"चितवन उपत्यका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
{{mergeto|चितवन जिल्ला}}
नेपालको मध्य भागमा पर्ने चितवन उपत्यकालाई नारायणी पुर्बी राप्ती उपत्यका पनि भनिन्छ । पुर्वमा मकवानपुर जिल्लाको हेटौडा देखी पश्चिममा दाउन्ने पहाड तथा दक्षीणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पुर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पुर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भई राप्ती नदीमा मिसीएका छन । त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोलाहरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन । त्यसै गरी नारयणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यका मा रहेकाछन । राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिम बाट पुर्व बगी नारायणी नदीमा मिल्दछन । चितवन उपत्यकामा नन्द भाउजु, [[बिस हजारी ताल]] लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन । य्हाको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो । ठुलो भुभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक बिबिधतामा धनी मानीन्छ । चितवन राष्ट्रीय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाण्डौ र पोखरा पछि नेपालकै तेश्रो ठुलो पर्यटक गन्तव्य हो ।