"कोपा अमेरिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४१:
 
=== अव्यवस्थिति र रुकावट ===
[[File:Bolivia 1963.jpg|thumb|सन् १९६३ को विजेता [[बोलिभिया राष्ट्रिय फुटबल टोली|बोलिभिया]]को राष्ट्रिय टोली]]
 
सन् १९३० मा उरुग्वेमा सम्पन्न भएको पहिलो [[फिफा विश्वकप]]पछि उरुग्वे र अर्जेन्टिनाको फुटबल महासङ्घ बीचको दुश्मनीले प्रतिस्पर्धालाई धेरै वर्षसम्म रोकेको थियो। सन् १९३५ मा मात्र यो प्रतियोगिता विशेष संस्करणलाई आधिकारिक रूपमा सन् १९३९ मा पुनःस्थापित गर्न सम्भव भएको थियो। सन् १९३९ को प्रतियोगितालाई, [[पेरू]]ले आयोजना गरेको थियो भने यसको उपाधि समेत उक्त राष्ट्रले कब्जा गरेको थियो। एक्वेडरले उक्त प्रतियोगिता मार्फत पहिलो पटक यस खेलमा सहभागी भएको थियो।
 
सन् १९४१ मा चिलीले यस वर्षको संस्करण सान्तियागो सहरको स्थापनाको ४००औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको थियो जसमा नवनिर्मित राष्ट्रिय रङ्गशाला एस्तादियो नास्योनालको क्षमता ३०,००० बाट ७०,००० दर्शकहरूमा विस्तार गरिएको थियो।<ref>http://www.rsssf.com/tablesm/mar-sucre73.html</ref>
टोलीको ठूलो लगानी र प्रारम्भिक सफलताको बावजूद, चिलीले अन्तिम खेलमा पूर्व विजेता अर्जेन्टिनासँग पराजित भएको थियो। उरुग्वेले सन् १९४२ को संस्करणको आयोजना गर्दै उपाधि समेत उचालेको थियो। चिलीले सन् १९४५ मा फेरि प्रतियोगिताको आयोजना गरेको थियो जहाँ टोली तेस्रो स्थानमा सिमित भएको थियो। फाइनल खेलमा, [[ब्राजिल राष्ट्रिय फुटबल टोली|ब्राजिल]]लाई पराजित गर्दै अर्जेन्टिनले पुन: यसको उपधि हासिल गरेको थियो।
 
प्रतियोगिता त्यसपछि ठूलो अवरोधको अवधि प्रवेश गरेको थियो जहाँ प्रतिस्पर्धाहरू नियमित आधारमा सञ्चालन भएका थिएनन् र धेरै संस्करणहरू [[दक्षिण अमेरिकी फुटबल सङ्घ]]ले अनौपचारिक मानेको थियो। अर्जेन्टिनाले सन् १९४५, १९३६ र सन् १९४७ का संस्करणहरूमा लगातार हैकम जमाएको थियो। ती तीनवटा वार्षिक प्रतियोगिताहरू पश्चात्, प्रतिस्पर्धा प्रत्येक दुई दुई वर्षमा आयोजना गरिएको थियो। तीन लगातार प्रतियोगिताहरू पश्चात्, सन् १९५९ मा, यसलाई दुई पटक आयोजना गरिएको थियो जहाँ पहिलो प्रतियोगिता [[अर्जेन्टिना]] र अर्को [[इक्वेडर]]मा सम्पन्न भएको थियो। यस अवधिमा, केही राष्ट्रिय टोलीहरू प्रतियोगिताको बेवास्ता गरेका थिए। सन् १९५९ मा, आयोजित संस्करणमा, ब्राजिलले पेरनाँबुको राज्यको टोलीलाई प्रतियोगितामा प्रवेश गराएको थियो बोलिभियाले सन् १९६३ मा, पहिलो पटक यस प्रतियोगितालाई आयोजना गर्दै उपाधि समेत हात पारेको थियो, तथापि यो सा् १९६९ को संस्करणको प्रतियोगितामा, नवप्रवेशी भेनेजुएलासँगको पहिलो खेलमै पराजित भएको थियो। सन् १९५९ मा, स्थापनम भएको क्लब स्तरिय प्रतियोगिता कोपा लिबेर्तादोरेसले पनि यसलाई असर गरेको थियो जसको प्रत्यक्ष प्रभाव दर्शकहरूका माझ परेको थियो।
 
८ वर्षको निष्क्रियता पश्चात्, सन् १९७५ मा, प्रतियोगिता कोपा अमेरिका ({{भाषा-स्पेनी|'''Copa América'''}}) (उच्चारण: कोपा आमेरिका) को नामबाट पुन: सुरु भएको थियो।<ref name=कोपा>{{वेब स्रोत|शीर्षक=कोपा अमेरिका १०० बर्ष:उरुग्वे धेरै जित्नेमा पहिलो, अर्जेन्टिना दोस्रो र ब्राजिल तेस्रो|युआरएल=https://hamrakura.com/news-details/9030/design/|भाषा=नेपाली|प्रकाशक=|वेबसाइट=|लेखक=|मिति=|पहुँचमिति=१५ अक्टोबर २०२०}}</ref> प्रतियोगिताको कुनै निश्चित स्थल थिएन, र सबै खेलहरू प्रत्येक देशभर वर्षभरै खेलाइएको थियो। सेमिफाइनलमा प्रवेश पाउँदै पूर्व विजेताको साथ समूह चरणमा नौ टोलीहरूले भाग लिएका थिए। सन् १९८७ सम्म, यस प्रणाली प्रयोग गरेर प्रत्येक चार वर्ष यो प्रतियोगितालाई सञ्चालन गरिएको थियो।
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/कोपा_अमेरिका" बाट अनुप्रेषित