"रेसम मार्ग" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा clean up, replaced: स्वीडेन → स्विडेन स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
[[File:Silkroutes.jpg|right|thumb|250px|रेशम मार्गको सञ्जाल।]]
[[File:Transasia trade routes 1stC CE gr2.png|right|thumb|300px|ईस्वी सम्वत्‌को पहिलो शताव्दीमा रेशम मार्गको मानचित्र।]]
'''रेशम मार्ग''' रेशम मार्ग (अङ्ग्रेजीमा [[:en:Silk Route| Silk Route]]) प्राचीन तथा मध्ययुगीन समयको व्यापारिक मार्गहरूको सञ्जाल हो। यो मार्गको विस्तार पूर्वी एसिया देखि मध्य एसिया हुँदै [[भू-मध्य सागर]] सम्म फैलिएको थियो। यसको प्रयोग गरी पूर्वीय देशहरू खासगरी [[चीन]]ले पश्चिमी देशहरू सँग ब्यापार गर्ने गर्दथे।
मध्य एसिया खासगरी चीनमा उत्पादित रेशम तथा रेशमी कपडाको व्यापारिक ओसार पसार गरिने भएकोले यो मार्गको नाम रेशम मार्ग रहन गएको हो। यद्यपि यो मार्गमा रेशमका अतिरिक्त सुती कपडा तथा अन्य वस्तुहरूको पनि व्यापार हुने गरेको थियो।
रेशम मार्ग व्यापारिक प्रयोजनका अतिरिक्त तीर्थयात्री, घुमन्तेहरू तथा विद्वानहरूको यात्रा गर्ने विशेष मार्ग पनि थियो।
पङ्क्ति ९:
रेशम मार्ग उत्तर चीनबाट [[पश्चिम]]तिर गएको छ। त्यसैगरी अन्य मार्ग [[उत्तर]] तथा [[दक्षिण]]तिर विभाजित भएर [[तिब्बती पठार]]को वरिपरी फैलिएको छ। पश्चिम गएको मार्ग इरान, सिरिया हुँदै भूमध्य सागरमा पुग्दछ। भूमध्य सागरको जलमार्गले यसलाई इटाली सँग जोड्दछ।
भूमध्य सागरबाटै यो मार्ग अफ्रिकी देशहरूसँग पनि जोडिन्छ।
रेशम मार्गको फैलावट जलमार्गमा पनि रहेको थियो। यसको फैलावट दक्षिण चीनदेखि [[फिलिपिन्स]], [[ब्रुनइ]], जाभा इन्डोनेशिया, सिंगापुर, मलेशिया, थाइल्याण्ड, श्रीलङ्का, [[भारत]], [[पाकिस्तान]] हुँदै [[इरान]] सम्म पुगेको थियो। युरोपमा यसको फैलाव [[इजरायल]], [[लेबनान]], [[इजिप्त]] अनि [[इटाली]] सम्म छ। मू-मध्य सागरबाट यो [[पोर्चुगल]] तथा [[स्वीडेनस्विडेन]] सम्म जोडिन्थ्यो।
 
==आधुनिक रेसम मार्ग==
प्राचीन रेशम मार्गलाई आधार मानी चीनले अन्तरराष्ट्रिय व्यापारिक राजमार्ग निर्माण गर्ने योजना बनाएको छ जसमा एसियाका विभिन्न ४२ देशहरू संलग्न रहेका छन्। <ref name="Annapurna1"> {{cite web|title=चीनको नयाँ रेसम मार्ग रणनीति|url=http://annapurnapost.com/News.aspx/story/3417|website=अन्नपूर्ण पोष्ट दैनिक|accessdate=30 November 2015}}</ref>
रेसम मार्ग परियोजनामा भूटान, श्रीलङ्का, नेपाल जस्ता देशहरूलाई समेत समावेश गरी १२ हजार ८ सय किलोमीटर लामो मार्ग बनाउने योजना चीनले अघि सारेको छ। <ref name="Kantipur1"> {{cite web|title=सन् २०१८ मा सिल्क रोड सम्पदा पहिचान गरिने|url=http://kantipur.ekantipur.com/news/2014-09-25/396277.html|website=कान्तिपुर समाचार|accessdate=30 November 2015}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/रेसम_मार्ग" बाट अनुप्रेषित