"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

शीर्षक थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎उल्लेखनीय अस्थायी हुँदैन: বাংলা থেকে অনিলিপি
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २५:
 
== उल्लेखनीय अस्थायी हुँदैन ==
उल्लेखनीयता अस्थायी वा क्षणिक भन्ने हुँदैन: कुनै एक विषयले सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्नका लागि यस विषयले एक विश्वसनीय स्रोतबाट पर्याप्त प्रतिवेदन वा प्रचार प्राप्त गरेको हुनु पर्दछ। तर यसले समाचार स्रोतबाट हालसालै चलिरहेको प्रचार प्राप्त गरेको हुनु हुँदैन। विकिपिडिया कुनै समाचारको स्रोत होइन: कुनै एक घटना वा विषय सम्बन्धित सञ्चार माध्यममा सङ्क्षिप्त प्रचार गरिएको भएतापनि यसलाई विकिपिडियामा राख्नु पछाडि यथेष्ट प्रमाण हुँदैन। विशेषगरी जीवित व्यक्तिको जीवनको क्षेत्रमा एकल घटनाको सङ्क्षिप्त विवरणको आधारमा विकिपिडियामा एकल व्यक्तिगत लेख समावेश गर्न पर्याप्त प्रमाण रहेको हुँदैन। (थप जानकारीका लागि [[विकिपिडिया:जीवित मानिसहरूको जीवनी|जिमाजी]] हेर्नुहोस्)
 
उदाहरण; एक विषयको लागि नियमित समाचार प्रतिवेदन, यस्तै कुनै घोषणा, खेल प्रतिवेदन, ट्याब्लोइड पत्रकारिता र आत्म-निहित लेखहरूलाई विकिपिडियामा समावेश गर्न पर्याप्त आधारहरू रहेका छैनन्। विकिमिडियाको भातृ परियोजना [[विकिसमाचार]]मा भर्खरै प्राप्त गरिएका समाचारहरू समावेश गरिएका हुन्छन्
उल्लेखनीयतालाई पूर्वानुमान गर्न सकिदैन: यद्यपि एक विषयले छोटो समयमा यस दिशानिर्देशलाई पुरा गर्न सक्दैन तर यो समयका साथ उल्लेखनीयताको दिशानिर्देशलाई पुरा गर्न सक्दछ। लेख भविष्यमा विषयमाथि भारी प्रचार हुन सक्छ भन्ने सोचमा आधारित भएर लेखिएको हुनु हुँदैन।
 
== उल्लेखनीय विषयहरूले पर्याप्त समयका लागि ध्यानाकर्षण गर्दछन् ==