"ज्वानो" का संशोधनहरू बिचको अन्तर

यसबाट हुने फाईदा , औषधि उपचार विधि सहितको ज्ञान सम्पादन गरेर ।
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा Yuba raj chhetry (वार्तालाप)द्वारा Groot (bot)द्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
 
पङ्क्ति १८:
|synonyms_ref = <ref name=GRIN>[http://www.ars-grin.gov/cgi-bin/npgs/html/taxon.pl?36803 USDA GRIN entry]</ref><ref>[http://www.itis.gov/servlet/SingleRpt/SingleRpt?search_topic=TSN&search_value=522739] ITIS entry for ''Trachyspermum ammi''</ref>
}}
'''ज्वानो''' तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने वनस्पति हो । यस लाई खाध्य विशेषज हरूले 'नेगेटिव कैलोरी फूड' मा गणना गर्दछन|जाडोमा चिसोलेयो बिभिन्नथोरै प्रकारलेमात्रा सताउँदछमा खादा बिशेषत चिसो पस्नालेपनि पेट दुख्ने,भरिएको डकारअनुभव आउने,गराउने वान्ताहुना लगायतले अन्यवजन बिभिन्नघटाउन समस्याहरुचाहनेहरू हुन्छले यसको कसैकसैलाई चिसोको बखत धेरै गरिष्ट भोजनका कारणले छाती पोले झैं हुने, वाकवाकी लाग्ने र पेट फुल्ने जस्ता समस्या पनिझोल देखिन्छखाने गर्दछन|
 
यस्ता समस्याहरु जाडोले मात्र नहुने र अन्य मौसममा पनि हुने गर्दछ । हरेक उपचार ओखती या अस्पतालमा मात्र हुन्न, हाम्रो भान्सामा पाउने सरल अनि सुलभ कुराहरुले पनि अचुक ओखतीको काम गर्दछन् ।
 
आजभोली पेटको समस्या लगभग हरेक घरका सदस्यहरुमा पेट अनि पाचनको समस्या देखिने गर्दछ । हाम्रो खानामा जंक फुडको बढ्दो प्रयोग, पोषणयुक्त खानाको कमी र तनावपूर्ण जिन्दगीले गर्दा पनि हामी यस्तो समस्याहरुको शिकार बनेका छौँ वा बन्दै गइरहेका छौँ । यस्ता समस्याको दिर्घकालिन समस्याबाट पार पाउनका लागि हाम्रो भान्सामै पाइने जडिबुटि ज्वानोको दैनिक सेवनले फाइदा पुग्छ भनेर आफू पनि जानौँ र आफ्नालाई पनि भनौँ ।
ज्वानो पोलेको धुवाँले मात्र पनि हाम्रो सासप्रश्वासलाई सहज बनाइदिने र ज्वानोको दैनिक सेवनले रोगसँग लड्ने क्षमता पनि बढाउँछ । यति मात्र होइन । तौल घटाउन खोज्नेहरुको लागि पनि यो फाइदाजनक छ । ज्यादा तौल बढ्न नदिनका लागि हामीले खाएका खानेकुराहरु राम्रोसँग पच्न र हाम्रो पाचन प्रक्रिया राम्रो हुन अति जरुरी छ । पाचनमा सहयोग गर्ने हुनाले ज्वानोले तौल बढ्न नदिन सहयोगी भूमिका खेल्दछ । यसको प्रयोगकै लागि भनेर छुट्टै समय छुटाउन पर्दैन । दुई चम्चा भुटेको ज्वानो एक कप पानीमा एक रात ढडाएर राख्ने, बिहान यसलाई उमालेर, ज्वानो छानेर, सेलाएर वा नउमालीकन छानेर मात्र पनि खाली पेटमा पिउन सकिन्छ ।
सानामा चिसोमा आमाले ज्वानो हालेको जाउलो या ज्वानोको झोल बनाएर दिनुहुदा हामीमध्य धेरैले नाक खुम्च्याएर थाल छेउ लगाएको पनि छौं होला । आधूनिक परिवारको भान्सा त झनै ज्वानो बिना नै तयार हुन्छ । सामान्यतया नेपाली भान्सामा तरकारी पकाउनुपूर्व तेलमा झ्वाँई पार्ने कुराहरुमा मेथी, ज्वानो आदि धेरै कुराहरु पर्दछ ।
पेटको समस्याबाट पार पाउनका लागि यो त हाम्रो खानामा दैनिक प्रयोगमा ल्याउनै पर्ने देखिन्छ । ज्वानोको प्रयोगले शरीरभित्रको फोहोर निकाल्न, किटाणुविरुद्ध लड्न, घाउहरुबाट जोगाउन, भाइरसँग लड्न, दुखाई कम गर्न, पेटभित्रको हावाबाट मुक्ति दिनजस्ता अनेक फाइदाहरु प्रदान गर्न सक्छ । सानो देखिएपनि ज्वानोका गेडाहरुको फाइदा भनें धेरै नै छ, तराईमा भनें यसलाई अजमाईन भनिन्छ । बहुउपयोगी ज्वानोको शक्तिलाई कम भने नआकौँ ।
 
