"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५:
यदि माथि उल्लिखित शर्तहरू पुरा भएको खण्डमा विषयलाई पृथक् निबन्धको रूपमा राखिनु पर्दछ।
सम्पादकहरूले उनीहरूको विचार र विवेचनाको आधारमा एकै प्रकारका विभिन्न लेखहरूलाई एकै लेखमा गाभ्न वा सोही लेखको एक खण्डमा लेख्न सक्छन्। तल दिइएको दिशानिर्देशले कुनै एक विषयमा स्वयमंको लेख वा सूचीका राख्नु कत्तिको उपयुक्त छ भन्ने विषय आधारित एक रूपरेखा दिन्छ। लेख वा सूचीको सामग्री यतिसम्म सीमित नभएतापनि यसले सूचीमा सामेल गर्नका लागि रहेकन्ह मापदण्डहरूलाई पुरा गरेको हुनु पर्दछ (जस्तै एक विद्यार्थीका पूर्व विद्यार्थीहरूको सूची)। लेखमा राखिएका विषयवस्तुहरू कस्तो हुनुपर्छ भन्नका लागि तटस्थ परिप्रेक्ष्य, प्रमाणिकरण, मूल अनुसन्धान लेख निषेध, विकिपिडिया के होइन र जीवित व्यक्तिको जीवनी नामक नीतिहरू हेर्नुहोस्। यी मूलनीतिहरू एक अर्काको पूरक हुन्छन् यी नीतिहरूलाई पृथक् नगरीकन एकमुष्ठ रूपमा हेरिनु पर्दछ।
 
== एक स्वतन्त्र लेख बनाउन सकिन्छ वा सकिँदैन ==
 
एक उल्लेखनीय विषय सम्बन्धित नयाँ लेख निर्माण गर्दै गर्दा उक्त लेखले पाठकहरूलाई अधिकतम बुझाउन कसरी मद्दत गर्दछ भन्ने कुरा सम्पादकहरूले विचार गर्नु पर्ने हुन्छ। कहिलेकाँही धेरै जसो विषयहरूलाई एक पृथक् पृष्ठको माध्यमबाट प्रस्तुत गरेर त्यस सम्बन्धित विषयलाई बढी व्याख्या गर्न सकिने भएतापनि हामीले सोही गर्नु पर्छ भन्ने कुनै आवश्यकता हुँदैन। उल्लेखनीय विषयहरूलाई समावेश गर्नु राम्रो मानिन्छ जुन स्पष्ट रूपमा विकिपिडियामा बृहत् लेखको एक अंशको रूपमा राख्नु पर्दछ। एक बृहत् लेखको अंशको रूपमा मात्र महत्त्वपूर्ण शीर्षकलाई समावेश गर्ने निर्णयले उक्त विषयवस्तुको महत्त्वलाई कुनै पनि हिसाबले प्रभाव वा कम बनाउँदैन। पृथक् लेख बनाउने कि नबनाउने भन्ने प्रत्येक निर्णय सम्पादकीय निर्णयमा आधारित हुन्छ तर यी लेखहरू व्यक्तिगत रूपमा मनपर्ने वा मन नपर्नेमा मात्र नभई सबै मुद्दाहरूलाई कसरी बुझ्न सकिन्छ भन्नेमा विशिष्ट विचारहरूको आधारमा हुनुपर्दछ। विकिपिडिया एक डिजिटल विश्वकोश भएकाले विषयको सामग्री तथा यसको विवरण कुनै प्रकारले यसको उपलब्धताको बारे सीमित हुनु हुँदैन।
 
== किन हामीलाई यसको आवश्यकता रहेको छ ==