"कोपा अमेरिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३२:
== इतिहास ==
=== सुरुवात ===
[[ArchivoFile:Uruguay 1916.jpg|thumb|सन् १९१६ को संस्करणमा [[उरुग्वे राष्ट्रिय फुटबल टोली]]]]
सन् १८५९ मा, [[दक्षिण अमेरिका]]को सबैभन्दा पहिलो क्रिकेट तथा फुटबल क्लब, लिमाको स्थापन पेरूमा भएको थियो भने अर्जेन्टिनी फुटबल सङ्घको स्थापना सन् १८९३ मा, भएको थियो। २०औँ शताब्दीको सुरुमा, फुटबलको लोकप्रियतामा बढ्दै गइरहेको थियो, र महाद्वीपको राष्ट्रिय टोलीहरूको बीचमा पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सन् १९१० मा भएको थियो जहाँ अर्जेन्टिनाले मे क्रान्तिको शताब्दी वर्षको उपलक्ष्यमा एउटा कार्यक्रम आयोजना गरेको थियो। चिली र उरुग्वेले उक्त प्रथम प्रतियोगितामा, भाग जनाएता पनि यसलाई दक्षिण अमेरिकी फुटबल सङ्घले आधिकारिक प्रतियोगिता भने मानेको थिएन। त्यस्तै, अर्जेन्टिनाले आफ्नो स्वतन्त्रताको शताब्दी उत्सवको उपलक्ष्यमा, २ र १७ जुलाई १९१६ को बीच एक प्रतियोगिताको आयोजना
गरेको थियो। प्रतियोगितामा चिली, उरुग्वे अर्जेन्टिना र पाराग्वे सहभागी भएका थिए। हाल कोपा अमेरिकाको नामले प्रचलिच यस प्रतियोगितालाई तात्कालिक समयमा, यसलाई '''काम्पेओनातो सुदआमेरिकानो दे फुतबोल''' ({{भाषा-स्पेनी|Campeonato Sudamericano de Football}}) को रूपमा परिचित थियो। पहिलो प्रतियोगिताको उपाधि उरुग्वेले हात पारेको थियो। प्रतियोगिताको सफलता देखेर, उरुग्वे फुटबल सङ्घकम एक सदस्य, एक्तोर रिबादाबियाले अर्जेन्टिना, ब्राजिल, चिली र उरुग्वे लगायत का राष्ट्रहरू मात्र संलग्न हुने गरि एक संयुक्त फुटबल सङ्घको स्थापनाको प्रस्ताव गरेका थिए र ९ जुलाई अर्थात् अर्जेन्टिनाको स्वतन्त्रता दिवसको उपलक्ष्यमा दक्षिण अमेरिकी फुटबल सङ्घको स्थापना भएको थियो। अर्को वर्ष, प्रतियोगिता फेरि उरुग्वेमा आयोजित गरिएको थियो।<ref name=इतिहास>{{वेब स्रोत|शीर्षक=युरोपेली छायामा कोपा अमेरिका|युआरएल=https://nepalmag.com.np/sports/2019/07/02/20190702144046|भाषा=नेपाली|प्रकाशक=नेपाल पत्रिका|वेबसाइट=|लेखक=|मिति=|पहुँचमिति=१४ अक्टोबर २०२०}}</ref> प्रतियोगिताको अन्तिम खेलमा अर्जेन्टिनालाई १-० ले हराउँदै उरुग्वेले फेरि अर्को पटक उपाधि जितेको थियो। उरुग्वेको सफलताले यस प्रतिस्पर्धालाई थप एकिकृत गर्न मद्दत गरेको थियो।
"https://ne.wikipedia.org/wiki/कोपा_अमेरिका" बाट अनुप्रेषित