वैद्यहरुका अनुसार पातलो कपडामा ज्वानो धुलो राखेर बेलाबेलामा सुँघ्ने गर्दा बन्द भएको नाक, दमका बिरामी, ब्रोन्काइटिस तथा माइग्रेनका कारण टाउको दुख्नेहरुलाई पनि यसले आराम दिन्छ । यसमा रासायनिक थाइमोल ज्यादा हुने भएकाले यसले खाना पचाउन चाहिने जुस प्रशस्त मात्रामा उत्पादन गर्दछ र खानेकुरा सोस्न मद्दत गर्छ । खानेकुरा पेटमा गएपछि हामीले खाएको खानेकुरा पेटमा पिसिन्छ, यसमा भएको रसायनले पिस्नकालागि पेटलाई सजिलो बनाइदिने काम पनि ज्वानोले गर्छ र कबजियत हुन दिनबाट रोक्छ । ज्वानो सुत्केरी हुंदाको अवस्थामा अनिवार्य झोल बनाएर खुवाईन्छ ।
साना बच्चाहरुलाई कबजियत हुँदा, खाना नपच्दा, चिसो वा खोकी लाग्दा पनि ज्वानो खुवाउने गरिन्छ । यसले पेटलाई बलियो राख्न सहयोग गर्छ, पेटमा हुने कुनै पनि असहजता जस्तैः अपच, पेट दुखाई, पेट पोल्ने, हावा भर्ने, वाकवाकी लाग्ने, आदि जस्ता समस्याबाट राहत प्रदान गर्छ । ग्यास्ट्रिकले छातीसम्म पोलेको जस्तो अनुभूति हुँदा एक चम्चा जिरा, एक चम्चा ज्वानो, आधा चम्चा अदुवाको धुलोलाई पानीमा मिलाएर दुखाई कम नभएसम्म खाँदा निको हुन्छ ।
बच्चालाई मात्र होइन चिसो लाग्दा ज्वानोले ठूलाहरुका लागि पनि औषधिको काम गर्छ । १५ देखि २० दिनसम्म हरेक दिन भुटेको ज्वानो दुई ग्राम खाए चिसोबाट बच्न सकिन्छ । अथवा, ज्वानोको चिया बनाएर पनि खान सकिन्छ । पानीमा चियापत्ति वा ग्रीन टी, ज्वानो, अदुवा र अलैँची राखेर उमाल्ने । यसमा दूध हालेर कम्तिमा तीन मिनेटसम्म उमालेर यसरी चिया पिउँदा पनि चिसो लागेको हराउँछ ।
यस्तो बहुउपयोगी ज्वानोलाई आजैबाट भान्सामा आत्मसाथ गरौं । ज्वानोको नियमित प्रयोग गरेमा पेटका धेरै समस्याहरु निको हुने र दिर्घरोगबाट बचौं ।
 
==औषधोपचार==
"https://ne.wikipedia.org/wiki/ज्वानो" बाट अनुप्रेषित