"वानिरा गिरी" का संशोधनहरू बिचको अन्तर

सा
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
==साहित्यिक यात्रा==
वानिरा गिरी सानैदेखि कवितालेखनमाकविता लेखनमा रुचि राख्थिन् । एघार वर्षकै उमेरमा उनी कविता लेखनमा पुरस्कृत भइसकेकी थिइन् । उनका विषयमा [[ईश्वरवल्लभ]]ले भनेका थिए “बहिनी वानीरा एउटी सशक्त कवयित्री थिइन् । उनको भविष्यको काव्य भूमिको राप मैले त्यतिबेलै देखेको थिएँ । त्यसैले [[अगमसिंह गिरी]]ले आयोजना गरेको कवि गोष्ठीमा मैले उनलाई पुरस्कार स्वरूप केही कृति दिएको थिएँ ।” उनी जसरी कथा, कविता लेख्थिन् त्यसै गरी स्कुलमा आयोजित सांस्कृतिक कार्यक्रममा सहजतापूर्वक भाग लिने गर्थिन् । तेस्रो कक्षामा उनले सर्वप्रथम कलाकारको भूमिका पनि निर्वाह गरेकी थिइन् । चौथो कक्षामा पनि यिनले नाटकमा आफ्नो भूमिका देखाएकी थिइन् । चाहे वक्तृत्व कलामा होस्, चाहे गायनमा होस्, चाहे नृत्यमा होस् र चाहे नाटकमा होस् जुनसुकै विषयमा भाग लिए पनि उनी प्रतियोगितामा प्रथम हुन्थिन् र कहीँ कतै द्वितीय पनि हुन्थिन् । कविता प्रतियोगितामा पनि उनको स्तर अग्रपङ्क्तिमा नै हुन्थ्यो । यिनी आफू मात्र कविता लेख्तिनथिन् अरूहरूलाई पनि प्रोत्साहन दिन्थिन् । उदाहरणका लागि भन्ने हो भने त्यस बेला यिनले ‘मुटु’ नाउँको भित्तेपत्रिका पनि निकालिन् । एघार वर्षको उमेरमा उनी भित्तेपत्रिका सम्पादन र प्रकाशन पनि गर्थिन् । वानिरा गिरीले बाल्यकालदेखि नै आफूलाई साहित्यतर्फ लगाए तापनि पहिलोपल्ट उनको औपचारिक कविता २०२० सालमा छापिएको थियो । डी.के. खालिङको सम्पादनमा [[दार्जिलिङ्ग]]बाट प्रकाशित ‘दियो’ मा ‘मेरो साथी भन्छ’ शीर्षक कविता छापिएपछि उनी जनसमक्ष प्रस्तुत भएकी हुन् । त्यसपछि उनी कविता लेखनमा क्रमश: चम्कँदै गइन् । दार्जिलिङका विभिन्न पत्रपत्रिकाका अतिरिक्त काठमाडौँका पनि अनगिन्ती पत्रपत्रिकामा उनका रचनाहरू प्रकाशित भइरहे । कृतिकारका रूपमा चाहिँ उनी २०३१ सालमा देखापरिन् । त्यति बेला उनको ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ नामक कविता सङ्ग्रह प्रकाशित भयो । त्यसपछि २०३४ सालमा यिनको अर्को कविता सङ्ग्रह प्रकाशित भयो ‘जीवन: थायमरू’ अनि २०३५ सालमा उनको ‘कारागार’ नामक उपन्यास प्रकाशनमा आयो । ‘मेरो आविष्कार’ नामक उनको आत्मकाव्य पनि २०३४ सालमा प्रकाशित भयो । त्यसै गरी २०४४ सालमा उनले ‘निर्बन्ध’ नामक उपन्यास प्रकाशनमा ल्याइन् भने २०५६ मा उनको अर्को उपन्यास ‘शब्दातीत शान्तनु’ प्रकाशित भयो । उनको ‘शब्दातीत शान्तनु’ नेपाली साहित्यमा निकै चर्चित बन्यो । त्यही कृतिले संवत् २०५६ को साझा पुरस्कार पनि प्राप्त गर्‍यो । उनले पाएका पुरस्कारको लेखा जोखा गर्ने हो भने उनी दार्जिलिङबाट काठमाडौँ आएकै वर्ष नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा द्वितीय भएकी थिइन् । उनी प्रबल गोरखा दक्षिण बाहुबाट पनि विभूषित भइन् । यिनी २०३३ सालमा अफ्रो एसियाली लेखक सम्मेलनमा भाग लिन सोभियत रुस गएकी थिइन् ।<ref name="rabinsxp1"/>
 
==लेखनशैली==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/951451" बाट अनुप्रेषित