"नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४४:
नेपाल सम्बतको पहिलो पाँच महिना सम्म प्रत्येक महिनामा ३० दिन हुने गर्दछ । यो अवधि जाडो याममा पर्दछ । छैठौँ महिनामा प्रत्येक वर्ष २९ दिन हुनेगर्दछ भने 'तँसा दिं' भनेर गणना अनुसार केही वर्षहरूमा १ दिन बढी थप्ने गर्दछ । यो प्रणाली [[इस्वी सम्बत]]को लीप इअर प्रणाली जस्तै हो । कुनै वर्षको अङ्क ४ ले समविभाजन हुन्छ, तर पुनः १००बाट समविभाजन हुँदैन र यदि १००बाट समविभाजन भए ४००बाट पनि समविभाजन हुँदा त्यस वर्षमा 'तँसा दिं' भनी एक दिन थप्ने गर्दछन् । त्यसै गरी सातौँ महिना देखि बाह्रौँ महिना सम्म प्रत्येक महिनामा ३१ दिन हुने गर्दछ ।
 
सौर्यमासिक नेपाल सम्बतमा प्रत्येक वर्ष ३६५ दिन हुने गर्दछ । तर पृथ्वीले सूर्यलाई घुम्न लगाउने वास्तविक समय ठीक ३६५ दिन होइन । त्यसैले प्रत्येक वर्ष ३६५ दिन मात्र हुँदा उक्त [[सम्बत]] बिस्तारी वास्तविक कालखण्डबाट ताढिँदै जान्छ । तसर्थ केही वर्षहरूमा १ दिन बढी थपेर उक्त दिनलाई वास्तविक समयबाट ताढिनबाट रोकिन्छ । नेपाल सम्बतको 'तँसा दिं' थप्ने अवधारणा यही हो । नेपाल सम्बत ११४१ (सौर्यमासिक पात्रो अघि सारिएको वर्ष) यताको १०० वर्षमा देहायका वर्षहरूमा 'तँसा दिं' थपिन्छ : ११४४, ११४८, ११५२, ११५६, ११६०, ११६४, ११६८, ११७२, ११७६, ११८०, ११८४, ११८८, ११९२, ११९६, १२००, १२०४, १२०८, १२१२, १२१६, १२२०, १२२४, १२२८, १२३२, १२३६, १२४० । <ref> {{cite web| url=https://nepalsambat.org/nepali/solar-nepal-sambat-3/| title=सौर्यमासिक नेपाल सम्बत publisher=नेपाल सम्बत}} </ref> <ref> {{cite web| url=https://risingnepaldaily.com/main-news/nepal-sambat-gets-solar-calendar-for-the-first-time| title=Nepal Sambat Gets Solar Calendar For The First Time publisher=The Rising Nepal}} </ref>
 
==चन्द्रमासमा आधारित==
"https://ne.wikipedia.org/wiki/नेपाल_सम्वत्" बाट अनुप्रेषित