"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८४:
बर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई अञ्चल नारायणी र लुम्वीनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुर नामका प्रशासनीक बिभाजनमा परेको छन। पूर्वको हेटौडाबाट शुरू भई पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षिण चुरे सम्म कहि चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ। नारायणी नदी पश्चिमको भूभाग लुम्वीनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्ला का रूपमा रहेको छ। अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीएको हो। चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणालीहरू खेत बारी सिंचित गर्न उपयोग गरीएका छन। कृषि उद्यममा उपत्यका अग्रणी मानिन्छ।
 
नेपालको पूर्वपश्चिम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखि दुम्कीवास सम्म पर्दछ। हाल चल्तीमा कम रहेपनि नेपालकै पुरानो उत्तर दक्षिण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यकाको पूर्वीक्षेत्र हेटौडा हुदै काठमाडौँ गएको छ भने उपत्यका लाई काठमाडौँ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ। साथमा [[भरतपुर (नारायणी)|भरतपुर]] रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सौराह लगायतका साहायक मार्ग पक्की रहेका छन। त्यसै गरी [[भरतपुर (नारायणी)|भरतपुर]] [[हेटौँडा उपमहानगरपालिका|हेटौडा]] तथा रत्ननगर नगरपालिका भित्रका शहरी सडक सञ्जालको ठूलो हिस्सा पक्की रहेको छ। त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक भरतपुर शक्तिखोर [[उपरदाङगढी‎]] सहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तिखोर सडक भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसँग जोडीएको छ।
 
सञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबिधा यस उपत्यकाको सहरी क्षेत्रमा उपलब्ध छ। चितवन उपत्यकामा ठुला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन। उद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यकामा तिन नगरपालिका [[भरतपुर (नारायणी)महानगरपालिका|भरतपुर]],[[हेटौँडाहेटौंडा उपमहानगरपालिका|हेटौडा]] र [[रत्ननगर नगरपालिका|रत्ननगर]] रहेका छन। भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अञ्चल जिल्ला का जनतालाई वाणीज्य सेवा दिई रहेका छन। उपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालिका उपत्यकाको सबै भन्दा ठूलो सहर हो। १२५१११ जनसङ्ख्या रहेको यो सहर नेपालकै [[काठमाडौँ]],[[पोखरा महानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[विराटनगर महानगरपालिका|विराटनगर]],विरगंज तथा [[धरान उपमहानगरपालिका|धरान]] पछिको सातौ ठूलो सहर हो।
 
त्यसैगरी चितवन उपत्यकाको पूर्वी छेउमा अवस्थीत [[हेटौँडा उपमहानगरपालिका|हेटौडा]] चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसङ्ख्याका साथमा [[काठमाडौँ]],[[पोखरा महानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[विराटनगर महानगरपालिका|विराटनगर]],विरगंज [[धरान उपमहानगरपालिका|धरान]] [[भरतपुर (नारायणी)|भरतपुर]] [[महेन्द्रनगर (स्पष्टता)|महेन्द्रनगर]] तथा [[बुटवल उपमहानगरपालिका|बुटवल]] पछि नेपाल कै दस नं. सहरको रूपमा रहेको छ। उद्योग कलकारखानाले भरीपूर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो। उपत्यकाको तेस्रो केन्द्र [[रत्ननगर नगरपालिका|रत्ननगर]] पयर्टकहरूको [[चितवन राष्ट्रिय निकुञ्ज|चितवन राष्ट्रिय निकुन्ज]] पस्ने प्रवेशद्वार हो।
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित