"सौर्यमानक नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: सौर्यमानक नेपाल संवत् पृथ्वीले सूर्य घुम्ने समयावधिमा आधारि...
(कुनै भिन्नता छैन)

११:२७, ५ नोभेम्बर २०२० जस्तै गरी पुनरावलोकन

सौर्यमानक नेपाल संवत् पृथ्वीले सूर्य घुम्ने समयावधिमा आधारित छ । परम्परागत रूपमा चन्द्रमानक मात्र रहेको नेपाल संवत् ११४१ साल देखि सौर्यमानक पात्रो पनि विकसित भएको छ । सौर्यमानक नेपाल संवत्‌को प्रारम्भ बिन्दु ऐतिहासिक घटनाक्रमलाई मानिएको छ । [१] [२] [३] [४] [५][६] [७] [८]

महिना

सौर्यमानक नेपाल संवत्‌का बाह्र महिना यस प्रकारका छन् :

क्र.सं. महिनाको नाम उक्त महिनामा हुने दिन संख्या
कछला ३०
थिंला ३०
प्वँहेला ३०
सिल्ला ३०
चिल्ला ३०
चौला २९ (+१)
बछला ३१
तछला ३१
दिल्ला ३१
१० गुंला ३१
११ यंला ३१
१२ कौला ३१

दिन

नेपाल संवत्‌मा प्रत्येक वर्ष ३५५ दिन हुन्छ जसमा पहिलो पाँच महिना सम्म प्रत्येक महिनामा ३० दिन, छैँठौँ महिनामा २९ दिन र बाँकीका छ महिना (सातौँ महिना देखि बाह्रौँ महिना) सम्म प्रत्येक महिना ३१ दिन हुने गर्दछ । नेपाल संवत्‌मा मितिहरूलाई 'न्हिल्याः' भनिन्छ ।

अधिक दिन

सौर्यमानक नेपाल संवत्‌मा 'तँसा दिं' (अधिक दिन)को अवधारणा रहेको पाइन्छ । प्रत्येक वर्ष ३६५ दिन रहने तर पृथ्वीले सूर्यलाई घुम्न लगाउने वास्तविक समय ३६५.२५ दिन रहेको र वर्षेनी ०.२५ दिनले पात्रो चक्र पछाडी पर्दै जानबाट रोक्न अधिक दिनको अवधारणा रहेको हुन्छ । कुनै वर्षको अङ्क ४ ले समविभाजन हुन्छ, तर पुनः १००बाट समविभाजन हुँदैन र यदि १००बाट समविभाजन भए ४००बाट पनि समविभाजन हुँदा त्यस वर्षमा 'तँसा दिं' भनी एक दिन थप्ने गर्दछन् । नेसं ११४१ यताको १०० वर्ष सम्म 'तँसा दिं' (अधिक दिन) रहने वर्षहरू : ११४४, ११४८, ११५२, ११५६, ११६०, ११६४, ११६८, ११७२, ११७६, ११८०, ११८४, ११८८, ११९२, ११९६, १२००, १२०४, १२०८, १२१२, १२१६, १२२०, १२२४, १२२८, १२३२, १२३६, १२४० ।

प्रचलन

नेपाल संवत्‌मा व्यवहारिकताको पक्ष थपिएको खुशियालीमा विभिन्न व्यक्ति व्यक्तित्व र संघ संस्थाहरूद्वारा क्रमशः नेपाल संवत् अपनाउने, प्रयोग गर्ने र प्रचारप्रसार गर्ने थालनी गरेका छन् । [९] [१०] [११] [१२] नेपाल संवत्‌लाई आधार मानी अभियानहरू समेत संचालन भएका छन् । [१३]

शताब्दी

नेपाल संवत् अनुसार अहिले १२औँ शताब्दीमा छ । 'सच्छि दँ दीगु' अर्थात् 'सय वर्षको विश्राम' अर्थमा शताब्दीलाई 'सदि' भनिन्छ । नेपाल संवत् वर्ष १ देखि सुरु भएको हुनाले १ देखि १००को मानकलाई शताब्दी भनिन्छ । यस शताब्दी नेसं ११०१ सालमा सुरु भएको र नेसं १२०० सालमा अन्त्य हुनेछ ।

सन्दर्भ

  1. "सौर्यमासिक नेपाल सम्बत", नेपाल सम्बत। 
  2. "Overalls of Nepal Sambat", ह्यूजला। 
  3. "Towards an easy-to-use Nepal Sambat Calendar", सुभाष राम प्रजापति। 
  4. "Initiation of Solar Nepal Sambat", ह्यूजला। 
  5. "Nepal Sambat", नेपाल संवत्। 
  6. "Nepal Sambat Gets Solar Calendar For The First Time", द राइजिङ नेपाल। 
  7. "Nepal Sambat Gets Solar Calendar For The First Time", हाम्रो जमाना। 
  8. "नेपाल सम्बत पहिलो पटक सौर्य पात्रो प्राप्त गर्दछ", जलपा खबर। 
  9. "नेपाल संवत् प्रति प्रतिबद्धता वक्तव्य", नेपाल संवत्। 
  10. "फोटोग्राफी संस्थाले नेपाल संवत् प्रचलनमा ल्याउने प्रतिबद्धता", नेपाल उपत्यकाका पुराना तस्वीरहरू। 
  11. "नेपाल संवत् नव वर्षको शुभकामना", नेवाः क्वयेर। 
  12. "नेपाल संवत् प्रचलनको प्रतिबद्धता", मौलिक स्थान नाम पुनःजागरण अभियान। 
  13. "‘बाध्यकारी अन्यलिङ्गी लेबल भिराइने विरुद्ध र लैङ्गिक पहिचानको मान्यताका लागि कार्य वर्ष ११४१’ (#Actionof1141) बारे संयुक्त वक्तव्य"