"विकिपिडिया:उल्लेखनीयता" का संशोधनहरू बिचको अन्तर

खराब लेखन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३३:
 
यो नोट गर्नुहोस् कि विकिपिडियामा लेख बनाउनको लागि यस्ता वस्तुहरूको अस्तित्वलाई साबित गर्नु आवस्यक छ। तपाईं यो भन्न सक्नु हुन्न कि "''डमडमबमबमपुर'' एक सहर हो। म यो स्थानको बारेमा एक लेख बनाउनेछु - कृपया यस लेखलाई नमेटाउनु होला"। "''डमडमबमबमपुर''" नामको साच्चिकै कुनै सहर हो, यो साबित गर्न पृष्ठ बनाउने मान्छेको जिम्मेवारी हो।
 
== उदाहरण ==
 
=== अनुल्लेखनीय विषय ===
 
* "'''मेरो कुकुर रकी'''": मानौ कि रकी तपाईंको कुकुर हो जसले एक-दुईटा स्थानीय डग-सो जित्यो रे। यसको बारेमा तपाईका छिमेकी र आफन्तहरूलाई त धेरै थाहा छ, तर अन्य ठाउँमा यो धेरै प्रसिद्ध छैन। अर्थात् कि यस रकीमा यस्तो स्वतन्त्र र विश्वसनीय स्रोत उपलब्ध छैन, जसमा यसलाई महत्वपूर्ण उल्लेख मिलेको छ। विकिपिडियाको लागि रकी अनुल्लेखनीय होइन। तपाईको ब्लग तथा तपाईको फेसबुक पेज रकीको बारेमा लेख्नको लागि एक राम्रो स्थान हो, विकिपिडिया होइन।
* "'''कवि राम सिंह'''": कवि राम सिंह एक सानो स्थानीय कवि हुन्, जसलाई दुई-तीन सानो पुरस्कार प्राप्त भएका छन् (जस्तै:- ''नेशनल कलेजको सर्वोत्तम कवि अवार्ड २००६'' तथा ''झुमरी तलैया रत्न सम्मान'')। तर उनलाई अहिलेसम्म धेरै प्रसिद्धि हासिल भएको छैन। यिनी आफ्नो टोलमा प्रशिद्व छन्, २-३ पत्रिकाका पाठकहरूले उनको नाम सुनेका छन् र इनको ब्लगमा केही व्यक्तिले इनका कविताहरूको वाह-वाह गरेका छन्। स्थानीय टिभी च्यानल र एफएममा प्रसारित कवि-सम्मेलनमा पनी यी देखिएका तथा सुनिएका छन्। तर इनलाई सानो दायरा भन्दा बाहिर थोरैले मात्र चिन्दछन्। इनको एक पुस्तक स्थानीय "रामू-श्यामू प्रकाशन" द्वारा प्रकाशित भएको छ। पुस्तकको बैक्-कवरमा लेखिएको छ "कवि राम सिंह नेपालका सबै भन्दा प्रमुख कविहरूमा एक हुन् ।" यो स्रोत विषयसँग स्वतन्त्र छैन - यो त रामजीको पुस्तक आफैले भनिरहेको छ। यदी राष्ट्रीय-स्तरका ३-४ पत्रिका/अखबारहरूमा यो लेखिएको भए त अलग कुरा थियो। हाल, विकिपिडियाको लागि रामजी उल्लेखनीय छैनन्। हामी आशा गर्छौं कि कुनै दिन उनलाई कुनै ठुलो पुरस्कार तथा धेरै ठुलो उपाधी मिलोस् -- त्यही दिन हामी विकिपिडियामा उनको बारेमा लेख्नेछौँ।
 
* '''अभिनेत्री सीता कुमारी''': सीता ज्युले, केही स्थानीय नाटकहरूमा काम गरिन्, तथा एक-दुई चलचित्रमा पनि उनलाई 'एक्स्ट्रा' को रूपमा काम दिइएको छ। आफ्नो गाउँको मात्र नभएर सारा बरनौलाका मानिसहरु उनको सुन्दरता र नृत्य प्रतिभामा मग्न छन्। एक सानो स्थानीय कलेज पत्रिकाले एक लेखमा यीनलाई 'बरनोलाकी माधुरी दीक्षित' भनेको छ। एक पल्ट एक मुख्य अखबारमा खबर छापिएको थियो "नेशनल कलेजका छात्राहरूले ''राष्ट्रिय विद्यार्थी ड्रामा मुकाबला'' जीते" । यस खबरमा सीताको बारेमा पनि एक-दुई वाक्य छापिएका थिए। एक ब्लगका अनुसार "सीता कुमारी संसारकी सबैभन्दा महान कलाकारहरूमा चिनिन्छन्। एन्जेलीना जोली, निकोल किडम्यान र ऐश्वर्या रायको श्रेणीमा आउन सक्ने यि कलाकारको विश्वमा हजारौं प्रशंसक छन्।" यसमा सीताजीलाई जहाँ उल्लेख गरिएको छ, त्यो तुच्छ हो -- यसलाई हामी "महत्त्वपूर्ण उल्लेख" मान्न सक्दैनौं। ब्लगलाई हामी विश्वसनीय स्रोत मान्न सक्दैनौ। अर्थात, अभिनेत्री सीता कुमारी विकिपिडियाको लागि यस समय उल्लेखनीय छैनन्। कुनै दिन यदी यी साँच्चिकै सुप्रसिद्ध अभिनेत्री बन्न पुगिन् भने हामीलाई उनको बारेमा लेख लेख्नमा अति खुशी हुनेछ।
 
==यो पनि हेर्नुहोस==