"लुम्बिनी प्रदेश" का संशोधनहरू बिचको अन्तर

सा नाम परिवर्तन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४३:
 
 
'''लुम्बिनी प्रदेश''' [[नेपालको संविधान २०७२]] ले विसं २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । यसको स्थायी नाम लुम्बिनी र यस प्रदेशको स्थायी राजधानी "राप्ती उपत्यका (देउखुरी) " मिति २०७७ साल असोज २० ले प्रदेश सभाबाट तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट नामाकरण गरी पारित गरीएको । यस अघि यस प्रदेशको अस्थायी नाम र राजधानी प्रदेश नं. ५ र बुटवल रहेको थियो । यस प्रदेशको उत्तरमा गण्डकी प्रदेश र कर्णाली प्रदेश , पश्चिममा सुदुरपश्चिम प्रदेश र दक्षिणमा भारतको उत्तर प्रदेश रहेको छ । यो प्रदेशमा संविधानको अनुसूची -४ बमोजिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही,  कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम(पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन । बाह्र जिल्लामध्ये   पहाडमा ६ जिल्ला र तराईमा ६ जिल्ला रहेका छन् । यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कूल १०९ वटा स्थानीय तहहरू रहेका छन । उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म जम्मा १७,८१० वर्ग किलोमिटर भूभाग रहेको छ  । नेपालको कूल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा ओगटेको छ । जनगणना २०६८ बमोजिम कूल जनसंख्याको ४५,४०,२२२(१७.१४ प्रतिशत) जनसंख्या रहेको देखिन्छ । यस प्रदेशको आफ्नै मौलिक विशषेता हुनुका साथै शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट तथा थुप्रै बुद्धकालीन ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरू यसै प्रदेशमा पर्दछन  । एसियाकै ठूलो दाङ उपत्यका यो प्रदेशमा पर्दछ ।
'''लुम्बिनी प्रदेश''' [[नेपालको संविधान २०७२]] ले विसं २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो ।
 
==जिल्लाहरू==