूपमा इलाम चिनिँदैछ। नौ कुना भएको माई पोखरी तथा टोड्के झरना हेर्न पर्यटकहरूको ओइरो लाग्ने गर्दछ। हरियाली युक्त चियाबारी भएको कन्याम डाँडामा वनभोज खानेहरूको ताँती लाग्ने गर्दछ।
फिक्कल, पशुपतिनगर, नयाँबजार, मङ्गलबारे, देउराली यहाँका मुख्य व्यापारिक केन्द्रहरू हुन्। इलाम बजार जिल्ला सदरमुकाम हो जुन राजधानीदेखि करिब ६५० कि.मी. को दूरीमा अवस्थित छ। चिया पत्ती, अलैँची, अदुवा, आलु, दूध यहाँका मुख्य कृषि उपज हुन्। इलाममा हाल १० भन्दा बढी चिया प्रशोधन कारखानाहरू रहेका छन्। इलामको अर्थोडक्स चिया युरोप र अष्ट्रेलियाली बजारमा निकै लोकप्रिय छ।
इलामलाई विकसित पहाडी जिल्लाको रूपमा लिइन्छ। यहाँका बासिन्दाहरूले खाद्य बाली भन्दा नगदे बालीको खेती धेरै गरेकाले तीव्र आर्थिक विकास गरेका हुन्। विगत बीस बर्षमा यस जिल्लाले राम्रो आर्थिक उन्नति गरेको छ। जिल्ला बासीहरूले आफ्नै श्रमले गाउँ गाउँसम्म मोटर बाटो पुर्‍याएका छन्। जिल्लाको मुख्य बाटो मेची राजमार्गले छोएका केही गाउँमा केन्द्रीय विद्युत् प्रशारण पुगेको भएता पनि अधिकांश स्थानमा मानिसहरूले पेल्ट्रिक सेट तथा सौर्य उर्जाबाट बिजुली निकालेर प्रयोग गरेका छन्।
 
 
{{stub}}
 
"https://ne.wikipedia.org/wiki/इलाम" बाट अनुप्रेषित