"भ्लादिमिर लेनिन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८८:
जहाँसम्म सोभियत शासनको विदेश नीतिको प्रश्न छ, लेनिनका अविकल रूपबाट शांति बनाई राख्नको निरंतर प्रयत्न गरे। त्यसले भन्यो कि "हाम्रो समस्त नीति र प्रचारको लक्ष्य यो हुनुपर्दछ कि चाहे केही पनि हो जाए, हाम्रो देशवासिहरूलाई युद्धको आगमा न झोंका जाए। लडाईको खात्मा गर देने ओर नैं हमा अग्रसर हुनुपर्दछ।" त्यसले साम्यवादका शत्रुहरूबाट देशको बचाव गर्नका लागि प्रतिरक्षा व्यवस्थालाई सुदृढ बनानेमा बल दिया र सोभियत नागरिकहरूबाट आग्रह गरे कि ती "वास्तविक" लोकतन्त्र तथा समाजवादका स्थापनार्थ विश्वका अन्य सबै देशहरूमा रहनेभएका श्रमिकहरूका साथ अन्तर्राष्ट्रिय बंधुत्वको भावना बढाने ओर अधिक ध्यान दहरू।
 
 
==[[अक्टोबर क्रान्ति]]==
{{Main|अक्टोबर क्रान्ति}}
'''१९१७ अप्रिल ३''' को राती दशक लामो आफ्नो निर्वासित जीवन त्याग्दै लेनिन रुसको पेट्रोगाड सहर फर्के । उनको स्वागत गर्न लालफन्डा बोकेका हजारौं श्रमिकहरु फिनल्यान्ड स्टेसनमा भेला भए । क्रान्तिकारी फौज र नौसेनाले गार्ड अफ अनर को व्यवस्था गरेको थियो । आफ्नो स्वागत गर्न भेला भएका जनसमूहबीच लेनिनले बोल्दै श्रमिक तथा नौसैनिकहरूलाई नयाँ सर्वहारा क्रान्ति र सोभियत सत्ता स्थापनाको लागि संघर्ष गर्न जोडदार आह्वान गरे ।
 
लेनिनले रुसको अस्थायी सरकारले पूँजीपति तथा बिर्तावालहरूको स्वार्थरक्षार्थस्वार्थ रक्षार्थ काम गरिरहेको कुरा प्रस्ट पार्दै उसलाई असहयोग गर्न आमजनतालाई आह्वान गरे । साथै उनले ‘सम्पूर्ण सत्ता सोभियतहरूलाई’ भन्नेजस्ता नाराहरु अघि सारे । उनले स्पष्ट पार्दै सोभियत सत्ताले मात्र आमजनतालाई शान्ति, किसानहरूलाई जमिन, भोकाहरूलाई रोटी दिन सक्छ भने । उनले बिर्ताहरु बिनामुआब्जाबिना मुआब्जा जफत गरिनुपर्छ, देशको समस्त जमिनको राष्ट्रियकरण हुनुपर्छ र सम्पूर्ण कलकारखाना सामाजिक उत्पादन तथा वाणिज्य व्यवस्थामाथि मजदुर नियन्त्रण कायम गर्ने प्रस्ताव राखे ।
 
यसैबीच लेनिनले महाधिवेशन डाकेर पार्टीको नाम बदलेर बोल्सेभिकबाट कम्युनिस्ट पार्टी बनाए ।बनाए। [[अलेक्सान्दार केरेन्स्की|केरेन्स्की]]को अस्थायी सरकारले लेनिन र बोल्सेभिकहरुविरुद्ध घृणा तथा दुष्टतापूर्ण आरोपहरु लगाउन थाल्यो । उनीहरूले लेनिनलाई गिरफ्तार गर्न पुर्जी काटे । लेनिनले करिब साढे तीन महिना भूमिगत भएर काम गरे ।
 
सन् १९१७ मा लेनिनले भूमिगत अवस्थामा लेखेको कृति ‘राज्य र क्रान्ति’ प्रकाशित भयो । त्यस पुस्तकबाट लेनिनले राज्यसत्तामा सर्वहारा अधिनायकत्व किन आवश्यक छ र यसको ऐतिहासिक भूमिका के हो भन्ने कुरा खुलस्त पारे । यस पुस्तकमा उनले समाजवाद र साम्यवादलाई साम्यवादी समाजको दुई खुड्किलाको रूपमा व्याख्या गरे । उनले क्रान्तिमा कम्युनिष्ट पार्टीको भूमिकाबारे पनि महत्त्वपूर्ण विचार प्रकट गरेका थिए । जनता बिस्तारै बोल्सेभिकहरुतर्फ ढल्कन थाले । सोभियतहरूको पुनःनिर्वाचनमा बोल्सेभिकहरूले बहुमत पाए । उनीहरूले पेट्रोग्राड र मास्कोका सोभियतहरूमाथि आफ्नो वियन्त्रण कायम गरे । सोभियतहरूको प्रतिष्ठा बढ्यो र उनीहरू फेरि प्रमुख शक्तिको रूपमा देखा परे । लेनिनले विद्रोहको लागि विस्तृत योजना तयार गरे । लेनिनको नेतृत्वमा पार्टी केन्द्रीय समितिले विद्रोहको तयारी गर्दै देशभर सुनियोजित क्रियाकलाप सुरु गर्यो ।