"नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १५:
==चन्द्रमासमा आधारित==
{{Main|चन्द्रमानक नेपाल संवत्}}
चन्द्रमानक नेपाल संवत् नेसं १, इसं ८७९ अक्टोबर २०, कार्तिक शुक्ल प्रतिपदाका दिन देखि सुरु भएको हो । चन्द्रमानक नेपाल संवत्‌को नयाँ वर्ष [[म्ह पूजा]] पर्वबाट सुरु हुन्छ । यो दिन भिंतुना र्यालि पनि आयोजना हुने गर्दछ । चन्द्रमानक नेपाल संवत्‌मा प्रत्येक वर्ष ३५४ देखि ३७८ दिनहरू हुन सक्छ । एक औंशी देखि अर्को औंशी सम्मको समयावधिलाई एक महिना मानिन्छ । <ref> {{cite web| url=https://jheeguinformation.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a4%e0%a5%8d/| title=नेपाल सम्बत | publisher=झीगु information}} </ref> <ref> {{cite web| url=https://nepalsambat.org/nepali/lunar-3/| title=चन्द्रमासिक नेपाल सम्बत | publisher=नेपाल संवत् }} </ref>
नेपाल सम्बत परम्परागत रूपमा [[चन्द्रमासिक सम्बत|चन्द्रमास]]मा आधारित सम्बत हो । तर सौर्यमासिक कालखण्डसँग मेल खानका निम्ति तीन वर्षमा तेह्रौँ महिना थप्ने चलन रहेकाले यसलाई [[चन्द्रसौर्यमासिक सम्बत]] पनि भनिन्छ । चन्द्रमासमा आधारित नेपाल सम्बतको नव वर्ष [[म्ह पूजा]] पर्वका दिन देखि सुरु हुन्छ । यस दिन 'भिंतुना र्यालि' पनि आयोजना हुने गर्दछ ।
===महिनाहरू===
चन्द्रमासमा आधारित नेपाल सम्बतका बाह्र र तेह्रौँ महिना यस प्रकारका छन् :
{| class="wikitable"
|-
! क्र.सं. || महिनाको नाम || उतपत्ति
|-
| १ || कछला || नेपाल सम्वतको पहिलो महिनालाई करुणामयला पनि भनिन्छ। कार्तिक शुक्ल पक्ष प्रतिपदा सूर्योदय बेला भएको दिनलाई न्हूदँ अथवा नयाँ वर्ष भनिने हुदा अथवा नयाँ वर्ष भनिछ ।
|-
| २ || थिंला || सर्ग थिंला आकाशमा धेरै ताराहरु देखिने, आकाश छर्लङ्ग हुने महिना भनिन्छ ।
|-
| ३ || प्वँहेला || पोँ असिना र हिउँ पर्ने जाडो महिना भनिन्छ ।
|-
| ४|| सिल्ला || पहिला पहिला बिफरले मानिसहरूलाई सताउँथ्यो । त्यसैले सितला माईको पूजा गर्दथे, जसबाट सिल्ला हुन गयो । यस महिनामा सरस्वतीको पूजा पनि गरिन्छ। यही दुई अर्थबाट सिल्ला बनेको हुन सक्छ।
|-
| ५ || चिल्ला || चिरस्वायगुला, फागु पूर्णिमा, वसन्त ऋतुको आगमन हुने महिना भनिन्छ ।
|-
| ६ || चौला ||
|-
| ७ || बछला || विक्रम सम्बतको पहिलो महिना मानिन्छ ।
|-
| ८ || तछला || तथागतछला भन्न सकिन्छ । तथागत भनेको बुद्ध हो । बुद्ध संवतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ ।
|-
| ९|| दिल्ला || यो देशभरि रोपाइँ गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण महिना भएकोले देला (दे भनेको देश हो) । भनिएको हो ।
|-
| १० || गुंला || गुंला भनेको सुनसान ठाउँ, जहाँ पुर्खाहरु बसोबास गर्दछन् भन्ने कथन छ । त्यसैले पुर्खाहरूको सम्झनामा गाई जात्रा, जनैपूर्णिमा जूतो घर पवित्र गर्नेको रूपमा लिइन्छ ।
|-
| ११ || यंला || यःसिं थनिगु, इन्द्रको चिन्ह, यो महिनामा इन्द्रजात्रा गर्दछन् ।
|-
| १२ || कौला || कौला भनेको केही आने अथवा भोज खाने महिना याने यो महिनामा दशैं पर्दछ ।
|-
| १३ || अनला || तीन वर्षमा एकपटक थपिने अधिक महिना
|-
| || न्हंला || करीब दुई दशकमा एकपटक लुप्त हुने एक महिना
|}
 
