"सेन्ट पिटर्सवर्ग" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
Removed the link of the article from 3rd party site, as it can be the advertisement of that particular article.
पङ्क्ति १९:
सेन्ट पिटर्सवर्गको पहिलो दशकमा उल्लेखनीय वृद्धि भयो र १७१४ सम्म शहरभित्र मात्रै ३४,५०० जति घरहरू निर्माण भइसकेको रिपोर्ट गरियो! कुनै रोकटोक विना दरबार तथा विशाल भवनहरू निर्माण हुन थाले। सेन्ट पिटर्सवर्गका बाहिरी इलाकाहरूमा पनि निर्माणकार्य उल्लेखनीय थियो। पिटरको निवास, ग्रेट प्यालेसको निर्माणकार्य १७१४ मा पिटरहफमा सुरु भयो र यसलाई अहिले पेट्रोडभोरेट्स भनिन्छ। त्यतिन्जेल, सार्सकोइ सेला, हाल पुस्किन भनिने नजिकैको सहरमा पिटरकी श्रीमतीको लागि भव्य क्याथरिन प्यालेस अर्थात्‌ दरबार निर्माण गरियो। त्यही दशकको पछिल्लो भागमा दुइटा दक्षिणी इलाकाहरू, पाभ्लोस्क र गाचिनामा दुइटा भव्य दरबार निर्माण गरियो। यो नयाँ विकसित शहरको सौन्दर्यलाई यसका थुप्रै नदी र नहरहरूमाथि निर्माण गरिएका सयौं पुलहरूले अझ बढायो। तसर्थ, सेन्ट पिटर्सवर्गलाई अक्सर “उत्तरको भेनिस” भनेर बयान गरिएको छ।
 
सेन्ट पिटर्सवर्गमा आउने पर्यटकहरू हेर्ने कुरा थुप्रै भएकोले कहाँबाट सुरु गर्ने होला भनेर वाल्ल पर्छन्‌। हर्मिटाजमा पुग्दा त्यस्तो अलमल्ल हुन्छ। एउटा अनुमान अनुसार सयौं प्रदर्शन कक्षहरूमा राखिएका प्रत्येक वस्तुको लागि एक मिनेट मात्र बिताउने हो भने पनि यात्रा पूरा गर्न वर्षौं लाग्नेछ।अरू भने सेन्ट पिटर्सवर्गको सबैभन्दा ठूलो धन भनेको यसको बाले भन्छन्‌। उदाहरणका लागि प्रख्यात मारिनिस्की रंगमञ्चमा क्रिस्टलका फोहराहरू मुनि बसेर चारैतिर हेर्न सकिन्छ अनि भित्तामा झण्डै ४०० किलोग्राम सुनको लेप लगाइएको छ। यस्तो भूमिकामा संसारकै सबैभन्दा उत्कृष्ट बाले हेर्न सकिन्छ।{{Commonscat|Saint Petersburg}}
 
[http://wol.jw.org/ne/wol/d/r56/lp-np/102003608/ सेन्ट पिटर्सवर्ग रूसको—“युरोप हेर्ने झ्याल”]
{{Commonscat|Saint Petersburg}}
 
==सन्दर्भ सामग्रीहरू==