"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १९:
 
एक उल्लेखनीय विषय सम्बन्धित नयाँ लेख निर्माण गर्दै गर्दा उक्त लेखले पाठकहरूलाई अधिकतम बुझाउन कसरी मद्दत गर्दछ भन्ने कुरा सम्पादकहरूले विचार गर्नु पर्ने हुन्छ। कहिलेकाँही धेरै जसो विषयहरूलाई एक पृथक् पृष्ठको माध्यमबाट प्रस्तुत गरेर त्यस सम्बन्धित विषयलाई बढी व्याख्या गर्न सकिने भएतापनि हामीले सोही गर्नु पर्छ भन्ने कुनै आवश्यकता हुँदैन। उल्लेखनीय विषयहरूलाई समावेश गर्नु राम्रो मानिन्छ जुन स्पष्ट रूपमा विकिपिडियामा बृहत् लेखको एक अंशको रूपमा राख्नु पर्दछ। एक बृहत् लेखको अंशको रूपमा मात्र महत्त्वपूर्ण शीर्षकलाई समावेश गर्ने निर्णयले उक्त विषयवस्तुको महत्त्वलाई कुनै पनि हिसाबले प्रभाव वा कम बनाउँदैन। पृथक् लेख बनाउने कि नबनाउने भन्ने प्रत्येक निर्णय सम्पादकीय निर्णयमा आधारित हुन्छ तर यी लेखहरू व्यक्तिगत रूपमा मनपर्ने वा मन नपर्नेमा मात्र नभई सबै मुद्दाहरूलाई कसरी बुझ्न सकिन्छ भन्नेमा विशिष्ट विचारहरूको आधारमा हुनुपर्दछ। विकिपिडिया एक डिजिटल विश्वकोश भएकाले विषयको सामग्री तथा यसको विवरण कुनै प्रकारले यसको उपलब्धताको बारे सीमित हुनु हुँदैन।
 
* '''के अन्य जानकारीहरूले आवश्यक सन्दर्भ प्रदान गर्न सक्छ?'''
 
कहिलेकाँही एक उल्लेखनीय विषयलाई बृहत् लेखको एक अंशको रूपमा प्रस्तुत गर्न सकिन्छ जहाँ अधिक सान्दर्भिक विषयहरू एक स्वतन्त्र लेखमा गाभिन सक्छन्। (उदाहरण; बारक ओबामाको राष्ट्रपति निर्वाचनको अभियान, २०१२# अन्य पहल तथा मिट रमनीको राष्ट्रपति निर्वाचनको अभियान, सन् २०१२# अन्तर्राष्ट्रिय भ्रमण आदि। अन्य समय व्यक्तिगत लेखहरू निकै न्यायसङ्गत हुन सक्दछन् जस्तैः संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको साथसाथै प्रत्येक राष्ट्रपतिहरूको एक छुट्टै जीवनी)
सोही समयमा तार्किक र गैर-तार्किक महत्त्वका विषयहरूलाई विचार गर्नुपर्दछ। उदाहरणका लागि; अस्वभाविक तत्व एक स्वतन्त्र पृष्ठ हुनको सम्भावना राख्दछ तर यसका लागि मुख्यधारा विचारहरूको बारेमा पृष्ठको गैर-तार्किक महत्व प्रदान गर्नुपर्दछ।
 
*''' के प्रासङ्गिक विषयले आवश्यक सन्दर्भ प्रदान गर्न सक्छ?'''
 
कहिलेकाँही विभिन्न प्रसङ्ग सम्बन्धित विषय, जसमध्ये प्रत्येकले समान रूपमा महत्वपूर्ण विषय दर्शाउँछ भने ती विषयलाई एक छुट्टै लेखको रूपमा सङ्ग्रह गर्न सकिन्छ जहाँ ती लेख बीचको सम्बन्धलाई प्रत्येकका लागि एक छुट्टै लेखबाट राम्रोसँग वर्णन गर्न सकिन्छ। जस्तैः कुनै एक भिडियो खेलमा समावेश सङ्गीत तथा गीतहरू) अन्य समयमा, जब यस्तै धेरै उल्लेखनीय शीर्षकहरू देखा पर्दछन् तब तिनीहरूलाई एकल पृष्ठको रूपमा सङ्ग्रह गर्नु अव्यावहारिक हुन्छ जसको फलस्वरूप लेख अत्यन्त भद्दा हुने भएकाले यसलाई नियन्त्रण गर्न गाह्रो पर्दछ। यस्तो अवस्थामा एक प्रभावकारी विकल्पको रूपमा विस्तृत शीर्षकको लागि नयाँ सूची वा श्रेणी सृजना गरी यसलाई व्यक्तिगत लेखहरूमा जोडाउनु पर्दछ। (जस्तैः पोखरा अवस्थित होटेल तथा रेस्टुरेन्टहरूको सूची)
 
*'''यहाँ कस्ता सूत्रहरू उपलब्ध हुन्छन्?'''
कहिलेकाँही, एक विषय उल्लेखनीय भएतापनि यस विषय बारे अधिक प्रचारहरू नभएकले लामो लेख बनाउने सम्भावना निकै कम हुन्छ। यस्तो अवस्थामा सम्पादकहरूले त्यस विषयमा स्थायी अपूर्ण लेख सृजना गर्नका फाइदाहरू र बेफाइदाहरू बारे विचार गर्नु आवश्यक पर्दछ। अर्कोतर्फ सन्दर्भहरूले सम्बन्धित शीर्षकको बारेमा वर्णन नगरी अन्य विषयमा वर्णन गरिएको हुनेभएकाले उक्त लेख सम्बन्धित थुप्रै स्रोतहरू विद्यमान भएतापनि लेखमा खाली ठाउँ हुनसक्दछ जसलाई एक वृहत् लेखमा गाभ्नु भन्दा ठुटो लेखलाई विस्तार गर्न राम्रो हुन्छ। कहिलेकाँही, जब भविष्यका घटनाहरू वा पछि आयोजित खेलहरूको बारे सम्बन्धित जानकारी अभाव हुने भएकाले यस्ता विषयलाई एकल लेखको रूपमा राख्नु भन्दा एक वृहत् लेखमा गाभ्नु राम्रो हुन्छ। अन्य समयमा भविष्यका घटना वा खेलहरूका लागि छुट्टै पृष्ठहरू सृजना गर्नु स्पष्टरूपमै उचित हुन सक्छ। (जस्तैः [[२०२२ शीतकालीन ओलम्पिक|सन् २०१२ शीतकालीन ओलम्पिक]])
 
[[विकिपिडिया:विषय-विशेष उल्लेखनीयताको मार्गनिर्देशकहरू|विषय-विशेष उल्लेखनीयताको मार्गनिर्देशकहरू]] र विकिपरियोजना परामर्श पृष्ठहरूमा विशिष्ट विषयको सम्पादकीय निर्णयहरू कसरी गर्ने भन्ने बारे जानकारी समावेश भएको हुन सक्दछ। जब एक स्वतन्त्र लेख बनाइन्छ जब यी लेख भित्र समाविष्ट विषयहरू एक वृहत् पृष्ठबाट लिन सकिन्छ। यसको विपरीतमा जब एक लेख महत्त्वपूर्ण र सान्दर्भिक शीर्षकको साथ निर्माण हुँदैन तब पुनर्निर्देशन तथा अस्पष्टता पुनर्निर्देशहरूले शीर्षकसँग मिल्दोजुल्दो अनुच्छेदहरू खोज्न मद्दत गर्न सक्दछ।
 
== किन हामीलाई यसको आवश्यकता रहेको छ ==