===तिथि गणना===
चन्द्रमासमा आधारित नेपाल सम्बतमा औंशीको भोली पल्ट प्रतिपदाका दिन देखि औंशी सम्मको गणनामा एक महिना हुनेगर्दछ । प्रतिपदा देखि पूर्णिमाको दिन सम्मका तिथिहरूलाई 'थ्व', पूर्णिमा पछिको प्रतिपदा देखि औंशी सम्मका तिथिहरूलाई 'गाः' भनिन्छ ।
====थ्व चक्र====
{| class="wikitable"
|-
! क्र.सं. || नेपाल सम्बतमा तिथि गणना || संस्कृत / नेपाली भाषामा
|-
| १ || पारु || प्रतिपदा
|-
| २ || दुतिया || द्वितिया
|-
| ३ || तितिया || तृतीया
|-
| ४ || चौथि || चतुर्थी
|-
| ५ || पन्चमि || पञ्चमी
|-
| ६ || खस्तमि || षष्ठी
|-
| ७ || सप्तमि || सप्तमी
|-
| ८ || अस्तमि || अष्टमी
|-
| ९ || नःमि || नवमि
|-
| १० || दसमि || दशमी
|-
| ११ || एकादसि || एकादशी
|-
| १२ || दुवादसि|| द्वादशी
|-
| १३ || त्रयदसि || त्रयोदशी
|-
| १४ || चःह्रे || चतुर्दशी
|-
| १५ || पुन्हि || पूर्णिमा
|}
 
====गाः चक्र====
{| class="wikitable"
|-
! क्र.सं. || नेपाल सम्बतमा तिथि गणना || संस्कृत / नेपाली भाषामा
|-
| १ || पारु || प्रतिपदा
|-
| २ || दुतिया || द्वितिया
|-
| ३ || तितिया || तृतीया
|-
| ४ || चौथि || चतुर्थी
|-
| ५ || पन्चमि || पञ्चमी
|-
| ६ || खस्तमि || षष्ठी
|-
| ७ || सम्प्तमि || सप्तमी
|-
| ८ || अस्तमि || अष्टमी
|-
| ९ || नःमि || नवमि
|-
| १० || दसमि || दशमी
|-
| ११ || एकादसि || एकादशी
|-
| १२ || दुवादसि|| द्वादशी
|-
| १३ || त्रयदसि || त्रयोदशी
|-
| १४ || चःह्रे || चतुर्दशी
|-
| १५ || आमै || औंशी
|}
तिथि भनेको एक दिन होइन । कुनै एक तिथि एक दिन भन्दा बढी सम्म पनि रहन सक्छ । कुनै दिन दुई तिथि पर्न सक्छ । <ref> {{cite web| url=http://www.subhash.com.np/towards-an-easy-to-use-nepal-sambat-calendar/ | title=Towards an easy-to-use Nepal Sambat Calendar }} </ref> <ref> {{cite web| url=https://jheeguinformation.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a4%e0%a5%8d/| title=नेपाल सम्बत }} </ref>
 
==नेपाल सम्बतमा केही महत्त्वपूर्ण घटनाहरू==
"https://ne.wikipedia.org/wiki/नेपाल_सम्वत्" बाट अनुप्रेषित