"शिवसिंह मल्ल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
|death_place=
}}
'''शिवसिंह मल्ल''' कान्तिपुरका[[कान्तिपुर (राज्य)|कान्तिपुर]]का राजा हुन् । वि.सं. १६३५ मा काठमाडौंमा राजा सदाशिव मल्ल भागेपछि उनकै भाइ [[शिवसिंह मल्ल]]ले उनलाई गद्दीबाट हटाएको र आफैं राजा भएको घोषणा गरेपछि राजा सदाशिव मल्ल गद्दीच्युत भए ।
==राज्यविस्तार==
राजा शिवसिंह मल्लले पाटन र दोलखालाई[[दोलखा जिल्ला|दोलखा]]लाई वशमा पार्न चाहन्थे । तदनुसार वि.सं. १६५५ मा उनले ललितपुर पाटनमा हमाला गरे। राजा शिवसिंहले पाटनका सामन्तहरूलाई पूर्ण विजय गरी पाटनलाई आफ्नो अधीन गरे। त्यहाँ नियन्त्रण गरेपछि आफ्ना छोरा ठाकुर सिंह र पछि अर्का छोरा हरिहरसिंहलाई प्रतिनिधि शासक बनाए। तर हरिहरसिंहको मृत्यु भएको हुँदा आफैँले त्यसको रेखदेख गरे। त्यसपछि कूटनीतिपूर्वक दोलखामाथी पनि आफ्नो प्रभाव जमाए। त्यसै गरी उत्तरमा केरुङ, दक्षिणमा मकवानपुर र सिन्धुलीको केही भाग पनि कब्जा गरे। <ref>नेपालको तथ्य इतिहास पृष्ठ १५०, प्रा.डा.[[राजाराम सुवेदी]], साझा प्रकाशन २०६१</ref>
 
==धार्मिक कार्य==
राजा शिवसिंहले स्वयम्भूको जिर्णोद्धार, [[देगुतलेजु|देगुतले]] मन्दिरको निर्माण, नुवाकोट भैरवीको घण्टा र प्रतिमा, पशुपति र चाँगुनारायणको[[चाँगुनारायण मन्दिर|चाँगुनारायण]]को जीर्णोद्धार, पाटनमा [[महाबौद्ध]] मन्दिर, उनकी रानी गङ्गादेवीले भत्कन लागेको पशुपतिको छाना, [[बूढानीलकण्ठ मन्दिर|बुढानिलकण्ठ]] र कान्तिपुर वीचको वनलाई राज्यवनको रूपमा स्थापना र निर्माण गरेको पाइन्छ।
==मृत्यु==
शिवसिंह मल्लको वि.सं. १६७७ मा आफ्नै कालगतिले मृत्यु भएको थियो। शिवसिंहका दुई नातिमध्ये कान्छा [[सिद्धिनरसिंह मल्ल]] पाटनका र जेठा [[लक्ष्मीनरसिंह मल्ल]] कान्तिपुरका राजा भए।
==सन्दर्भ ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/शिवसिंह_मल्ल" बाट अनुप्रेषित